स्पर्श खबर जितपुर बारा साउन २८ गते:
रत्ननगर नगरपालिकाद्वारा चितवनको टाँडी प्रहरीलाई मोटरसाइकल हस्तान्तरण
रत्ननगर नगरपालिकाले झन्डै ८ लाख रुपियाँको लागतमा ३ थान पल्सर मोटरसाइकल इलाका प्रहरी कार्यालय टाँडीलाई हस्तान्तरण गरेको हो ।
बुधबार नगरपालिकामा आयोजित एक कार्यक्रममा मोटरसाइकलको साँचो जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीलाई हस्तान्तरण गर्दै मेयर प्रलाद सापकोटाले कालिका र रत्ननगरको १ लाख १० हजार जनताको शान्ति सुरक्षाको जिम्मा लिएको इलाका प्रहरी कार्यालयलाई सवारी साधन अभाव नहोस् भनेर मोटरसाईकल वितरण गरेको जानकारी दिएका छन् ।


