दिगो बन ब्यवस्थापन कार्यबिधि मस्यौँदा बिरुद्ध साझेदारी बन महासंघ डेलिगेसन जाने

दिगो बन ब्यवस्थापन कार्यबिधि मस्यौँदा बिरुद्ध साझेदारी बन महासंघ डेलिगेसन जाने

मनाेज शाह जितपुर बारा चैत १९ गते:

मधेश प्रदेश दिगो बन ब्यवस्थापन कार्यबिधि मस्यौँदा २०८० सम्बन्धि छलफल कार्यक्रम रौतहटको चन्द्रपुरमा सम्पन्न भएको छ । साझेदारी बन महासंघ मधेश प्रदेशको आयोजनामा भएको छलफलमा कार्यबिधि मस्यौदाको बिभिन्न आयामको बिषयमा महासंघका सदस्यहरुको बिषयमा बिचारअदान प्रदान भएको थियो ।

छलफलमा दिगो बन कार्ययोजना मस्यौँदाको केही बुँदाहरुमा आफुहरुको बिमती रहेको साझेदारी बन महासंघ मधेश प्रदेश अध्यक्ष गणेशजी प्रसाद साहले जानकारी दिए । कार्यबिधिमा रहेका केही बुँदाहरु साझेदारी बनको हक बिपरित रहेकाले साझेदारी बन महासंघको गम्भिर ध्यानआकर्षण भएको उनले प्रतिक्रिया दिए ।अध्यक्ष साहले यथाशिघ्र उक्त बुँदाहरु सच्याउँन माग गरे ।

कार्यबिधिमा राखिएको केही बुँदा बिरुध मधेश प्रदेश सरकारको बन मन्त्रालय र बन सचिवालयमा डेलिगेसन जाने निर्णय भएको साझेदारी बन महासंघ मधेश प्रदेशले जनाएको छ । साझेदारी बन महासंघका केन्द्रिय अध्यक्ष रामप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता साझेदारी बन महासंघ मधेश प्रदेशका अध्यक्ष साहको रहेको थियो । छलफलमा मधेश प्रदेशका बिभिन्न साझेदारी बनका अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो ।