जाडोयामसँगै सरकारी कार्यालयको समय फेरियो, अब बिहान ९ देखि दिउँसो ४ बजेसम्म मात्रै सेवा!

जाडोयामसँगै सरकारी कार्यालयको समय फेरियो, अब बिहान ९ देखि दिउँसो ४ बजेसम्म मात्रै सेवा!
कात्तिक १६ देखि माघ १५ गतेसम्म नयाँ समयतालिका लागू, कर्मचारी र सेवाग्राहीले समय परिवर्तनबारे ध्यान दिनुपर्ने।
काठमाडौं कार्तिक १५ गते: जाडोयाम सुरु भएसँगै सरकारले सरकारी कार्यालय तथा सार्वजनिक निकायको कार्यसमय परिवर्तन गरेको छ। नयाँ व्यवस्थाअनुसार भोलि कात्तिक १६ गतेदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म मात्रै सञ्चालन हुनेछन्।


गृह मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै कात्तिक १६ देखि माघ १५ गतेसम्म दैनिक सात घण्टा सरकारी कार्यालय सञ्चालन गर्ने व्यवस्था गरेको हो।
यसअघि सरकारी कार्यालय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुँदै आएका थिए। नयाँ समयतालिका लागू भएसँगै कार्यालय बन्द हुने समय एक घण्टा अगाडि सारिएको छ।
अब सरकारी सेवा लिन जाने सेवाग्राहीले पनि नयाँ समयतालिकालाई ध्यान दिनुपर्नेछ। सरकारी कार्यालयमा हुने कामका लागि बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्मको समय ख्याल गर्न सरकारले आग्रह गरेको छ।