नेकपा एमालेको एघारौँ महाअधिवेशनमा ज्वालाकुमारी शाहको शानदार जित, सबैभन्दा बढी २०४४ मत प्राप्त

नेकपा एमालेको एघारौँ महाअधिवेशनमा ज्वालाकुमारी शाहको शानदार जित, सबैभन्दा बढी २०४४ मत प्राप्त मनोज साह जितपुर बारा पुस ३ गते: नेकपा एमाले पार्टीको एघारौँ महाअधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनमा मधेसकी चर्चित महिला नेत्री ज्वालाकुमारी शाहले ऐतिहासिक जित हासिल गर्नुभएको छ। कुल २२२७ प्रतिनिधि मतदाता मध्ये उहाँले २०४४ मत प्राप्त गर्दै सबैभन्दा बढी मत ल्याउने उम्मेदवारका रूपमा … Read more

सिमरा विमानस्थल घटनामा प्रहरीको विरोधाभासी बयान, महिलाको पहिचान अझै गोप्य

सिमरा विमानस्थल घटनामा प्रहरीको विरोधाभासी बयान, महिलाको पहिचान अझै गोप्य मनाेज शाह जितपुर बारा पुस ३ गते : सिमरा विमानस्थलमा एक महिलालाई बिल देखाएपछि छोडिएको भनिएको घटनाले प्रहरी प्रशासनमाथि नै गम्भीर प्रश्नचिन्ह खडा भएको छ। घटनाबारे विभिन्न तहका प्रहरी अधिकारीहरूले फरक–फरक र विरोधाभासी प्रतिक्रिया दिएपछि वास्तविकता झन् अन्योलमा परेको छ। सिमरा विमानस्थलमा कार्यरत प्रहरी प्रमुख … Read more

पूर्वमन्त्री फर्मुला मसुरकोपहलमा जितपुर विकासबारे बृहत छलफल

फर्मुला मनसुरको पहलमा जितपुर विकासबारे बृहत छलफल मनोज साह जितपुर बारा पुस ४ गते: पूर्वमन्त्री फर्मुला मनसुरको अगुवाइमा जितपुर क्षेत्रको विकास किन अपेक्षित रूपमा अघि बढ्न नसकेको भन्ने विषयमा बृहत छलफल सम्पन्न भएको छ। छलफल कार्यक्रममा जितपुरको समग्र विकासमा देखिएका अवरोध, चुनौती र समाधानका उपायबारे गहन रूपमा विचार–विमर्श गरिएको थियो। कार्यक्रममा स्थानीय समाजसेवी राजेश्वर गिरी, … Read more

जेनजी आन्दोलनका घाइते तथा मृतकका परिवारलाई वैदेशिक रोजगारीमा नि:शुल्क पठाउने सरकारको तयारी

जेनजी आन्दोलनका घाइते तथा मृतकका परिवारलाई वैदेशिक रोजगारीमा नि:शुल्क पठाउने सरकारको तयारी स्पर्श खबर जितपुर बारा पुस २ गते: सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका तथा ज्यान गुमाएका व्यक्तिका परिवारलाई वैदेशिक रोजगारीमा जान चाहनेहरूका लागि नि:शुल्क पठाउने तयारी गरेको छ। प्रभावित परिवारको जीविकोपार्जन सहज बनाउने उद्देश्यले यस्तो निर्णय लिइएको हो। सरकारका अनुसार वैदेशिक रोजगारीमा जान … Read more

फेटामा स्थानीयसँग भेटघाट गर्दै पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलको प्रतिबद्धता :विकासमा हामी अगाडि बढ्छौं

फेटामा स्थानीयसँग भेटघाट गर्दै पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलको प्रतिबद्धता : “विकासमा हामी अगाडि बढ्छौं” मनोज साह जितपुर बारा पुस २ गते: बाराको फेटा गाउँपालिकामा पूर्व मुख्यमन्त्री माननीय जितेन्द्र सोनलले स्थानीय भद्रभलादमी तथा जनसमुदायसँग प्रत्यक्ष भेटघाट गर्दै विकासप्रति आफ्नो स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभएको छ। भेटघाटका क्रममा उहाँले आफ्नो क्षेत्रमा रहेका कुनै पनि विकासका काममा पछि नहटी … Read more

प्रभु साहको नेतृत्वमा आम जनता पार्टीको संगठन सुदृढ, महिला सशक्तिकरणको ‘मोडेल आईटी आर्मी’ अभियान

प्रभु साहको नेतृत्वमा आम जनता पार्टीको संगठन सुदृढ, महिला सशक्तिकरणको ‘मोडेल आईटी आर्मी’ अभियान स्पर्श खबर जितपुर बारा पुस २ गते। प्रभु साहको नेतृत्वमा रहेको आम जनता पार्टीले संगठन विस्तारसँगै महिला सशक्तिकरणलाई केन्द्रमा राख्दै ‘मोडेल आईटी आर्मी’ अभियान अघि सारेको छ। आधुनिक प्रविधि, डिजिटल साक्षरता र सूचना प्रवाहलाई राजनीतिक संगठनसँग जोड्दै महिलालाई नेतृत्व तहमा पुर्‍याउने … Read more

जल, जमिन र जंगलको संरक्षणमा कडा चेतावनी : नेकपा (माओवादी) को प्रेस विज्ञप्ति

जल, जमिन र जंगलको संरक्षणमा कडा चेतावनी : नेकपा (माओवादी) को प्रेस विज्ञप्ति मनोज साह जितपुर बारा पुस २ गते:काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) केन्द्रीय समितिले देशभर बढ्दै गएको जल, जमिन र जंगलमाथिको अतिक्रमणप्रति गम्भीर ध्यानाकर्षण गराउँदै प्रेस विज्ञप्ति जारी गरेको छ। पार्टीले प्रकृतिमाथि भइरहेको दोहनलाई जनताको अधिकार र भविष्यसँग जोडिएको गम्भीर विषयका रूपमा … Read more

हुलास स्टील उद्योगमा मजदूर आन्दोलनपछि तीन बुँदे सहमति, अवस्था सामान्य

हुलास स्टील उद्योगमा मजदूर आन्दोलनपछि तीन बुँदे सहमति, अवस्था सामान्य मनोज साह जितपुर बारा पुष १ गते: जीतपुर सिमरा–१ स्थित हुलास स्टील इन्डस्ट्रिज लिमिटेडमा आज बिहान १०:३० बजेदेखि दुई जना ‘कन्ट्याक्ट’मा कार्यरत मजदूरलाई कामबाट हटाइएको विषयलाई लिएर करिब २०० जना मजदूरले कार्यालय घेराउ गरेका थिए। प्रशासन प्रमुख रविन्द्र पण्डितले दुई जना मजदूरलाई हटाएपछि उत्पन्न विवादका … Read more

मधेस प्रदेशका दुई नेता नेकपा एमालेको एघारौं महाधिवेशनमा पदाधिकारीमा भिड्दै

मधेसका नेता महासेठ एमालेको उपमहासचिब र पौडेल सचिबमा प्रतिस्पर्धा गर्द काठमाडौ १ पौष :मधेस प्रदेशका दुई नेता नेकपा एमालेको एघारौं महाधिवेशनमा पदाधिकारीमा भिड्दैछन्। मधेसमा राम्रो पहिचान बनाएका एमाले नेता रघुवीर महासेठ र पुरुषोत्तम पौडेल पदाधिकारीमा चुनाव लडिरहेका लडिरहनुभएको छ।रघुवीर महासेठ उपमहासचिवमा चुनाव लड्दै हुनुहुन्छ भने पुरुषोत्तम पौडेल सचिवमा चुनाव लडिरहनुभएको छ ।महासेठ यसअघि पार्टीको सचिव … Read more

ईश्वर पोख्रेल समूहबाट चयन गुरुङको उम्मेदवारी, आदिवासी जनजाति खुल्ला महिला तर्फ एमाले केन्द्रीय सदस्यमा दाबी

ईश्वर पोख्रेल समूहबाट चयन गुरुङको उम्मेदवारी, आदिवासी जनजाति खुल्ला महिला तर्फ एमाले केन्द्रीय सदस्यमा दाबी मनोज साह जितपुर बारा मंसिर २९ गते: नेकपा एमाले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत ईश्वर पोख्रेल समूहबाट केन्द्रीय आदिवासी जनजाति खुल्ला महिला सदस्य पदका लागि चयन गुरुङले उम्मेदवारी दर्ता गराएकी छन्। बारा जिल्लामा विभिन्न सामाजिक सङ्घसंस्थामार्फत लामो समयदेखि सक्रिय रहँदै … Read more