गठबन्धनमा फेरबदलसँगै आजै सानो आकारको मन्त्रिमण्डल बन्ने मुख्यमन्त्रीमा आलोपालो

गठबन्धनमा फेरबदलसँगै आजै सानो आकारको मन्त्रिमण्डल बन्ने मुख्यमन्त्रीमा आलोपालो

स्पर्श खबर जितपुर बारा फागुन २१ गते:

प्रधानमन्त्री निवास, बालुवाटारमा अहिले माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरुको बैठक बसिरहेको छ । गठबन्धनमा फेरबदलसँगै आज सानो आकारको मन्त्रिमण्डल बन्ने भएको छ ।

एमालेबाट पदम गिरी र माओवादीबाट वर्षमान पुन मन्त्री बन्ने भएका छन् । रास्वपाबाट रवि लामिछाने मन्त्री बन्ने चर्चा छ ।

पदम गिरी र वर्षमानको करिब टुंगो लागिसकेको सम्बन्धित पार्टीका नेताले बताएका छन् ।
राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षमा पनि नयाँ सहमति खोज्ने भन्दै देबेन्द्र पौडेलले अघि भने, ‘प्रदेशका मुख्यमन्त्रीहरु आलोपालोको आधारमा अगाडि बढाउँछौं ।’ एमालेले ३ र माओवादी केन्द्रले २ वटा प्रदेशको नेतृत्व लिनेबारे दलहरुबीच प्रारम्भिक छलफल भइरहेको छ । बाँकी दुई प्रदेशको नेतृत्व गठबन्धनका अन्य दललाई दिने तयारी छ ।

राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतो  झडपमा परी घाइते

राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतो  झडपमा परी घाइते

मनाेज शाह जितपुर बारा फागुन १६ गते:

राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतो माइतीघरको निषेधित क्षेत्र तोड्ने क्रममा भएको झडपमा परी घाइते भएका छन् । उनको उपचार अहिले ट्रमा सेन्टरमा भइरहेको छ । नेता महतो जुलुस लिएर माइतीघर जाने क्रममा प्रहरीले घेरा हालेको थियो । त्यहाँ प्रहरी र प्रदर्शनीकारीबिच भएको झडपमा महतोको खुट्टा र हातमा चोट लागेको र त्यसको उपचार भइरहेको उनका सहयोगी किशोर गुरुङले बताए ।

मिटरब्याजीको समस्या अदालती प्रक्रियाबाट मात्रै निकासा हुने प्रधानमन्त्रीको भनाइ

मिटरब्याजीको समस्या अदालती प्रक्रियाबाट मात्रै निकासा हुने प्रधानमन्त्रीको भनाइ

मनाेज शाह जितपुर बारा फागुन १६ गते:

प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरव्याजका समस्या अदालती प्रक्रियाबाट मात्रै समाधान हुने बताएका छन्। कतिपय कागजपत्रले पीडितभन्दा पनि पीडकको पक्षमा बलियो देखिएकाले अदालती प्रक्रियाबाट जानुपर्ने अवस्था आएको प्रधानमन्त्रीको भनाइ छ।

राष्ट्रिय सभाको सरोकार तथा समन्वय समितिमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले त्यसका लागि अदालतसँग समन्वय भइरहेको बताए। उनले मिटरव्याजमा आर्थिकमात्र नभएर गहिरो सामाजिक समस्याहरू पनि रहेको बताए।

‘मिटरव्याज पीडित, सहाकारी पडित र लघुवित्त पीडितका समस्याबारे सरकार जानकार छ। आयोग बनाएरै हामीले मिटरव्याज समस्या समाधान गर्न खोज्यौं। ऐन बनाएरै पनि कामहरू गरिरहेका छौं। तर, बाँकी समस्या सरकारको कारणभन्दा पनि अदालती प्रक्रियाबाट समाधान गर्ने प्रकृतिका छन्। मिटरव्याज समस्या अहिलेको समस्या पनि होइन रहेछ, धेरै पहिलेदेखि चलेको रहेछ। कागजपत्रले पीडितभन्दा पीडक बलियो देखिन आएका छन्। तसर्थ सरकारले गम्भीररूपमा यो विषयको गहिराईलाई अदालतसँग समन्वय गरिरहेको छ। पीडितसँग वार्ता पनि गरिरहेका छौं। वार्ताकै माध्यमबाट समस्या समाधान गर्ने भनिरहेका छौं,’ प्रधानमन्त्रीले भने।

एमाले पार्टी अधिवेशनको तयारीका लागि जिम्मेवारी तोकियो ।

एमाले पार्टी अधिवेशनको तयारीका लागि जिम्मेवारी तोकियो ।

 

मनाेज शाह जितपुर बारा फागुन १३ गते:

नेकपा एमालेको जिल्ला सचिवालय बैठक शनिबार सम्पन्न भएको छ । बैठकले चैत्र १९ र २० गते हुने जिल्ला अधिवेशन सफल बनाउन विभिन्न उपसमिति गठन गर्दै जिम्मेवारी तोकेको छ ।

कलैयास्थित पार्टी कार्यालयमा बसेको बैठकले जिल्ला अध्यक्ष विनोद साहलाई राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवम् प्रचार विभाग प्रमुख टिना सुवेदीलाई प्रचार तथा अतिथि सत्कार, सचिव अध्यानन्द पाण्डेलाई सांगठानिक प्रतिवेदन तथा प्रतिनिधि व्यवस्थापन, उपसचिव अमृत शर्मा बजगाईंलाई जनपरिचालन, उपसचिव भुलन चौधरीलाई स्वयंसेवक परिचालन, जवाहिर अंसारीलाई मञ्च तथा आवास व्यवस्थापन, भिखारी साहलाई खाना तथा नास्ता व्यवस्थापन उपसमितिको संयोजक तोकेको हो ।

बैठकले पार्टी र जनसंगठनबाट करिब ६ सय प्रतिनिधि अधिवेशनमा सहभागी गराउने निर्णय समेत गरेको छ । अधिवेशनका लागि चैत्र ३ गते प्रतिनिधि परिषद् बैठक र चैत्र ७ गते प्रतिनिधि चयन गर्ने निर्णय बैठकले गरेको जिल्ला प्रचार विभाग प्रमुख सुवेदीले जानकारी दिईन् ।

जिल्ला अध्यक्ष साहको अध्यक्षतामा बसेको बैठकमा पोलिटव्युरो सदस्य एवम् बारा १ का सांसद अच्युत मैनाली, केन्द्रीय सदस्य बलबीर चौधरी, एकबाल मियाँ, मधेस प्रदेश सचिव मनोज पौडेललगायत एमाले बाराका पदाधिकारी र सचिवालय सदस्यको उपस्थिती रहेको थियो ।

माओवादी पार्टी  केन्द्रको स्थायी कमिटी बैठक बस्दै

माओवादी पार्टी  केन्द्रको स्थायी कमिटी बैठक बस्दै

 

स्पर्श खबर जितपुर बारा फागुन १३ गते:

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा शुरु हुनेछ ।

बैठकमा माओवादी रुपान्तरण विशेष अभियानअन्तर्गत राम्रो काम गर्नेलाई सम्मान र काममा नगएकाहरुलाई कारवाहीका साथै सम्मानित र कारवाहीमा परेका तीन– तीन जनाको नाम सार्वजनिक गरिने बताइएको छ ।

साथै स्थायी कमिटी सदस्यहरुले उठाएको प्रश्नको प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले जवाफ दिने कार्यक्रम रहेको छ ।

नेपाली काँग्रेस संसदीय दलको कार्यक्रम

नेपाली काँग्रेस संसदीय दलको कार्यक्रम

 

स्पर्श खबर जितपुर बारा फागुन १३ गते:

सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलले काँग्रेसबाट राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यहरुलाई प्रशिक्षण दिँदैछ ।

बहालवाला र नवनिर्वाचित राष्ट्रिय सभामा काँग्रेसका सदस्यहरुलाई आज प्रशिक्षण तथा उनीहरुबीच छलफल गर्न लागेको हो ।

छलफल कार्यक्रम सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा बिहान साढे १० बजेबाट शुरु हुनेछ ।

नेविसंघको प्रस्ताव  असार १२ आैं महाधिवेशन गर्ने

 नेविसंघको प्रस्ताव  असार १२ आैं महाधिवेशन गर्ने

स्पर्श खबर जितपुर बारा फागुन १० गते :

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आगामी असारमा १२ औँ महाधिवेशन गर्न प्रस्ताव गरेको छ ।

मातृ पार्टी नेपाली कांग्रेसको महासमिति बैठक चलिरहेका बेला नेविसंघले महासमिति बैठकमा संकल्प र परिकल्पनापत्र प्रस्तुत गर्दै महाधिवेशनको मिति समेत प्रस्ताव गरेको हो ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले नेविसंघका तर्फबाट महाधिवेशनको कार्यतालिकासहित नीति, योजना र परिकल्पनाबारे महासमितिमा जानकारी गराइएको बताए । ‘अहिले महाधिवेशनको मिति प्रस्तावित हो । यो महासमिति बैठकमा पेश भएको छ,’ उनले भने, ‘पार्टीले अनुमोदन गरिदिएको अवस्थामा हामी केन्द्रीय समितिको बैठकबाट निणर्य लिएर अघि बढ्छौँ ।’ उनका अनुसार बैशाख २५ गतेभित्र प्रतिनिधि चयन गरिसक्ने, जेठ १ गते क्याम्पस अधिवेशन गर्ने र जेठ ३ गते स्थानीय गाउँ/नगर अधिवेशन गर्ने प्रस्तावित कार्यतालिका छ ।

त्यस्तै, जेठ ६ देखि १० गतेसम्म उपत्यकाभित्रका क्याम्पस विश्वविद्यालयहरुमा अधिवेशन गर्ने, जेठ १६ गते ७७ वटै जिल्लाको अधिवेशन गर्ने र जेठ २५ गते प्रदेशको अधिवेशन गर्ने नेविसंघको प्रस्ताव छ । त्यसपछि असार ११ गते १२ औँ केन्द्रीय महाधिवेशन गर्न प्रस्ताव गरिएको अध्यक्ष शेर्पाले बताए । ‘हाम्रो केन्द्रीय समितिको बैठक बस्दैछ । केन्द्रीय समितिबाट महाधिवेशनको कार्यतालिका पास गरेर जान्छौँ,’ उनले भने, ‘केही तलमाथि हुनसक्छ, तर एकवर्षभित्र महाधिवेशन गर्ने कुरामा हामी प्रतिवद्ध छौँ ।’

नेविसंघले पार्टीको महासमिति बैठकमा सरकारले अन्तर्राष्ट्रिय फोरममा जाहेर गरेका प्रतिवद्धता अनुरुप तीन वटै तहका सरकारले बजेटको कम्तिमा २० प्रतिशत शिक्षा र अध्ययन अनुसन्धन क्षेत्रकालागि विनियोजनको सुनिश्चितता गरिनुपर्ने संकल्प गर्न प्रस्ताव राखेको छ ।

त्यस्तै, युवा तथा विद्यार्थी विदेश पलायन अर्थात् ब्रेनड्रेनको समस्यालाई समाधान गर्न नेपालको शिक्षा प्रणालीमा समावेश गर्नुपर्ने, कमाउँदै पढ्दै गर्ने नीतिलाई अवलम्बन गर्दै विद्यालय उच्च शिक्षा विधेयक परिमार्जन गरिनुपर्ने, विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति रहने व्यवस्थालाई पुनरावलोकन गरिनुपर्ने माग गरेको छ ।

काग्रेसकाे महासमिति आज बैठक बस्दै

काग्रेसकाे महासमिति आज बैठक बस्दै

 

नेपाली कांग्रेसको महासमिति बैठक आजदेखि शुरू हुँदैछ।सभापति शेरबहादुर देउवाले ललितपुरको गोदावरीस्थित सनराइज हलमा दिउँसो १ बजे महासमिति बैठक उद्घाटन गर्नेछन्।  प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार ललितपुरको गोदावरीस्थित सनराइज हलमा महासमिति बैठक फागुन १० गतेसम्म चल्नेछ।

महासमितिमा सहभागी भएका सदस्यमध्ये कम्तीमा ६० प्रतिशतलाई बोल्न समय दिइने छ। बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक, प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा तथा लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेश गर्नेछन्।

यी प्रस्तावहरूमाथि चार वटा समूह बनाएर छलफल गरिनेछ विश्वकर्माले बताए। समूहमा हिमाल, पहाड र तराईको प्रतिनिधित्व हुने गरी समूह बनाइनेछ।

महासमिति बैठकले कांग्रेसले लिने नीति तय गर्नेछ। महासमिति बैठकमा वर्तमान पदाधिकारी तथा केन्द्रीय सदस्यहरू १६५ जना, प्रतिनिधि सभा क्षेत्रबाट प्रतिनिधित्व हुने गरी महासमिति सदस्यहरू १ हजार सात सय ८० जना, नेपाली जनसम्पर्क समितिबाट ८९ जना, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ जना, महासमिति सदस्य नरहेका जिल्ला सभापति ४६ जना सहभागी हुने छन्।

महासमिति बैठकका लागि विधानअनुसार प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट ११ जनाका दरले प्रतिनिधि आउँछन्। महासमिति सदस्यले केन्द्रीय कार्यालय सानेपामा फोटो र तीन हजार रुपैयाँ बुझाएर प्रवेश पत्र लिनुपर्ने हुन्छ। महासमिति बैठकमा उपस्थित हुनेहरूलाई कांग्रेसले खाना र खाजाको व्यवस्था गरे पनि आवासको व्यवस्थापन गरेको छैन।

२०७८ मंसिरमा १४ औं महाधिवेशन गर्दा कांग्रेसले नीति अधिवेशन गरेको थिएन। नीति अधिवेशनको समेत काम गर्ने गरी अहिले महासमिति बैठक गर्न लागिएको हो। विधानअनुसार महाधिवेशन भएको वर्षबाहेक वर्षेनी महासमिति बैठक गर्नुपर्ने व्यवस्था छ।

इतर समूहको छुट्टै रणनीति

बैठकमा निर्वाचनमा गठबन्धन गर्ने अभ्यासको तीव्र हुने देखिएको छ। इतर पक्षले निर्वाचनपूर्व गठबन्धन गर्ने अभ्यासको कडा रुपमा आलोचना गर्ने रणनीति लिएको छ। महासमिति बैठकको पूर्वसन्ध्यामा आयोजित एक भेलामा इतर पक्षका नेताहरु निर्वाचनअघिको गठबन्धन संस्कृति अन्त्यका विषयमा एकजुट देखिएका छन्।

इतरपक्षका नेता शेखर कोइरालाले महासमिति सदस्यहरुलाई संस्थापन पक्षसँग दवावमा नपरी आफ्ना भनाइ निर्धक्कसँग राख्न आग्रह गरेका छन्। उनले महामन्त्री द्वय गगन थापा र विश्व प्रकाश शर्माले पेश गर्न तयार पारेको प्रतिवेदनमा गठबन्धनको छायाँ देखिएको र कांग्रेसको मौलिकता मास्न खोजिएको आरोप पनि लगाएका छन्।

कोइरालाले आगामी निर्वाचनमा गठबन्धन नगर्ने निर्णय महासमिति बैठकबाटै होस् भन्ने चाहना छ भने  इतरपक्षका अरु नेताको मत पनि यही नै छ।

हिन्दु राष्ट्रको बहस

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा २२ जना केन्द्रीय सदस्यले सनातन हिन्दू राष्ट्र हुनुपर्नेमा आफ्नो एजेन्डासहित पूरक प्रस्ताव पेस गरे।

शंकर भण्डारीको नेतृत्वमा भएको सो हस्ताक्षरसहितको पूरक प्रस्तावमा पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, प्रकाश रसाइली स्नेही, विद्या तिमल्सिना, गेहेन्द्र गिरी, रंगमती शाही, सीता देवकोटा, सीताकुमारी, दिलेन्द्रप्रसाद बडु, डा. डिला संग्रौला, शारदा पौडेल र अर्जनुबहादुर सिंहले हस्ताक्षर गरेका छन्।

हस्ताक्षर गर्नेमा चम्पादेवी खड्का, नागिना यादव, नृपबहादुर वड, सञ्जय गौतम, भीम पराजुली, दिनेश कोइराला र मुक्ताकुमारी यादव पनि छन्। प्रस्तावमा हस्ताक्षर गर्ने प्रदेश सभापतिहरूमा बाग्मतीका इन्द्रबहादुर बानियाँ र गण्डकीका शुक्रराज शर्मासमेत छन्।

उनीहरूले वैदिक सनातन हिन्दु राष्ट्र कायम गर्न त्रिवेणी धाम र काठमाडौंमा भएको महासमिति बैठकका बहुमत महासमिति सदस्यले प्रस्ताव राखेको पनि नेतृत्वलाई सम्झाएका छन्।

सनातन हिन्दु नेपाल स्थापना महाअभियानका संयोजक रहेका भण्डारीले आफ्नो कुरा राखेर सभापति शेरबहादुर देउवालाई पूरक प्रस्ताव बुझाएका छन्। भण्डारीसहित २२ केन्द्रीय सदस्यले बुझाएको प्रस्ताव भने सभापति देउवाले चुपचाप  छन्। यसमा देउवाले मौन समर्थन गरेको देखिन्छ। कांग्रेस बैठकमा धर्म निरपेक्ष खारेज हुनुपर्छ भनेर यसपटक मात्रै होइन यसअघि पनि आवाज उठ्दै आएको हो।

महासमिति बैठकमा सनातन हिन्दू धर्मको विषय बलियो गरेर उठाउन शनिबार नयाँ बानेश्वरको बानेश्वर ब्यांक्वटेमा हिन्दु राष्ट्रको पक्षमा महाअभियान कार्यक्रम घोषणा नै गरियो। महासमिति बैठक (नीति अधिवेशन)मार्फत ‘धर्म निरपेक्षता’लाई छोडेर कांग्रेसले ‘हिन्दु राष्ट्र’को मुद्दा औपचारिक रूपमै अँगाल्नुपर्ने भन्दै उनीहरुको जोड छ।

ललितले दिलाए नेपाललाई  सफलता

ललितले दिलाए नेपाललाई  सफलता

स्पर्श खबर जितपुर बारा फागुन ३ गते:

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गतको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध पहिलो सफलता हात पारेको छ । ललित राजवंशीले निकोलस डाविनलाई १५ रनमा आफ्नो शिकार बनाएका हुन् ।नामिबियाले १ विकेटको क्षतिमा २७ रन बनाएको छ । यसअघि नेपालले नामिबियासामु जीतका लागि १ सय ३३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाएर १ सय ३२ रन बनाएको हो ।

नेकपा एसले तोक्यो विभिन्न नेताहरूको जिम्मेवारी

नेकपा एसले तोक्यो विभिन्न नेताहरूको जिम्मेवारी

स्पर्श खबर जितपुर  बारा फागुन ३ गते:

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), बागमती प्रदेश कमिटीले संगठन तथा सदस्यता विस्तार अभियान कार्यान्वयन गर्न विभिन्न नेतालाई जिम्मेवारी प्रदान गरेको छ।

संगठन विस्तार तथा सुदृढीकरण अभियान कार्यान्वयनका लागि उपाध्यक्ष राजेन्द्र पाण्डेलाई धादिङ, उपाध्यक्ष प्रमेश हमाललाई ललितपुर र सचिव जीवनराम श्रेष्ठलाई काठमाडौंको जिम्मेवारी प्रदान गरिएको हो।

केन्द्रीय नेताहरू ध्रुव विष्ट (भक्तपुर), शिव देउजा (काभ्रेपलाञ्चोक), भगवती नेपाल (सिन्धुपाल्चोक), शिव भण्डारी (दोलखा), देवशंकर पौडेल (रामेछाप), गङ्गा नेपाल (सिन्धुली), ललित बस्नेत (मकवानपुर), केशवलाल श्रेष्ठ (चितवन), राजेन्द्र लोहनी (नुवाकोट), साङ्गेतेम्बा लामालाई (रसुवा) को जिम्मेवारी तोकिएको कमिटी अध्यक्ष तथा पार्टी स्थायी कमिटी सदस्य सावित्रा भुसालले जानकारी दिइन्।