विपद्को कहर: गोरखा–धादिङ जोड्ने सडक अवरुद्ध, केही खण्डमा साना सवारी मात्रै चल्दै!
गोरखा कार्तिक ९ गते
बाढी र पहिरोका कारण देशका मुख्य राजमार्ग तथा सडक खण्डहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको आज बिहान ६:३० बजेसम्मको विवरणअनुसार गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडकमा आवागमन प्रभावित भएको छ।

गोरखाको आरुघाट गाउँपालिका वडा नं. २, ३ तथा वडा नं. ९ नयाँपुलस्थित सोतीमा रहेको फलामे पुल र गोरखाको आरुघाटबाट धादिङ जोड्ने सडक खण्ड पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
यद्यपि, आरुघाट गाउँपालिका–९ नयाँपुलस्थित गोरखा–धादिङ सडक खण्डमा भने हाल साना सवारीसाधन मात्र सञ्चालनमा आएका छन्।
प्रहरीले सार्वजनिक गरेको विवरणले विपद्का कारण सडक यातायात प्रभावित भएको देखाएको छ। यात्रु तथा चालकलाई यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्था बुझ्न र जोखिमपूर्ण सडक खण्डमा विशेष सावधानी अपनाउन आग्रह गरिन्छ