अमलेखगञ्जमा लाेकसेवा आयाेग तयारी कक्षा संचालन

अमलेखगञ्जमा लाेकसेवा आयाेग तयारी कक्षा संचालन

मनाेज शाह, जितपुर बारा, चैत १८ गते:

बारा जिल्लाको अमलेखगञ्जमा लाेकसेवा आयाेग तयारी कक्षा संचालनमा आएको छ । अभियान संस्थाका अध्यक्ष लक्ष्मी तिमिल्सिनाकाे अध्यक्षतामा कार्यक्रम सुरु भएको छ । आज सम्पन्न भएको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमकाे प्रमुख अतिथि जितपुरसिमरा उपमहानगरपालिकाको उपप्रमुख भाेला अधिकारीले यस क्षेत्रका युवाहरुलाई निजामती सेवातर्फ आकर्षित गर्न सुरु गरिएको लोकसेवा आयोग तयारी कक्षा निकै नै फलदायी साबित हुने बताउनुभयो ।

 

नगरका युवालाई दक्ष बनाउने उदेश्यले लाेकसेवा तयारी कक्षा संचालन गरिएको प्रमुख अतिथि अधिकारीले बताउनुभयो । जितपुरसिमरा उपमहानगरपालिका वडा २१ र अभियान नेपालकाे संयुक्त आयाेजनामा संचालन भएको लाेकसेवा आयाेग तयारी कक्षा १ महिना संचालन हुने भएको छ । उक्त लोकसेवा आयोग तयारी कक्षामा राम्रो पढाइ भइरहेको तयारी कक्षामा सहभागी ३० जना विद्यार्थीहरुले जानकारी दिए । वडाको बजेटबाट लाेकसेवा तयारी कक्षा भइरहेको छ ।

 

बिशिस्ट अतिथिको रूपमा जितपुरसिमरा उपमहानगरपालिकाको वडा २१ का वडा अध्यक्ष सुबश श्रेष्ठ , सुकुमाया कुमारी थिङ ,सीता बिक ,राजकुमार साह लगायत उपस्थिति रहेको थियोे ।