बारा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभाका लागि श्यामबाबु गुप्ताको नाम सिफारिस

स्पर्श खबर जितपुर बारा पुस ४ गते: बारा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभाका लागि श्यामबाबु गुप्ताको नाम सिफारिस बारा जिल्लाका चर्चित युवा नेता श्यामबाबु गुप्ता प्रतिनिधिसभा सदस्यका लागि बारा क्षेत्र नम्बर ४ बाट सिफारिस भएका छन्। जितपुर सिम्रा उपमहानगरपालिका वडा नम्बर २, सिम्रा निवासी गुप्ताको जन्म वि.सं. २०४१ साल तिनौँ महिना १ गते भएको हो। … Read more

नेपाली कांग्रेसबाट बारा क्षेत्र नं. ३ मा प्रतिनिधिसभाका लागि भोजराज भट्टराईकाे नाम सिफारिस

स्पर्श खबर जितपुर बारा पुस ४ गते: नेपाली कांग्रेसबाट बारा क्षेत्र नं. ३ मा प्रतिनिधिसभाका लागि भोजराज भट्टराईकाे नाम सिफारिस बारा । जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ निवासी भोजराज भट्टराई नेपाली कांग्रेस बारा जिल्ला कार्यसमितिबाट बारा क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यका लागि नाम सिफारिसमा परेका छन्। लामो समयदेखि राजनीति र पत्रकारिता क्षेत्रमा सक्रिय भट्टराई … Read more

बारा जिल्लाबाट एमालेको केन्द्रीय कमिटी सदस्यमा ८ जना निर्वाचित

बारा जिल्लाबाट एमालेको केन्द्रीय कमिटी सदस्यमा ८ जना निर्वाचितमनोज शाह जितपुर बारा पुष ४ गतेनेपाल कम्युनिस्ट पार्टी एमालेको एघारौँ महाधिवेशनमा बारा जिल्लाबाट ८ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्।एमाले पूर्वमन्त्री ज्वाला शाह, पूर्व पोल्टी ब्युरो सदस्य एवं विघटन प्रतिनिधि सभा सदस्य अछुत मैनाली सहित ८ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । त्यसैगरी किसान श्रेष्ठ … Read more

रामवन एकादशी समूहद्वारा धौसी भैलोबाट सङ्कलित रकमले स्थानीय छठघाटको मर्मत–सम्भार सम्पन्न

रामवन एकादशी समूहद्वारा धौसी भैलोबाट सङ्कलित रकमले स्थानीय छठघाटको मर्मत–सम्भार सम्पन्न स्पर्श खबर जितपुर बारा पुस ३ गते: । रामवन एकादशी समूहले धौसी भैलो कार्यक्रमबाट सङ्कलन गरिएको रकम प्रयोग गरी स्थानीय छठघाटको मर्मत तथा सम्भार कार्य सम्पन्न गरेको छ। जितपुर सिम्रा उपमहानगरपालिका वडा नम्बर ६ अन्तर्गत रहेको छठघाटमा धार्मिक तथा सांस्कृतिक आस्थालाई संरक्षण गर्ने उद्देश्यले … Read more

नेकपा एमालेको एघारौँ महाअधिवेशनमा ज्वालाकुमारी शाहको शानदार जित, सबैभन्दा बढी २०४४ मत प्राप्त

नेकपा एमालेको एघारौँ महाअधिवेशनमा ज्वालाकुमारी शाहको शानदार जित, सबैभन्दा बढी २०४४ मत प्राप्त मनोज साह जितपुर बारा पुस ३ गते: नेकपा एमाले पार्टीको एघारौँ महाअधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनमा मधेसकी चर्चित महिला नेत्री ज्वालाकुमारी शाहले ऐतिहासिक जित हासिल गर्नुभएको छ। कुल २२२७ प्रतिनिधि मतदाता मध्ये उहाँले २०४४ मत प्राप्त गर्दै सबैभन्दा बढी मत ल्याउने उम्मेदवारका रूपमा … Read more

सिमरा विमानस्थल घटनामा प्रहरीको विरोधाभासी बयान, महिलाको पहिचान अझै गोप्य

सिमरा विमानस्थल घटनामा प्रहरीको विरोधाभासी बयान, महिलाको पहिचान अझै गोप्य मनाेज शाह जितपुर बारा पुस ३ गते : सिमरा विमानस्थलमा एक महिलालाई बिल देखाएपछि छोडिएको भनिएको घटनाले प्रहरी प्रशासनमाथि नै गम्भीर प्रश्नचिन्ह खडा भएको छ। घटनाबारे विभिन्न तहका प्रहरी अधिकारीहरूले फरक–फरक र विरोधाभासी प्रतिक्रिया दिएपछि वास्तविकता झन् अन्योलमा परेको छ। सिमरा विमानस्थलमा कार्यरत प्रहरी प्रमुख … Read more

पूर्वमन्त्री फर्मुला मसुरकोपहलमा जितपुर विकासबारे बृहत छलफल

फर्मुला मनसुरको पहलमा जितपुर विकासबारे बृहत छलफल मनोज साह जितपुर बारा पुस ४ गते: पूर्वमन्त्री फर्मुला मनसुरको अगुवाइमा जितपुर क्षेत्रको विकास किन अपेक्षित रूपमा अघि बढ्न नसकेको भन्ने विषयमा बृहत छलफल सम्पन्न भएको छ। छलफल कार्यक्रममा जितपुरको समग्र विकासमा देखिएका अवरोध, चुनौती र समाधानका उपायबारे गहन रूपमा विचार–विमर्श गरिएको थियो। कार्यक्रममा स्थानीय समाजसेवी राजेश्वर गिरी, … Read more

जेनजी आन्दोलनका घाइते तथा मृतकका परिवारलाई वैदेशिक रोजगारीमा नि:शुल्क पठाउने सरकारको तयारी

जेनजी आन्दोलनका घाइते तथा मृतकका परिवारलाई वैदेशिक रोजगारीमा नि:शुल्क पठाउने सरकारको तयारी स्पर्श खबर जितपुर बारा पुस २ गते: सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका तथा ज्यान गुमाएका व्यक्तिका परिवारलाई वैदेशिक रोजगारीमा जान चाहनेहरूका लागि नि:शुल्क पठाउने तयारी गरेको छ। प्रभावित परिवारको जीविकोपार्जन सहज बनाउने उद्देश्यले यस्तो निर्णय लिइएको हो। सरकारका अनुसार वैदेशिक रोजगारीमा जान … Read more

फेटामा स्थानीयसँग भेटघाट गर्दै पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलको प्रतिबद्धता :विकासमा हामी अगाडि बढ्छौं

फेटामा स्थानीयसँग भेटघाट गर्दै पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलको प्रतिबद्धता : “विकासमा हामी अगाडि बढ्छौं” मनोज साह जितपुर बारा पुस २ गते: बाराको फेटा गाउँपालिकामा पूर्व मुख्यमन्त्री माननीय जितेन्द्र सोनलले स्थानीय भद्रभलादमी तथा जनसमुदायसँग प्रत्यक्ष भेटघाट गर्दै विकासप्रति आफ्नो स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभएको छ। भेटघाटका क्रममा उहाँले आफ्नो क्षेत्रमा रहेका कुनै पनि विकासका काममा पछि नहटी … Read more

प्रभु साहको नेतृत्वमा आम जनता पार्टीको संगठन सुदृढ, महिला सशक्तिकरणको ‘मोडेल आईटी आर्मी’ अभियान

प्रभु साहको नेतृत्वमा आम जनता पार्टीको संगठन सुदृढ, महिला सशक्तिकरणको ‘मोडेल आईटी आर्मी’ अभियान स्पर्श खबर जितपुर बारा पुस २ गते। प्रभु साहको नेतृत्वमा रहेको आम जनता पार्टीले संगठन विस्तारसँगै महिला सशक्तिकरणलाई केन्द्रमा राख्दै ‘मोडेल आईटी आर्मी’ अभियान अघि सारेको छ। आधुनिक प्रविधि, डिजिटल साक्षरता र सूचना प्रवाहलाई राजनीतिक संगठनसँग जोड्दै महिलालाई नेतृत्व तहमा पुर्‍याउने … Read more