यातायात कार्यालयका प्रमुखद्वारा व्यापक लुटतन्त्र

स्पर्श खबर जितपुर बारा मंसिर ९ गते: बारा जिल्लामा यातायात कार्यालयका प्रमुखद्वारा व्यापक लुटतन्त्र चलाइरहेको आरोप लगाइएको छ। उक्त विषयमा नियमनकारी निकायहरू मौन बसेको भन्दै तीव्र असन्तुष्टि जनाइएको छ। यातायातसम्बन्धी सेवामा सर्वसाधारणले भोग्दै आएका समस्या, अव्यवस्था र आर्थिक असुलीसँग सम्बन्धित विभिन्न गुनासोहरू सार्वजनिक भइरहेका बेला सामाजिक अभियन्ता सफर मनसुरले आफ्नो फेसबुकमार्फत कडा प्रतिक्रिया जनाएका छन्। … Read more

सिमरा खानेपानी तथा सरसफाइ उपभोक्त समितिका नवनिर्वाचित पदभार

स्पर्श खबर जितपुर बारा मंसिर ९ गते: सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नवनिर्वाचित कार्यसमिति तथा लेखा समितिको शपथ ग्रहण, प्रमाणपत्र वितरण तथा पदभार ग्रहण समारोह आज सम्पन्न भएको छ। जितपुरसिमरा उपमहानगरपालिका–१, सिमरामा आयोजित कार्यक्रमको अध्यक्षता निर्वाचन अधिकृत शालिग्राम अधिकारीले गर्नुभएको थियो। कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो। … Read more

आजपा निर्वाचन क्षेत्र ४ को क्षेत्रीय कमिटी पदाधिकारी बैठक सम्पन्न ,मंसिर २० गते रामपुरमा क्षेत्रीय भेला हुने

स्पर्श खबर जितपुर बारा मंसिर ९ गते: आजपा निर्वाचन क्षेत्र ४ को क्षेत्रीय कमिटी पदाधिकारी बैठक सम्पन्न — मंसिर २० गते रामपुरमा क्षेत्रीय भेला हुने आम जनता पार्टी (आजपा) बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ को क्षेत्रीय कमिटी पदाधिकारी बैठक भलुहि चौकमा सम्पन्न भएको छ। बैठकले यही मंसिर २० गते परवानिपुर रामपुर चौकमा पार्टीका केन्द्रिय … Read more

औधोगीक मजदुरहरू पीडित भएर प्रदर्शन गर्दै

औधोगीक मजदुरहरू पीडित भएर प्रदर्शन गर्दैस्पर्श खबर जितपुर बारा मंसिर ९ गतेबाराको सिमरामा अव्यवस्थित जगदम्बा स्टिल त्रिवेणी सिमपेक्स र हुलास स्टिल लगायतका मजदुरहरू आन्दोलनमा उत्रिएका छन्। अखिल नेपाल अधिक मजदुर सङ्घ जिल्ला समिति बाराको अगुवाइमा मजदुरहरूले आज आफ्ना माग पूरा गराउन सिम्रा बजारमा प्रदर्शनपछि इलाका प्रशासन कार्यालय सिम्रामा ज्ञापनपत्र बुझाएका छन्। मजदुरहरूले सरकारले साउन १ … Read more

जितपुरसिमरा–१४ मा समग्र विकास योजनाबारे सरोकारवालासँग प्रभावकारी छलफल

जितपुरसिमरा–१४ मा समग्र विकास योजनाबारे सरोकारवालासँग प्रभावकारी छलफल स्पर्श खबर जितपुर बारा मंसिर ८ गते: जितपुरसिमरा उपमहानगरपालिका वडा नं.–१४ ले वडाको समग्र विकास योजनालाई स्पष्ट र प्रभावकारी बनाउन विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सामाजिक संघ–संस्थाका अगुवाहरूसँग आज रजघट्टास्थित वडा समितिको कार्यालयमा विशेष छलफल कार्यक्रम सम्पन्न गरेको छ। विकासका प्राथमिकता, पूर्वाधार आवश्यकता, सामाजिक समन्वय, शिक्षा–स्वास्थ्य सुधार, … Read more

अखिल नेपाल पिछडावर्ग (OBC) महासंघको पाँचौँ बैठक : सुनिल कुमार गुप्तालाई केन्द्रीय उपाध्यक्षको जिम्मेवारी

अखिल नेपाल पिछडावर्ग (OBC) महासंघको पाँचौँ बैठक : सुनिल कुमार गुप्तालाई केन्द्रीय उपाध्यक्षको जिम्मेवारी स्पर्श खबर जितपुर बारा मंसिर ८ गते: अखिल नेपाल पिछडावर्ग (OBC) महासंघ केन्द्रीय कमिटीको पाँचौँ बैठकले मिति २०८२ मंसिर ५ गते, शुक्रबारका दिन महत्वपूर्ण निर्णय गरेको छ। बैठकले महासंघका केन्द्रीय कमिटी सदस्य तथा सक्रिय सामाजिक अभियन्ता श्री सुनिल कुमार गुप्ता ज्यूलाई … Read more

जितपुर बजारमा ट्राफिकको कमाउ धन्दा, पार्किङ अस्तव्यस्त- व्यवसायी त्रासमा

जितपुर बजारमा ट्राफिकको ‘कमाउ धन्दा’, पार्किङ अस्तव्यस्त — व्यवसायी त्रासमा स्पर्श खबर जितपुर बारा मंसिर ८ गते: बारा जिल्लाको जितपुर बजारमा ट्राफिक व्यवस्थापन दिनप्रतिदिन अव्यवस्थित बन्दै गएको स्थानीयहरू बताउँछन्। सडकको छेउ–छाउ सबै ठाउँमा मनपरी पार्किङ, सिक्स–लाइन सडकमै गाडीको लाम लाग्ने, जेब्रा क्रसिङमै सवारी राख्ने जस्ता गतिविधिले बजारमा चरम अव्यवस्था सिर्जना भएको छ। जितपुर ट्राफिक पोस्टका … Read more

फेटा गाउँपालिकाका समाजसेवी युवा नेता उमेश दुवेकाे भावना सार्वजनिक

फेटा गाउँपालिकाका समाजसेवी युवा नेता उमेश दुवेकाे भावना सार्वजनिक स्पर्श खबर जितपुर बारा मंसिर ७ गते: फेटा गाउँपालिकाका समाजसेवी युवा नेता उमेश दुवेले सामाजिक सञ्जालमार्फत भावनात्मक अभिव्यक्ति साझा गरेका छन्। उनले लेखेका छन्, “भाग्यले कहाँ लिएर जाने हो थाहा छैन तर मेरो हरेक कदम, मेरो हरेक सोच, मेरो हरेक विचारमा अभिभावक सरह रहनुभएका फेटा गाउँपालिकाको … Read more

जितपुर ट्राफिक कार्यालयमा सेवाग्राही हैरान : चिट काट्ने तर कार्यालयमा ट्राफिक नदेखिने गुनासो

जितपुर ट्राफिक कार्यालयमा सेवाग्राही हैरान : चिट काट्ने तर कार्यालयमा ट्राफिक नदेखिने गुनासो स्पर्श खबर जितपुर बारा मंसिर ७ गते: जितपुरमा रहेको ट्राफिक प्रहरी कार्यालयप्रति स्थानीयवासी र सेवाग्राहीले असन्तुष्टि जनाएका छन्। विशेषगरी चिट काट्ने प्रक्रिया र राजस्व बुझाउने क्रममा सेवाग्राही अनावश्यक रूपमा दौडधुप गर्न बाध्य भएको गुनासो छ। सेवाग्राहीका अनुसार ट्राफिक प्रहरीले सडकमै चिट काट्ने … Read more

जितपुर सिमरा नगर उद्योग वाणिज्य संघमा निर्वाचन लम्बिएको गुनासो

जितपुर सिमरा नगर उद्योग वाणिज्य संघमा निर्वाचन लम्बिएको गुनासो स्पर्श खबर जितपुर बारा मंसिर ७ गते: जितपुरसिमरा नगर उद्योग वाणिज्य संघमा निर्वाचन कहिले हुने भन्ने प्रश्न उठिरहेको बेला अध्यक्ष मोहन शर्माले जिम्मेवार पदाधिकारीहरूले आफ्नो भूमिका स्पष्ट नगरेसम्म आफू एक्लैले समय तोक्न नसक्ने बताउनुभएको छ। व्यापारीहरूले धाराबाहिक रूपमा निर्वाचन चाँडो गरियोस् भन्ने माग राखिरहेका छन्। “तपाईँको … Read more