जितपुरमा प्रहरीको कडा एक्सन! ३०० लिटर अवैध रक्सी बरामद गरी नष्ट

जितपुरमा प्रहरीको कडा एक्सन! ३०० लिटर अवैध रक्सी बरामद गरी नष्ट
स्पर्श खबर जितपुर बारा कार्तिक ८ गते: जितपुरका होटल तथा पसलमा अवैध रूपमा बिक्री भइरहेको घरेलु मदिराविरुद्ध इलाका प्रहरी कार्यालय जितपुरले कडा एक्सन लिएको छ।
इलाका प्रहरी कार्यालय जितपुरका प्रहरी प्रमुख उमेश निरौलाको नेतृत्वमा खटिएको प्रहरीले करिब ३०० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको हो।


बरामद मदिरा इलाका प्रहरी कार्यालय जितपुरको छेउमा रहेको खाल्डोमा जनप्रतिनिधिसमेतको उपस्थितिमा नष्ट गरिएको जनाइएको छ।
अवैध मदिराको बिक्री–वितरणले समाजमा विभिन्न समस्या निम्त्याउन सक्ने भन्दै प्रहरीले यस्ता गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई तीव्र बनाएको छ।