कक्षा १२ को परीक्षामा १ लाख ८७ हजार २१ विद्यार्थी फेल

काठमाडौं : कक्षा १२ को परीक्षामा १ लाख ८७ हजार २१ जना विद्यार्थी फेल भएका छन्। परीक्षामा सहभागी भएका नियमिततर्फ ३ लाख ९० हजार ६८६ जना विद्यार्थीमध्ये १ लाख ८७ हजार २१ जना फेल भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। प्रकाशित नतिजाअनुसार ९ हजार ५९१ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन्। १०२ जनाको परीक्षा भने … Read more

राप्रपा जिल्ला सभापतिहरूको भेला आज सकिने

काठमाडाैंमा जारी राप्रपाका जिल्ला सभापतिहरूको दुईदिने भेला आज समापन हुँदैछ। बिहीबारबाट सुरू भेलामा ७७ वटै जिल्लाका सभापति सहभागी छन्।पार्टी केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले धुम्बाराहीस्थित एसआर बैंक्वेटमा हिजाे एक कार्यक्रमबीच भेलाको उद्घाटन गरेका थिए। आजको बैठकमा जिल्ला अध्यक्षबाट सम्बन्धित जिल्लाको सांगठनिक प्रतिवेदन पेस भइरहेको सो पार्टीका प्रचार विभाग प्रमुख एवं प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। उनले … Read more

भारत र चीनको तानातान बिच प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण थाइल्यान्ड

साउन ३१ गते प्रधानमन्त्री पदमा शपथ लिएका नेकपा काठमाडौँ । नेपालमा नयाँ प्रधानमन्त्री नियुक्त भएसँगै एउटा चर्चा सुरु हुन्छ– प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण कहाँबाट ? नेपालका प्रधानमन्त्रीहरूको पहिलो विदेश भ्रमण भारतबाट सुरु हुने चलन जस्तै बनिसकेको छ । झुक्किएर कसैले अन्य देशबाट आफ्नो भ्रमण सुरु गरे, त्यो विवादमा पर्छ ।  साउन ३१ गते प्रधानमन्त्री पदमा … Read more

टीआरसी विधेयकमा सहमति जुटाउन बैठक जारी, को-को छन् सहभागी ?

काठमाडौं : संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन गठित कार्यदलको बैठक जारी रहेको छ। बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका विमतिका विषयलाई अन्तिम रुपमा दिन आज पनि सिंहदरबारमा बैठक बसेको हो। संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन गठित कार्यदलमा एमालेका मुख्यसचेतक महेश बर्तौला, माओवादी … Read more

पर्सा जिल्लाका बन डिभिजन कार्यालय प्रमुख कर्णका डाडो अदेशले काठ तस्करहरु धमाधम पक्राउ

पर्सा जिल्लाका बन डिभिजन कार्यालय प्रमुख कर्णका डाडो अदेशले काठ तस्करहरु धमाधम पक्राउमनाेज शाह जितपुर बारा साउन १६ गते: पर्सा जिल्लाका बन डिभिजन कार्यालय प्रमुख कर्णका डाडो अदेशले काठ तस्करहरु धमाधम पक्राउ गरेको छ । साझेदारी बन क्षेत्रको गुलेरियाबाट काठ तिनवटा र दुईवटा माेटरसाईकल पक्राउ गरेको छ । पर्सा, बडेर्वा गाउँ: वन गस्ती टोलीले बडेर्वा … Read more

बेलगाछी पुलमा क्षति गरेपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

महोत्तरी ढुंग्रे खोलामा आएको बाढीले बेलगाछी पुलमा क्षति पुर्‍याएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध बनेको छ । बर्दिबास नगरपालिका-५ माइस्थान जंगल क्षेत्रमा पर्ने बेलगाछी पुलमा बाढीले क्षति पुर्‍याएको हो । गएराति आएको बाढीले पुलसँग जोडिएको दक्षिणतीर करिब ५/६ फिट सडक बगाएपछि राजमार्ग अवरुद्ध बनेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जयसवालले जानकारी दिए । पुलमा बाढीले क्षति पुर्‍याएपछि … Read more

 प्रधानसेनापतिमा अशोकराज सिग्देल सिफारिस

सरकारले नेपाली सेनाका रथी अशोकराज सिग्देललाई कायममुकायम प्रधानसेनापतिमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साउन २५ गतेबाट लागू हुने गरी सो निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बुधबार पत्रकार सम्मेलनमा जानकारी दिए।

राप्रपाका जिल्ला अध्यक्षहरूको भेला हुँदै

राप्रपाका जिल्ला अध्यक्षहरूको भेला यही १७ र १८ साउनमा काठमाडौंमा हुने भएको छ। राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले यही १७ साउनमा धुम्बाराहीस्थित एसआर बैंक्वेटमा भेलाको उद्घाटन गर्ने कार्यक्रम तय भएको सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले राससलाई जानकारी दिए। उनका अनुसार भेलामा ७७ वटै जिल्लाका अध्यक्षले आफ्नो जिल्लाको सांगठनिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ। भेलामा … Read more

हमासका वरिष्ठ नेता हानियाको इजरायली हमलामा मृत्यु

इरानका नवनिर्वाचित राष्ट्रपतिको शपथग्रहण समारोहमा सहभागी भएको केही क्षणपछि नै हमासका राजनीतिक विभाग प्रमुख इस्माइल हानियाको इजरायली आक्रमणबाट ज्यान गएको छ। ‘हाम्रो अभियानको प्रमुख मुजाहिद इस्माइल हानिया नयाँ इरानी राष्ट्रपतिको शपथग्रहण समारोहमा भाग लिएपछि तेहरानस्थित उनको मुख्यालयमा भएको यहुदी समूहको आक्रमणमा मारिएका छन्,’, हमासले एक विज्ञप्ति जारी नेता हानियाको मृत्युको पुष्टि गरेको छ।  इरानको रिभोलुसनरी … Read more

भारतमा पहिरोमा परी मृत्यु हुनेको संख्या १४३ पुग्यो, उद्धार कार्य जारी

भारतको वायनाडमा गएको पहिरोमा परि ज्यान गुमाउनेको संख्या एक सय ४३ पुगेको छ । पहिरो प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्य जारी रहेको केरलाको स्वास्थ्य विभागले जनाएको छ।विनासकारी पहिरोले आवास तथा सडकहरू क्षतिग्रस्त हुनुका साथै जलप्रवाह बढेकाले उद्धार कार्यमा बाधा पुर्‍याएको जनाइएको छ । यसैबीच, मंगलबार केरला विधान सभामा राष्ट्रिय झण्डा आधा झुकाएको छ भने … Read more