सहयोगी हात नेपालद्वारा विभिन्न स्थानीय निकायमा ज्ञापनपत्र पेस : लामखुट्टे नियन्त्रणका लागि ध्यानाकर्षण

मनोज शाह, जीतपुर बारा, चैत्र २२ गते
जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं.७ जीतपुरमा रहेको सामाजिक संस्था सहयोगी हात नेपालले आज विभिन्न स्थानीय निकायहरुमा ज्ञापनपत्र बुझाएको छ । पछिल्लो समयदेखि सामाजिक कार्यमा सक्रिय बन्दै आइरहेको सहयोगी हात नेपाल नामक सामाजिक संस्थाले समयमै लामखुट्टे नियन्त्रण गर्नका लागि ध्यानाकर्षण गराउँदै जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवजी साह तथा वडा नं.७ का कार्यवाहक वडाध्यक्ष सीता उप्रेतीलाई आज दिउँसो ज्ञापनपत्र बुझाएको हो ।

गर्मीयाम बढेसँगै लामखुट्टेको प्रकोप पनि बढ्दै गइरहेकोले गर्दा लामखुट्टेको टोकाइबाट सर्वसाधारण जनतालाई सुरक्षित राख्न तथा विभिन्न रोगव्याधि आदि हुन नदिन समयमै लामखुट्टे नियन्त्रण कार्यका लागि वडा नं.७ भरि नै लामखुट्टे मार्ने औषधी छर्न सुझाव दिँदै सहयोगी हात नेपाल नामक सामाजिक संस्थाका अध्यक्ष देवन्न साहले जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालय तथा वडा नं.७ को कार्यालयमा उक्त ज्ञापनपत्र बुधबार बुझाउनुभएको हो ।









नेपाल सितोरियो कराते जीतपुरले आयोजना गरेको कार्यक्रममा नेपाल सितोरियो कराते शाखा जीतपुरका प्रशिक्षक मनोज कुमार शाहले मायाको चिनो प्रदान गरी माननीय मन्त्रीज्यूको स्वागत, सम्मान तथा शुभकामना व्यक्त गरेका थिए ।

