एसपी सिलवालद्वारा दुर्गा भगवती मन्दिरको समुद्घाटन

एसपी सिलवालद्वारा दुर्गा भगवती मन्दिरको समुद्घाटन जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीको परिसरमा निर्मित दुर्गा भगवती मन्दिरको समुद्द्घाटन तथा प्राण प्रतिष्ठाको कार्यक्रम नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराका प्रमुख प्रहरी उपरीक्षक राज कुमार सिलवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिबाट मन्दिर निर्माण तथा प्राण प्रतिष्ठा गर्न सहयोग गर्ने व्यक्तिहरुलाई … Read more

श्रीकृष्ण जन्माष्टमीको अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, जीतपुरले भब्य

स्पर्श खबर जितपुर बारा भदौ १ गते: श्रीकृष्ण जन्माष्टमीको अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, जीतपुरले आयोजना गरेको विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। सत्युगी दुनियाँको चैतन्य झाँकी, प्रवचन तथा सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई धार्मिक र सांस्कृतिक पर्वको रंगमा रंगाएको थियो। कार्यक्रमको अध्यक्षता केन्द्र प्रमुख सञ्चालिका तथा बालब्रह्मचारिणी तपस्विनी रेनु दिदीले गर्नुभएको थियो। कार्यक्रमको प्रमुख अतिथि … Read more

प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक पाँच मिनेट बसेर

काठमाडाैं : प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक पाँच मिनेट बसेर सकिएको छ । शनिबार सिंहदरबारस्थित समितिको बैठक कक्षमा बिहान साढे १० बजेका लागि बैठक बोलाइएको थियो । तर समिति सदस्यहरू समयमा उपस्थित हुन सकेनन् । समिति बस्नका लागि आवश्यक गणपूरक संख्या पुग्न करिब डेढ घण्टा पर्खिनुपर्‍यो । डेढ घण्टासम्म कुरेर पनि … Read more

चितवनको टाँडी प्रहरीलाई मोटरसाइकल हस्तान्तरण

स्पर्श खबर जितपुर बारा साउन २८ गते: रत्ननगर नगरपालिकाद्वारा चितवनको टाँडी प्रहरीलाई मोटरसाइकल हस्तान्तरण रत्ननगर नगरपालिकाले झन्डै ८ लाख रुपियाँको लागतमा ३ थान पल्सर मोटरसाइकल इलाका प्रहरी कार्यालय टाँडीलाई हस्तान्तरण गरेको हो । बुधबार नगरपालिकामा आयोजित एक कार्यक्रममा मोटरसाइकलको साँचो जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीलाई हस्तान्तरण गर्दै मेयर प्रलाद सापकोटाले कालिका … Read more

स्वास्थ्य बिमा कार्यक्रम : स्रोतको असन्तुलनले धराशायी हुने जोखिम

स्वास्थ्य बिमा कार्यक्रम : स्रोतको असन्तुलनले धराशायी हुने जोखिम काठमाडौँ, साउन २८ गते । स्वास्थ्य सेवालाई प्रभावकारी, मितव्ययी, जनमैत्री र सबै नागरिकमा पहुँच विस्तार गर्ने उद्देश्यसाथ प्रारम्भ गरिएको स्वास्थ्य बिमा कार्यक्रम थला पर्ने स्थितिमा पुगेको छ । स्वास्थ्य बिमा बोर्डमा दक्ष जनशक्तिको अभाव, प्रविधिको अनुपलब्धता र आर्थिक पक्ष कमजोर हुँदा नागरिकमैत्री र जनजीवनसँग जोडिएको महत्वपूर्ण … Read more

सहिदको योगदानलाई कांग्रेसले कहिल्यै बिर्सँदैन : देउवा

कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सहिदको सम्मान गर्ने पार्टी कांग्रेस रहेको बताएका छन् । मंगलबार तनहुँको भिमादमा आयोजित सहिद कल्याण खनालको २३औँ स्मृति सभामा सभापति देउवाले कांग्रेसले सधैँ सहिदको सम्मान गर्ने बताएका हुन् । सहिदको कारण आज कांग्रेस यो अवस्थासम्म आएको भन्दै सधँै सहिदलाई सम्झनु पर्ने बताए । उनले सहिद परिवारलाई पार्टीले हेर्ने … Read more

प्रसौनी–नकटुवा–वीरगन्ज सडक वर्षौँदेखि अलपत्र, आजपा द्वारा सडक निर्माण गर्न जोडदार माग

स्पर्श खबर जितपुर बारा साउन २७ गते प्रसौनी–नकटुवा–वीरगन्ज सडक वर्षौँदेखि अलपत्र, आजपा द्वारा सडक निर्माण गर्न जोडदार माग वीरगन्ज — आम जनता पार्टी मधेश प्रदेशका अध्यक्ष उमेश कुशवाहाले प्रसौनी नकटुवा हुँदै वीरगन्जलाई जोड्ने महत्वपूर्ण सडक वर्षौँदेखि अलपत्र परेको भन्दै तत्काल निर्माण कार्य सुरु गर्न सरकारसँग जोडदार माग गरेका छन्। अध्यक्ष कुशवाहाका अनुसार, यो सडकको जीर्ण … Read more

विपन्नका लागि निर्माणाधीन घरको जग्गा स्वामित्वमा विवाद

स्पर्श खबर जितपुर बारा साउन २३ गते: जीतपुरसिमरा उपमहानगरपालिका–१६ मा विपन्न तथा दलित समुदायका लागि ‘विपन्नसँग मदन भण्डारी आवास कार्यक्रम’ अन्तर्गत निर्माण भइरहेका घरहरूको जग्गा कुन वडामा पर्छ भन्ने विषयमा विवाद चर्किएको छ । विवाद वडा नम्बर १५ र १६ का बीचमा सिर्जना भएको हो । विवादको कारणले निर्माण कार्य नै रोक्नुपर्ने अवस्था आउने संकेत … Read more

नेकपा एमालेका सदस्य गणेश बहादुर श्रेष्ठको श्रद्धाञ्जली

जितपुरसिमरा उपमहानगरपालिका वडा न.३रामबन निवासी नेकपा एमालेका सदस्य तथा समाजसेवी गणेश बहादुर श्रेष्ठको श्रद्धाञ्जली सभा आज रामवनमा सम्पन्न भएको छ।लामो समय सामाजिक क्षेत्रमा काम गर्नुभएका श्रेष्ठ एमाले वडा कमिटी सदस्य टोप बहादुर श्रेष्ठका पिता हुनुहुन्थ्यो । श्रेष्ठको यही श्रावण १५ गते निधन भएको थियो ।नेकपा एमाले मधेश प्रदेश कमिटी सचिव मनोज पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न … Read more

जितपुर बजारमा रक्षा बन्धन पर्वकाे राैनक बढयाे

जितपुर बजारमा रक्षा बन्धन पर्वकाे राैनक बढयाेमनाेज शाह जितपुर बारा साउन २३ गते :हिन्दुहरूको महान पर्वको रूपमा रहेको रक्षाबन्धन पर्वको राैनक बढेको छ। यो पर्वको अवसरमा जितपुरसिमरा नै पर्वको रमजम सुरु भएको हो। बाराको जितपुरसिमरा राजधानी समेत रहेको जितपुर बजारमा मात्र राखेका सयौं अस्थायी पसल खुलेपछि रक्षाबन्धन पर्वको राैनक देखिएको छ। रक्षा बन्धन पर्वका लागि … Read more