जितपुरका पुराना प्रतिष्ठित व्यापारी नवल किशोर गुप्ताको निधन

जितपुरका पुराना प्रतिष्ठित व्यापारी नवल किशोर गुप्ताको निधन
स्पर्श खबर जितपुर बारा भदौ १५ गते:

जितपुरका पुराना तथा प्रतिष्ठित व्यापारी नवल किशोर गुप्ताको आज निधन भएको छ। उहाँको निधनसँगै जितपुरको व्यापारी समुदाय शोकमा डुबेको छ।
८० वर्षीय गुप्ताको आज बिहान करिब ९ बजे स्वर्गारोहण भएको पारिवारिक स्रोतले जनाएको छ। उहाँका नाति प्रकाश गुप्ताले नवल किशोर गुप्ताको आज बिहान निधन भएको जानकारी दिएका हुन्।
लामो समयदेखि जितपुरको व्यापार व्यवसायमा सक्रिय रहँदै आउनुभएका नवल किशोर गुप्ता पुराना र सम्मानित व्यापारीका रूपमा परिचित हुनुहुन्थ्यो। उहाँको निधनको खबरले जितपुरका व्यापारी तथा स्थानीयवासीहरू स्तब्ध र दुःखी भएका छन्।
प्रतिष्ठित व्यापारी गुप्ताको निधनले जितपुरको व्यापारी क्षेत्रमा अपूरणीय क्षति पुगेको भन्दै व्यापारीहरूले गहिरो दुःख व्यक्त गरेका छन्।
स्वर्गीय नवल किशोर गुप्ताप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना।