पहिरोले बीपी राजमार्ग ठप्प! दुई ठाउँमा पहिरो खस्दा दुवैतर्फको यातायात पूर्ण अवरुद्ध
काभ्रे कार्तिक १४ गते:
लगातारको वर्षाले बीपी राजमार्गमा ठूलो पहिरो खस्दा सडक दुईतर्फी रूपमा पूर्ण अवरुद्ध भएको छ। पहिरोसँगै आएको लेदो माटोले सडक पुरिएपछि सवारीसाधनको आवागमन ठप्प बनेको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार रोशी गाउँपालिका–९ पिन्थली र वडा नम्बर ८ गिम्दीबेँसीमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो।
लगातारको वर्षा र पहिरोको उच्च जोखिमका कारण यात्रु तथा सवारी चालकहरू थप जोखिममा पर्न सक्ने भन्दै प्रहरीले अनावश्यक यात्रा नगर्न र यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न आग्रह गरेको छ।
सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन प्रहरीका हटलाइन नम्बर १००, १०३ र १२३४ मा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ।