दुधौरा खोला किनारको ६४ घरधुरी हटाउने तयारी, स्थानीयको चेतावनी

दुधौरा खोला किनारको ६४ घरधुरी हटाउने तयारी, स्थानीयको चेतावनी—‘व्यवस्थापन बिना हट्दैनौँ’स्पर्श खबर जितपुर बारा भदौ १७ गते: जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित दुधौरा खोला नजिक वन क्षेत्रमा बसोबास गर्दै आएका ६४ घरधुरीलाई हटाउन डिभिजन वन कार्यालय बाराले सूचना टाँस गरेको छ। वर्षौंदेखि बसोबास गर्दै आएका स्थानीयले भने उचित व्यवस्थापन नगरी आफूहरूलाई हटाउन खोजिएको भन्दै विरोध जनाएका छन्।स्थानीय … Read more

जितपुरका पुराना प्रतिष्ठित व्यापारी नवल किशोर गुप्ताको निधन

जितपुरका पुराना प्रतिष्ठित व्यापारी नवल किशोर गुप्ताको निधनस्पर्श खबर जितपुर बारा भदौ १५ गते: जितपुरका पुराना तथा प्रतिष्ठित व्यापारी नवल किशोर गुप्ताको आज निधन भएको छ। उहाँको निधनसँगै जितपुरको व्यापारी समुदाय शोकमा डुबेको छ।८० वर्षीय गुप्ताको आज बिहान करिब ९ बजे स्वर्गारोहण भएको पारिवारिक स्रोतले जनाएको छ। उहाँका नाति प्रकाश गुप्ताले नवल किशोर गुप्ताको आज … Read more

रसुवागढीमा चालक सुबोध पटेल बेपत्ता, श्रीमतीको भावुक अपिल:मेरो श्रीमानलाई खोजेर हाम्रो अगाडि ल्याइदिनुहोस्

रसुवागढीमा चालक सुबोध पटेल बेपत्ता, श्रीमतीको भावुक अपिल:मेरो श्रीमानलाई खोजेर हाम्रो अगाडि ल्याइदिनुहोस् मनाेज शाह जितपुर बारा भदौ १५ गते: बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१८ का एक युवा सुबोध पटेल रसुवागढीमा गाडी लिएर गएको क्रममा सम्पर्कविहीन भएका छन्। बाढीपछिको परिस्थितिमा उनीसँग परिवारको सम्पर्क टुटेपछि घरपरिवार गम्भीर चिन्तामा परेको छ। सुबोधका बुवा रामजी पटेल का अनुसार छोरासँग … Read more

जन्मदिनको खुसी थाती राख्दै उद्योगी शम्भुनाथ झाले दिए बाढीपीडितलाई ११ लाख

जन्मदिनको खुसी थाती राख्दै उद्योगी शम्भुनाथ झाले दिए बाढीपीडितलाई ११ लाखमनाेज शाह जितपुर बारा भदौ १४ गते: नेपोभिट टायल्सका सञ्चालक एवं उद्योगी शम्भुनाथ झाले आफ्नो जन्मदिनको अवसरमा रसुवाका बाढीपीडितका लागि ११ लाख रुपैयाँ सहयोग गरेका छन्।झाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्। देश प्राकृतिक विपत्तिको चपेटामा परिरहेका बेला बाढीपीडितको राहत तथा … Read more

फलाम चोरी गरेको आरोपमा जितपुरमा ३४ वर्षीय सहनी पक्राउ

फलाम चोरी गरेको आरोपमा जितपुरमा ३४ वर्षीय सहनी पक्राउस्पर्श खबर जितपुर बारा भदौ १३ गते: जितपुरसिमरा उपमहानगरपालिका–९ नितनपुर चोकस्थित नारायणी स्पार्स प्रा.लि. कम्पनीबाट करिब १५ क्विन्टल फलाम चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।प्रहरीका अनुसार कम्पनीमा रहेको आई–बिम र सी–च्यानल गरी करिब १५ क्विन्टल फलाम, अन्दाजी रु. १ लाख ५० हजार मूल्य बराबरको … Read more

२२ वर्षदेखि शून्य निर्वाचन : जगदम्बा स्टिल्स मजदुर युनियनमा फेरि सर्वसम्मत नेतृत्व

२२ वर्षदेखि शून्य निर्वाचन : जगदम्बा स्टिल्स मजदुर युनियनमा फेरि सर्वसम्मत नेतृत्वस्पर्श खबर जितपुर बारा भदौ १३ गते: उद्योग–व्यवस्थापनबीचको विवाद, ट्रेड युनियनभित्रको गुटबन्दी र नेतृत्वका लागि हुने प्रतिस्पर्धाले मजदुर आन्दोलन कमजोर बन्दै गएको अवस्थामा जगदम्बा स्टिल्स लिमिटेडको मजदुर युनियनले भने फरक र अनुकरणीय उदाहरण प्रस्तुत गरेको छ। जितपुर सिमरा उपमहानगरपालिका–४ स्थित देवाश्रममा शनिबार सम्पन्न ११औँ … Read more

रसुवागढीका बाढीपीडितका लागि नारीशक्ति विकास मञ्चको राहत अभियान

रसुवागढीका बाढीपीडितका लागि नारीशक्ति विकास मञ्चको राहत अभियानमनाेज शाह जितपुर बारा भदौ १२ गते : बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–७, चितपुरस्थित नारीशक्ति विकास मञ्चले रसुवागढी तथा भोटेकोशी खोलाको आसपास बाढीपहिरोबाट प्रभावित नागरिकका लागि राहत सामग्री संकलन तथा सहयोग अभियान सुरु गरेको छ। मञ्चकी आशा दाहालका अनुसार विपद्मा परेका नागरिकलाई तत्काल आवश्यक खाद्यान्न, चाउचाउ, बिस्कुट, त्रिपाललगायतका राहत … Read more

रक्षाबन्धनमा दाजुको बाटो हेर्दै चार बहिनी, बाढीले खोस्यो सुदीपको खबर

रक्षाबन्धनमा दाजुको बाटो हेर्दै चार बहिनी, बाढीले खोस्यो सुदीपको खबरस्पर्श खबर जितपुर बारा भदौ ११ गते: रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत कलैया उपमहानगरपालिका–२, दोहोरीका सुदीप कुमार मण्डल भीषण बाढी तथा पहिरोपछि बेपत्ता भएका छन्। उनी सम्पर्कविहीन भएपछि दोहोरी गाउँ शोकमा डुबेको छ भने परिवारजन दिनरात उनको खोजी र उद्धारको प्रतीक्षामा छन्। सुदीपका बुवा बिकाउ … Read more

साउन महिनाको ‘उत्कृष्ट प्रहरी’ बने डीएसपी सुवास हमाल, हिंसा नियन्त्रणदेखि लागूऔषधविरुद्धको कारबाहीमा अब्बल प्रदर्शन

साउन महिनाको ‘उत्कृष्ट प्रहरी’ बने डीएसपी सुवास हमाल, हिंसा नियन्त्रणदेखि लागूऔषधविरुद्धको कारबाहीमा अब्बल प्रदर्शनविराटनगर भदौमा १० गते: कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास हमाललाई साउन महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषणा गरेको छ। उच्च मनोबल, साहस, अनुशासन र कर्तव्यनिष्ठाका साथ जिम्मेवारी निर्वाह गर्दै शान्ति–सुरक्षा कायम गर्न प्रभावकारी भूमिका खेलेको … Read more

रसुवाको भीषण बाढीमा बाराका दुई युवक बेपत्ता, परिवारमा बढ्यो चिन्ता

रसुवाको भीषण बाढीमा बाराका दुई युवक बेपत्ता, परिवारमा बढ्यो चिन्तास्पर्श खबर जितपुर बारा भदौ १० गते: रसुवामा आएको भीषण बाढीमा परी बाराका दुई जना युवक बेपत्ता भएका छन्। रसुवास्थित विभिन्न जलविद्युत् आयोजनामा कार्यरत सुवर्ण गाउँपालिका–४ हरैयाका रमेशकुमार यादव र कलैया उपमहानगरपालिका–२ दोहोरीका सुदीप मण्डल बाढी आएयता परिवार तथा आफन्तको सम्पर्कमा आएका छैनन्।नेपाल विद्युत् प्राधिकरणका पाँचौँ … Read more