पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ, गुण्डु निवासबाटै नियन्त्रणमा
मनोज साह जितपुर बारा चैत १४ केपी शर्मा ओली लाई प्रहरीले उनको भक्तपुरको गुण्डुस्थित निजी निवासबाटै नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले एसएसपी सन्तोष खड्का को नेतृत्वमा उनलाई पक्राउ गरेको हो।
प्रहरी स्रोतका अनुसार ओलीलाई पक्राउ गर्न टोली गएरातिदेखि नै उनको निवास वरपर परिचालन गरिएको थियो। आज बिहान प्रहरीले घरभित्रै प्रवेश गरेर उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
कार्यालयका एक उच्च अधिकृतले पूर्वप्रधानमन्त्री ओली पक्राउ परेको पुष्टि गर्दै आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताएका छन्। पक्राउको कारणबारे भने प्रहरीले आधिकारिक विवरण सार्वजनिक गरिसकेको छैन।
ओली पक्राउसँगै देशको राजनीतिक वृत्तमा तरंग उत्पन्न भएको छ भने उनका समर्थकहरू आक्रोशित बनेका छन्। प्रहरीले भने शान्ति सुरक्षा कायम राख्न थप सतर्कता अपनाएको जनाएको छ।