बिरगजमा आजपाद्वारा अन्तरक्रिया कार्यक्रम भब्य रुपमा सम्पन्न

बिरगजमा आजपाद्वारा अन्तरक्रिया कार्यक्रम भब्य रुपमा सम्पन्न

मनाेज शाह जितपुर बारा फागुन १ गते

पर्सा जिल्लाको बिरगंजमा जनयुद्ध दिवसको विशेष अवसरमा आम जनता पार्टीद्वारा आयोजित “दलतन्त्रको उपहार : नेपालीहरु विदेशमा मर्ने र विदेशीहरु नेपालमा काम गर्ने” विषयक अन्तरक्रिया कार्यक्रम आजपाको राष्ट्रिय अध्यक्ष तथा पुर्व मन्त्री माननीय प्रभु साह ज्युको प्रमुख आतिथ्यमा भव्यताका साथ सु-सम्पन्न भएको छ । एकातिर देशमा रोजगारी नपाएर नेपालीहरु विदेशमा मरिरहेका छन् भने अर्कोतिर नेपालको अधिकांश उद्योगहरु विदेशी कामदारले भरिएको दुःखद स्थितिलाई आजको अन्तरक्रिया मार्फत् उजागर गरी देशको यी र यस्ता विविध वर्तमान संकटहरुको समाधान एवम् निराकरणको आधार तय हुने कार्यक्रमका सहभागीहरुले विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा खबरदारी गर्दै मन्त्री साहले आम श्रमजीवी जनतालाई यस्तो पीडादायक अवस्थामा पुर्याउने दलतन्त्रको विकल्प खोज्ने बेला आएको कुरा बताउनुभयो । किसान , मजदुरको रगत – पसिनाबाट उदाएका माओवादी नेतृत्वको सरकारमा यस्तो कहालीलाग्दो अवस्था निर्माण हुनु दु:खद एवं दुर्भाग्यपूर्ण विषय हो । यसर्थ “पथभ्रष्ट गद्दारहरुलाई बहिष्कार गरौं ! महान जनयुद्ध दिवसको सम्मान गरौँ !!” भन्ने मूल निष्कर्षलाई आत्मसात् गरेर अगाडि बढ्न आजपाको राष्ट्रिय अध्यक्ष तथा पुर्व मन्त्री माननीय प्रभु साहले सम्पूर्ण देशभक्त जनतामा हार्दिक अपील सहित जनयुद्ध दिवसको शुभकामना व्यक्त गरेका छन् ।

आजपाको केन्द्रिय सचिव तथा मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा आजपाको केन्द्रीय उपाध्यक्ष समिना हुसेन ,केन्द्रीय महासचिव अशोक लामा, केन्द्रीय उपमहासचिव त्रिभुवन साह, मधेश प्रदेश इन्चार्ज सुधीर यादव, केन्द्रीय सचिव बाबु राम कौशीक, इस्लाम हवारी लगायतको उपस्थिति रहेको थियोे ।

जनयुद्ध दिवसकै अवसर पारेर बिभिन्न पार्टी परित्याग गरी बारा जिल्ला बारा गढीको नेता सुरेशप्रसाद साह, लक्ष्मी साह दुलार पसवान, रामदेव मुखिया, इसा महमद मिया, महिन्द्र मुखिया बिन, रामवा यादव, राजिन्द्र साह, बिरेन्द्र मुखिया, सुबोध साह लगायतकाले आजपा पार्टीमा प्रवेश गरेका छन् ।

कार्यक्रममा बिदेशबाट कार्य गरी फर्केका छोटेलाल कुशवाहा, दिनेश प्रसाद कुशवाहा, संजय प्रसाद कुशवाहा, नबिन प्रसाद कुशवाहा, राजकुमार कुशवाहा लगायत १०० भन्दा बढी युवाहरुलाई फूलको माला लगाएर सम्मान गरिएको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओली माघ २५ गते बिहिबार रौतहट आउने

एमाले अध्यक्ष केपी शर्मा ओली माघ २५ गते बिहिबार रौतहट आउने मनाेज शाह जितपुर बारा माघ २४ गते: नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बिहिबार रौतहट आउने हुनुभएको छ। नेकपा एमाले रौतहटको दशौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्न माघ २५ गते बिहिबार पूर्व प्रधानमन्त्री ओली रौतहट आउन लाग्नुभएको हो। अधिवेशनको उद्घाटन गरुडामा रहेको … Read more

आज प्रतिनिधि सभाको बैठक बस्ने

आज प्रतिनिधि सभाको बैठक बस्ने प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले मानव अधिकार समितिको प्रतिवेदनसहित सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी विधेयक छलफल गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । सोही विधेयकलाई … Read more

नेपाली काग्रेस समृदी अभियान अन्तर्गत  गगन थापा,  ठाँउ ठाउँमा सभा

   नेपाली काग्रेस समृदी अभियान अन्तर्गत  गगन थापा,  ठाँउ ठाउँमा सभा मनाेज शाह जितपुर बारा माघ १९ गते समुदायमा काग्रेस समृदी अभियान अन्र्तगत मधेश प्रदेशमा रहेका नेपाली काग्रेसका महामन्त्री गगन थापा आज रौतहट र बारामा छन । महासचिब थापाले एकै दिन १२ स्थानमा सभाको सम्बोधन गर्ने थापाको सचिवालयले जनाएको छ । बिहान ११ बजेसम्म रौतहटको … Read more

एकीकृत समाजवादीको नेतृत्वमा ७० वर्ष उमेरको हदबन्दी हटाइने

काठमाडौं,माघ १४- नेकपा (एकीकृत समाजवादी)को दोस्रो राष्ट्रिय परिषद् बैठक आजदेखि हुँदै छ । बैठक बिहान ११ः३० बजेदेखि सुरु हुँदै छ । प्रज्ञा भवन कमलादी काठमाडौंमा हुने बैठकको पार्टीका अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्नेछन् । बैठकले पार्टीको नेतृत्वमा ७० वर्ष उमेरको हदबन्दी हटाउन, युवा सहभागिता वृद्धि गर्न, केन्द्रीय कमिटीको आकार सानो बनाउने विषयलाई प्राथमिकता दिने भएको … Read more

जनमत पार्टीले छोड्यो मधेश सरकार, समर्थन पनि फिर्ता

जनकपुरधाम, माघ ९- सीके राउत नेतृत्वको जनमत पार्टी मधेश सरकारबाट बाहिरिएको छ । मधेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले मंगलबार राजीनामा दिएका हुन् । मंगलबार जनमतको मधेश संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेको जनमत पार्टीका सचिव वीपी साहले जानकारी दिए । मधेशमा जनता … Read more

प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै एमाले

काठमाडौं, माघ ९- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाउँदै छ। अहिले बिहान ९ बजे प्रधानमन्त्री दाहाललाई ज्ञापन पत्र बुझाउन लागिएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताए। मध्यपहाडी लोकमार्ग केन्द्रित झन्डै दुई हजार किलोमिटर यात्राका क्रममा आएका गुनासा, सुझावहरूलाई वर्गीकरण गरेर ज्ञापन पत्र बुझाउन लागिएको ज्ञवालीले बताए। सुरूआती चरणमा सातै प्रदेशमा … Read more

आज बिहीवार यस्तो छ तपाईको राशिफल, २०८० साल माघ ४ गते

माघ ४- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । नजिक व्यक्तिबाट धोका पाइन सक्छ, सचेत रहनुहोला । मान्यजनको सुझाव अप्रिय पनि लाग्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । लाभदायक … Read more

माघ ५ गते जसपाले बीरगन्जमा `बलिदानी दिवस’ मनाउने

काठान्डौं, पुस २५ गते । जनता समाजवादी पार्टीले माघ ५ गते वीरगन्जमा बलिदानी दिवस मनाउने निर्णय गरेको छ । जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा बलिदानी दिवस मनाउने जसपाका वीरगन्ज महानगर अध्यक्ष ईश्वरचन्द्र यादवले बताउनु भयो । नगरसभा गृहमा माघ ५ गते दिउँसो १२ः३० बजेदेखि सुरु हुने बलिदानी दिवसको कार्यक्रममा सहभागी … Read more

राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेसको १३ र माओवादीको ७ सिटमा दाबी

काठमाडौं, पुस २१- राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरुले सिट संख्यामा आआफ्नो दाबी पेश गरेका छन् । शनिबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा बसेको बैठकमा ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेसले १३, नेकपा माओवादी केन्द्रले ७, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले ४-४ सिटमा दाबी गरेका हुन् ।। ‘अहिलेको बैठकमा आआफ्नो दाबी पेश गर्ने … Read more