नेपाली कांग्रेस अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम पर्साको पार्टी कार्यालयमा आयोजना हुदै

नेपाली कांग्रेस अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम पर्साको पार्टी कार्यालयमा आयोजना हुदै

स्पर्श खबर जितपुर बारा  १ गते:

नेपाली कांग्रेस पर्साले प्रशिक्षक शाखा द्वारा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको आज आयोजना गरेको छ। नेपाली कांग्रेस पर्साको पार्टी कार्यलयमा आयोजना भएको कार्यक्रममा स्वर्गीय वि.पि कोइलाराको फोटोमा फुलमाला तथा अबिर चढाइ औपचारिक रुपमा कार्यक्रमको उद्वाघाटन गरिएको थियो।

प्रशिक्षण कार्यक्रमको उदघाट्न गर्दै प्रमुख अतिथी रहेका संविधान सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अनिल रुङ्टाले नेपाली काँग्रेसलाई थप बलियो बनाउन र कार्यकर्तामा उत्साह थप्न प्रशिक्षण कार्यक्रम आयोजनाले महत्त्वपूर्ण भुमिका खेलेको बताए ।कार्यकर्ता पंक्तिमा आएको नैराश्यता र नेताहरुमा देखिएको बिचलन र अनुशासनहिनता न्यूनिकरण गर्ने प्रशिक्षण कार्यक्रमको आवस्यकता रहेको उनले बताए।

त्यस्तै नेपाली कांग्रेस पर्साका उप-सभापति तथा प्रशिक्षण शाखाका प्रमुख रामनारायण कुर्मीले पार्टी भित्रको संगठन सुदृणिकरणका निम्ती यस्ताे प्रशिक्षण कार्यक्रमले कार्यकर्तामा थप हौसला प्रदान गर्ने बताए।उनले मुलुकमा कम्युनिष्ट सरकारको दम्भले आम सर्वसाधारणमा अहिले सरकार प्रती निरासा छाएको बताए ।पार्टी भित्रको संगठनलाई मजबुत बनाउनका लागि गाउँ–गाउँमा प्रशिक्षणका कार्यक्रमहरु आयोजना गर्ने जरुरी रहेको बताए ।

विशिस्ट अतिथि रहेका नेपाली कांग्रेस पर्साका सभापति तथा मधेस प्रदेश सांसद जनार्दन क्षेत्रीले नेपाली कांग्रेस पर्साका सम्पुर्ण कार्यकर्ता एक भएर अगाडी बढे मात्र जनइच्छा पूरा गर्न सकिन्छ भन्दै प्रशिक्षणमा सिकेको कुरा टोलटोलमा जनतामा गई बुझाई दिन आग्रह गरेका थिए।नेपाली कांग्रेसलाई मजबुत बनाउन कार्यकर्ताहरु इमानदारीपुर्वक पार्टीको जिम्मेवारीमा लाग्नु पर्ने बताए।

आज भएको प्रशिक्षण कार्यक्रमको उद्वघाटनमा विशिष्ट अतिथि चन्देश्वर यादव,रामेश्वर ढकाल,उप-सभापति अशोक गुप्ता,पुर्ब उप-सभापति राजु गुप्ता,वीरगन्ज महानगपालिकाका उपमेयर इतियाज आलम,प्रेमबहादुर थापा,मदन यादव,रमेश पाण्डे,नगर सचिव श्याम पटेल,हरिन्द्र यादव,नागेश्वर प्रसाद,शिवचन्द्र कुइरी,फरेन्द्र यादव,कन्हैया ठाकुर,बाबुनन्द पटेल,जे.पि.ठाकुर लगायतको उपस्थिति रहेको थियो ।

उक्त प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि,नेपाली काँग्रेका पदाधिकारी,ने.बि.संघ,नेपाल तरुल दल,नेपाल किसान संघ,नेपाल मुस्लिम संघ,पालिका,नगरपालिका,प्रदेश स्तरीय,वडा स्तरीय नेताहरुको उपस्थिति रहेको थियो।

आज भएको प्रशिक्षण कार्यक्रमका प्रतिनिधिहरु रामेश्वर ढकाल,जितेन्द्र पुरुष ढकाल,अमृत लाल जोशी,सरोज चौरसिया,सरिता चौधरी लगायतले नेपाली कांग्रेसको बारे तालिम दिएका थिए।

कार्यक्रम संचालन सरिता चौधरी,जितेन्द्र पुरुष ढकालले गरेका थिए भने स्वागत मन्तव्य निर्वाचन क्षेत्र नं १ का कार्यवाहक सभापति अनिल सिंहले गरेका थिए।

नेपाली कांग्रेस मधेस प्रदेशका प्रचार सचार विभागका सदस्य राहुल गुप्ताले जानकारी गराएका थिए।

प्रभु साहको सरकारसंग प्रश्न, ‘गरिबी निवारण गर्ने योजना खै ?’

प्रभु साहको सरकारसंग प्रश्न, ‘गरिबी निवारण गर्ने योजना खै ?’

स्पर्श खबर जितपुर बारा जेठ ३२ गते:

 

आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारसँग गरिबी निवारण गर्ने योजना नै नभएको टिप्पणी गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको मन्त्रालयगत छलफलमा सांसद साहले यस्तो आरोप लगाएका हुन् ।

‘गरिबी निवारण मन्त्रालय छ । गरिबी निवारण गर्ने योजना खै ? उद्योग मन्त्रालयको बजेटमा रोजगारी सिर्जना गर्ने कुरा खै ?’ उनले प्रश्न गरे । अध्यक्ष साहले सहकारी पीडितले न्याय पाउँछन कि पाउँदैनन् भनेर प्रश्न गर्दै भने, ‘सहकारी पीडितले न्याय पाउँछन् कि पाउँदैनन् ? अनि सहकारी ठगलाई कारबाही हुन्छ कि हुँदैन् ?’

सो क्रममा उनले जनतालाई सुलभ स्वास्थ्य सेवाको व्यवस्था गरिनुपर्ने कुरा उठाए । राज्यको लगानीमा चिकित्सा शिक्षा अध्ययन गरेका डाक्टरहरु विदेश पलायनमा लागेको र भएका चिकित्सिकहरुपनि ८० प्रतिशतभन्दा बढि शहरकेन्द्रित भएको उनको टिप्पणी छ । प्रत्येक गाउँपालिकामा सुविधासम्पन्न अस्पताल खोल्ने भनिएपनि अहिलेसम्म त्यो कार्यान्वयन नभएकोमा साहको गुनासो थियो ।

‘सरकारी अस्पतालमा औषधि हुँदैन । भएपनि सस्तो औषधि र कम औषधि मात्रै हुन्छन् । साहले भने, ‘नजिकै निजी संस्था हुन्छ । त्यहाँ सबै औषधि पाइन्छ । सरकारी अस्पतालमा बेड पाइँदैन ।सभार राजधानी दैनिक । निजी अस्पतालमा मनोमानी छ ।’

स्वास्थ्य बीमाको प्रभावकारिताका विषयमा पनि उनले प्रश्न उठाए । ‘स्वास्थ्य बीमा लिन हैरानी छ । स्वास्थ्य बीमा मजाक बनेको छ’ साहले भने । नेपालका चिकित्सकहरु विदेश जाने फेसन भएको भन्दै उनले थपे, ‘नेपालको दानापानीले पढ्ने र विदेशीको सेवा गर्ने । यसलाई नियमन गर्न नसक्ने हो र ?’

भएका चिकित्सकहरु पनि शहर केन्द्रित हुँदा ग्रामीण भेगका अस्पतालमा बिरामीले उपचार पाउन नसक्ने अवस्था रहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गरे ।

यसैबीच आजपा अध्यक्ष साहले गणतन्त्र दिवस, २०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस) द्वारा आयोजित ‘गणतन्त्रका उपलब्धि ः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको आज अवलोकन गरेका छन् । उनले विश्वमै अभ्यास रहेका व्यवस्थामध्ये गणतन्त्र उत्कृष्ट शासन व्यवस्था भएको दाबीसमेत गरे । ‘गणतन्त्रलाई विभिन्न कोणबाट बदनाम गर्ने प्रयास भइरहेकोप्रति परिवर्तनकारी शक्तिहरू सचेत रहनुपर्दछ’ उनले भने ।

गणतन्त्रको उपलब्धिलाई संस्थागत गर्दै समृद्धिको गतिलाई तीव्रता दिनुपर्ने बताउँदै उनले मुलुकमा समृद्धिका लागि सुशासन अपरिहार्य भएको जनाउँदै केही असफल नेतृत्वका कारण गणतन्त्र कमजोर बन्न हुँदैन भने । ‘गणतन्त्र सुन्दर व्यवस्था भए पनि सञ्चालकले यसलाई ठिक मार्गबाट अघि बढाउन नसक्दा जनताले जति लाभ प्राप्त गर्नुपर्ने थियो, त्यो हुन नसकेको कारण आम जनतामा केही निराशा बढेको छ’, उनले भने ।

जनमतलाई नेतृत्व दिन एमाले र माओवादी तयार, लोसपा र एकीकृत समाजवादी निर्णायक

जनमतलाई नेतृत्व दिन एमाले र माओवादी तयार, लोसपा र एकीकृत समाजवादी निर्णायक

 

स्पर्श खबर जितपुर बारा जेठ १८ गते:

जनमतका उम्मेदवारलाई मधेश प्रदेशको मुख्यमन्त्री दिने सहमतिपछि जनमतका अध्यक्ष सिके राउत, संसदीय दलका नेताहरू एमालेका सरोजकुमार यादव, माओवादीका भरतप्रसाद साह, जनमतका महेशप्रसाद यादवसहितका नेताहरू । 

 

मधेशमा नयाँ सरकारको गृहकार्य

जसपा नेपालको सरकार अल्पमतमा परेसँगै मधेशमा नयाँ सरकार गठनको दौडधुप जारी छ । बुधबार विपक्षी दलहरूले सम्भावित समीकरणका लागि वार्ता गरेको अर्को दिन एमाले र माओवादी मधेश प्रदेश सरकारको नेतृत्व जनमत पार्टीलाई दिन तयार भएका छन् । मधेशमा लोसपा र एकीकृत समाजवादी निर्णायक शक्तिका रूपमा देखिएका छन् ।

सरकारको नेतृत्वको दाबी गरिरहेको मधेश प्रदेश सभाको सबैभन्दा ठूलो दल एमाले लचिलो बनेपछि जनमतले सत्ता हाँक्ने गरी सत्तागठबन्धनका तीन दलबीच बिहीबार सहमति भएको हो । तर, उनीहरूसँग बहुमतको अंक भने अझै पुगेको छैन । मधेशमा जसपा नेपालको सरकारलाई दिएको समर्थन एमाले र माओवादीले यसअघि नै फिर्ता लिएका थिए । यसअनुसार मधेश सरकारले ३० जेठभित्र विश्वासको मत लिनुपर्नेछ ।

माओवादी संसदीय दलका नेता भरतप्रसाद साहले लोसपा र एकीकृत समाजवादीलाई पनि साथमा लिएर नयाँ सरकार गठन गर्ने दाबी गरेका छन् । एक सय सात सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५४ मत चाहिन्छ । एमाले २५, जनमत १३ र माओवादीसँग नौ गरी ४७ मत छ । बहुमतका लागि थप सात सांसद चाहिन्छन् । त्यसमा लोसपाले (आठ) मात्र साथ दिँदा ५५ मत पुग्छ । एकीकृत समाजवादीसँग पनि सात सिट छ ।

संसदीय दलका नेताहरू एमालेका सरोजकुमार यादव, जनमतका महेशप्रसाद यादव र माओवादीका साहले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । ‘प्रदेशमा रहेका भ्रष्टाचार प्रवृत्तिलाई हटाउन तथा प्रदेशको आर्थिक वृद्धि उच्च बनाउन नयाँ सरकारको आवश्यकता रहेको’ सहमतिपत्रमा उल्लेख छ ।

कांग्रेस सभापति शेरवहादुर देउवा, एसका अध्यक्ष माधव नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच बुधबार मात्र मधेश सरकार गठनको विषयमा छलफल भएको थियो । उनीहरूबीच कुरा नमिलेपछि एमाले, माओवादी र जनमतको रणनीति पुनः सफल हुने अवस्थामा पुगेको माओवादीका एक सांसदले दाबी गरे ।

बुधबारको बैठकमा उपेन्द्रले आफ्नो पार्टी नेतृत्वको मधेश सरकारलाई निरन्तरता दिनुपर्ने अडान लिएका थिए । मधेश सरकार निरन्तरताका लागि दलहरूबीच नयाँ सिरामा सहमति हुनुपर्ने र त्यसका लागि मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने ठाकुरको सर्त थियो । लोसपाका एक सांसदले भने, ‘तर, ठाकुरजीको प्रस्तावमा उपेन्द्रजी सहमत हुनुभएन । पछि ठाकुरजी बैठकबीचमै छोडेर हिँड्नुभयो । बुधबार साँझ नै प्रधानमन्त्री प्रचण्डलाई भेटेर मधेशमा नयाँ सरकार गठनको विषयमा छलफल भएको हो ।’ उनका अनुसार ठाकुरले बैठक छोडेर हिँडेलगत्तै माधव नेपाल पनि बैठक छोडेर हिँडेका थिए ।

अंकगणितका आधारमा कांग्रेससँग २२, जसपा नेपालको १९, एकीकृत समाजवादीको सात र लोसपाको आठ गरी ५६ सांसद पुग्छन् । सभार नयाँ पत्रका ।यस आधारमा कांग्रेसले सरकार गठनको सम्भावनाबारे छलफल थालेको हो ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल साढे ६ वर्षपछि मधेश सरकारको नेतृत्व गुमाउने अवस्थामा पुगेको छ । तत्कालीन सत्तासाझेदार माओवादी ३० वैशाखमा सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री सरोज यादवले अल्पमतको सरकार चलाइरहेका छन् ।

पछिल्लोपटक जसपा नेपालका वरिष्ठ नेता अशोक राईले पार्टी फुटाएपछि जनमतले मधेशमा नेतृत्वका लागि बार्गेनिङ बढाएको हो । मुख्यमन्त्री दिन गठबन्धन सकारात्मक भएपछि जनमतले जेठ पहिलो साता प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो । सोही सहमतिअनुसार नयाँ सरकार गठनको गृहकार्य भइरहेको हो । तर, जेठभर मुख्यमन्त्री यादवले अल्पमतको सरकार चलाउन पाउनेछन् ।

यादवले २१ जेठबाट बजेट अधिवेशन सुरु गरेर २३ जेठमा विश्वासको मत लिने घोषणा गरेका थिए । सोहीअनुसार जसपाले कांग्रेस, लोसपा र एकीकृत समाजवादीसँग छलफल अगाडि बढाएको थियो ।

आ.ज.पा. द्वारा बारा जिल्लामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

आ.ज.पा. द्वारा बारा जिल्लामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

मनोज कुमार शाह, जेष्ठ १७ गते

आम जनता पार्टीद्वारा बारा जिल्लाको बारागढी गाँपालिका-४ सुखीपथरामा आज पार्टी प्रवेश कार्यक्रम भव्यताका साथ सम्पन्न भएकोछ ।
देशमा व्याप्त बेथीति, भ्रष्टाचार एवं कुशासनको दुश्चक्रलाई तोड्न तथा विद्यमान संकटहरुको ठोस निकास प्रदान गर्ने सवालमा अब आम जनता पार्टीले नेतृत्वदायी एवं निर्णायक भूमिका निर्वाह गर्ने दृढ़ विश्वाससहित आज विभिन्न पार्टी परित्याग गर्दै सियाराम साह लगायतका सयौं सम्मानित व्यक्तित्वहरुले आज एक कार्यक्रमका बिच आम जनता पार्टीमा प्रवेश गरेका छन् ।
पार्टीमा गोलबन्द भएका व्यक्तित्वहरुलाई सहर्ष हार्दिक स्वागत, बधाई दिँदै आ.ज.पा. का अध्यक्ष एवम् पूर्व मन्त्री प्रभु साहले थप उज्जवल राजनीतिक भविष्यको भव्य शुभकामना व्यक्त गरेका छन् ।
कार्यक्रमको अध्यक्षता सियाराम साहले गर्नुभएको थियो भने प्रमुख अतिथीको रुपमा आ.ज.पा. अध्यक्ष पुर्व मन्त्री मा. प्रभु साह, बिशिस्ट अतिथि आ.ज.पा. का केन्द्रिय उपाध्यक्ष अशोक लामा आ.ज.पा.का मधेश प्रदेश कमिटी अध्यक्ष उमेश कुशवाहा, अतिथी आ.ज.पा. जिल्ला बारा अध्यक्ष राजकिशोर साह, उपाध्यक्ष बसन्त चौधरी, युवा नेता बिनोद साह लगायतको सहभागिता रहेको थियो ।

 

आ.ज.पा. द्वारा बारा जिल्लामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

आ.ज.पा. द्वारा बारा जिल्लामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

मनोज कुमार शाह, जेष्ठ १७ गते

आम जनता पार्टीद्वारा बारा जिल्लाको बारागढी गाँपालिका-४ सुखीपथरामा आज पार्टी प्रवेश कार्यक्रम भव्यताका साथ सम्पन्न भएकोछ ।
देशमा व्याप्त बेथीति, भ्रष्टाचार एवं कुशासनको दुश्चक्रलाई तोड्न तथा विद्यमान संकटहरुको ठोस निकास प्रदान गर्ने सवालमा अब आम जनता पार्टीले नेतृत्वदायी एवं निर्णायक भूमिका निर्वाह गर्ने दृढ़ विश्वाससहित आज विभिन्न पार्टी परित्याग गर्दै सियाराम साह लगायतका सयौं सम्मानित व्यक्तित्वहरुले आज एक कार्यक्रमका बिच आम जनता पार्टीमा प्रवेश गरेका छन् ।
पार्टीमा गोलबन्द भएका व्यक्तित्वहरुलाई सहर्ष हार्दिक स्वागत, बधाई दिँदै आ.ज.पा. का अध्यक्ष एवम् पूर्व मन्त्री प्रभु साहले थप उज्जवल राजनीतिक भविष्यको भव्य शुभकामना व्यक्त गरेका छन् ।
कार्यक्रमको अध्यक्षता सियाराम साहले गर्नुभएको थियो भने प्रमुख अतिथीको रुपमा आ.ज.पा. अध्यक्ष पुर्व मन्त्री मा. प्रभु साह, बिशिस्ट अतिथि आ.ज.पा. का केन्द्रिय उपाध्यक्ष अशोक लामा आ.ज.पा.का मधेश प्रदेश कमिटी अध्यक्ष उमेश कुशवाहा, अतिथी आ.ज.पा. जिल्ला बारा अध्यक्ष राजकिशोर साह, उपाध्यक्ष बसन्त चौधरी, युवा नेता बिनोद साह लगायतको सहभागिता रहेको थियो ।

 

८० प्रतिशत राजश्व दखिल गराउने बिरगजलाइ पुन आर्थिक नगरीकाे रुपमा गाेषण गर्न अध्यक्ष शाहकाे अग्रह

८० प्रतिशत राजश्व दखिल गराउने बिरगजलाइ पुन आर्थिक नगरीकाे रुपमा गाेषण गर्न अध्यक्ष शाहकाे अग्रह
मनाेज शाह जितपुर बारा जेठ १६ गते:
बिगतका समयमा मुलुक भर मैं ८० प्रतिशत सम्म राजश्व दखिल गराउन सफल बिरगजलाइ पुन अर्थिक नगरीकाे रुपमा घाेषणा गर्न आम जनता पार्टीका अध्यक्ष प्रभु साहले आग्रह गरेका छन् ।

बिरगंजकाे टाउन हलमा अयाेजित आम जनता पार्टीको जिल्ला भेलालाई सम्बाेधन गर्दै पार्टीका अध्यक्ष साहले इतिहासमा राजधानीको रुपमा परिचित बिरगजलाइ पुन राजधानीको रुपमा घाेषणा गर्न सरकारसँग आग्रह गरेका हुन् ।
वीरगञ्जलाई मुलुकको आर्थिक राजधानी बनाउनु पर्ने आम जनता पार्टीले आवाज बुलंद गरेका छन् ।
आम जनता पार्टी पर्साद्घारा बुधवार वीरगञ्जको टाउन हालमा आयोजित वृहद जिल्ला भेलालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष प्रभु साहले वीरगञ्जलाई मुलुककै आर्थिक नगरीको रुपमा विकसित गराउन आफू सहित पार्टीले जोडदार रुपमा माग उठाउदै सदनमा आवाजलाई बुलंद गर्ने बताएका हुन् ।
वृहद पर्सा जिल्ला भेलालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले आर्थिक नगरी वीरगञ्जलाई आर्थिक राजधानीको रुपमा सरकारद्धारा घोषणा गरेर सोही अनुसारको यहाँ लगानी गर्नुपर्ने माग समेत उठाए ।

वीरगञ्जबाट मुलुकको कुल राजस्व मध्ये ८० प्रतिशत भन्दा बढी योग्दान दिदै आएको चर्चा गरे । मुुलुककै आर्थिक नगरी वीरगञ्जबाट सबैभन्दा बढी राजस्व उठने गरेको हुँदा ढिला नगरी सरकारले यथासिघ्र वीरगञ्जलाई देशकै आर्थिक राजधानी घोषणा गर्नुपर्ने बताए ।

यहाँ सबैभन्दा बढी आर्थिक कारोबार हुन्छ, सरकारको राजस्व पनि अन्य भन्दा धेरै उठने गरेको छ । यथासिघ्र वीरगञ्जलाई देशकै आर्थिक राजधानीको घोषणा गरेर यहाँ पूर्वाधारको समुचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।
बारा, पर्सा जिल्लामा देशकै सबैभन्दा बढी उद्योग व्यापार हुने ठाउँ हो । जसको केन्द्र भनेको वीरगंज रहेको छ । वीरगञ्जमा सरकारले न्यनू लगानी गरिरहेको बताउँदै उनले आर्थिक नगरीको बिकासका लागि सरकारले बढी भन्दा बढी बजेट दिनुपर्ने माग उठाए । तर हालै आएको बजेटले सरकारले न्याय नगरेको बताउँदै उनले वीरगञ्जलाई आजपाले जसरी भएपनि आर्थिक राजधानीको रुपमा घोषणा गराएर सोही अनुसार बिकासका आयोजना पनि ल्याउने प्रतिबद्धता साहले व्यक्त गरे ।
सम्पन्न जिल्ला भेलाले बिश्वराज पटेलको नेतृत्वमा ७५ सदस्यीय आम जनता पार्टीको पर्सा जिल्ला कमिटीको घोषणा गरिएको छ । निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई आजपा अध्यक्ष साहले बधाई तथा पार्टी संगठनलाई बलियो बनाउने शुभकामना दिए ।

 

एमालेको राष्ट्रिय महिला भेलाको सम्पूर्ण  तयारी पूरा

एमालेको राष्ट्रिय महिला भेलाको सम्पूर्ण  तयारी पूरा

मनाेज शाह जितपुर बारा जेठ १५ गते:

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले भोलिदेखि आयोजना गर्न थालेका ‘राष्ट्रिय महिला भेला’को तयारी पूरा भएको छ। सो पार्टीका स्थायी कमिटी सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले भेलाको तयारी पूरा भएको जानकारी दिए।

भेलामा पार्टीका २३ वटै जनसङ्गठनका महिला नेता, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधि, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिला प्रतिनिधि गरी करिब पाँच हजार जनाको सहभागी हुनेछ।

एमालेले २०६३ साल जेठ १६ गते आमाका नामबाट नागरिकता, राज्यका सबै तहमा एकतिहाई महिला सहभागिताको सुनिश्चितता, विभेदकारी कानुनको खारेजी र महिला हिंसाको अन्त्य गर्ने विषयलाई संसदको संकल्प प्रस्तावका रूपमा पास गरेको स्मरणमा भेलाको आयोजना गरिएको जनाइएको छ। भेला जेठ १६ र १७ गते सञ्चालन हुनेछ।

भेलामा सहभागीहरुले १२ समूह विभाजन भइ छलफल गरी निष्कर्षसहित सरकारलाई सुझाव दिने एमालेका केन्द्रीय सदस्य रचना खड्काले जानकारी दिइन्।

सहकारीको रकम ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म संसदको बैंठक चल्न नदिने

सहकारीको रकम ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म संसदको बैंठक चल्न नदिने

स्पर्श खबर जितपुर बारा जेठ ११ गते:

सहकारीको रकम ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म संसदको बैंठक चल्न नदिने निर्णय नेपाली काँग्रेस सहितका विपक्षी दलहरुले गरेको छ ।
नेपाली काँग्रेसको आह्वानमा शुक्रबार बिहान संसद् भवनमा बसेको प्रमुख प्रतिपक्षी दलको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले सहकारीको रकम ठगी गरेको मुद्दालाई सडकमा पनि संयुक्त रूपमा उठाउने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिएको विभिन्न मिडिया रिपोर्टमा उल्लेख गरिएका छन्् ।
“गृहमन्त्री रवि लामिछाने माथि छानबिन हुने गरी संसदीय छानबिन समिति गठन नभए सम्म सदन चल्न नदिने निर्णय भएको छ,” शाहीले भने, “सहकारीको मुद्दालाई लिएर विपक्षी दलहरू सडकमा पनि सँगै जाने कुरा भएको छ ।”
विपक्षी दलको बैठकमा कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र जनमोर्चाका नेताहरू सहभागी थिए । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बोलाइए पनि डेढ घण्टा ढिला सुरु भएको थियो ।
तर विपक्षी दलको अवरोधपछि कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ ।

नेपाली कांग्रेस पर्सा द्वारा कार्वाहीको माग गर्दै सिडिओ लाई ज्ञापनपत्र

नेपाली कांग्रेस पर्सा द्वारा कार्वाहीको माग गर्दै सिडिओ लाई ज्ञापनपत्र

राहुल गुप्ता बिरगंज जेठ ७ गते:
केही दिन पहिला वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह विरुद्ध सरकारी कागज किर्ते मुद्दा तथा किर्ते नागरिकता मुद्दामा निष्पक्ष छानविन गर्ने प्रकृयामा ढिलाई भएको र सहकारी ठगीमा संलग्न रवि लामिछाने माथि संसदिय छानविन समिति गठन गर्नका लागि नेपाल विधार्थी संघ पर्सा द्धारा गरेको शान्तिपूर्ण प्रदर्शनको क्रममा वीरगंज माईस्थान चौकमा नगर प्रमुख द्धारा परिचालित केही अराजक व्यक्तिहरुको समूहले कार्यक्रममा अवरोध गर्नुको साथै सांघातिक आक्रमण गरी ने.वि.संघ पर्साका अध्यक्ष रमेश कुमार यादव, उपाध्यक्ष राहुल पटेल, महमद बरकत अली, महमद नौसाद र नेपाली काँग्रेस पर्साका जिल्ला सदस्य रामनिवास यादव लाई घाइते बनाएको घटना प्रति नेपाली काँग्रेस पर्साको गम्भिर ध्यानाकर्षण गर्दै आज जिल्ला प्रशासन कार्यलयका प्रमुख लाई ज्ञापनपत्र बुझाएको छ ।

वीरगन्ज महानगपालिकाका मेयर राजेशमान सिंहले किर्ते नागरिकता बनाएको बिरोधमा आज प्रदर्शन गर्दै सो ज्ञापनपत्र बुझाएका छन । बिरोध प्रदर्शन कार्यक्रम माइस्थान चौक बाट शुरु भएर अलखियामठ हुँदै आदर्शनगर , गिता मन्दीर हुँदै जिल्ला प्रशासन कार्यलय पर्सामा पुगेर बुझाएका छन । बिरोध प्रदर्शनमा नेपाली काँग्रेस पर्सा जिल्लाका सभापति जनार्दन सिंह क्षेत्री ,उपसभापति राम नारायण कुर्मी ,सहसचिब मदन प्रसाद यादव,पुर्व प्रदेश मन्त्री ओम प्रकाश शर्मा , क्षेत्र नं २ का सभापति मोहम्मद साबुदिन , वीरगन्ज महानगपालिकाका उपमेयर इम्तियाज आलम लगायत जिल्ला सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधी, क्षेत्रीय कार्य समिति, प्रदेश कार्य समिति, वडा कार्य समिति, नेपाली कांग्रेस बाट निर्वाचित जनप्रतिनिधि, नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल,नेपाल मुस्लिम संघ, नेपाल किसान महासंघ, नेपाल महिला संघ, नेपाल शिक्षक संघ, नेपाल दलित संघ, नेपाल ट्रेड यूनियन काँग्रेस, भातृ संघ संगठन लगायत हजारौं कार्यकर्ताको उपस्थिति रहेको थियो ।

मधेश प्रदेशमा नयाँ सरकार बनाउने सत्ता साझेदार दलको योजना विफल

 मधेश प्रदेशमा नयाँ सरकार बनाउने सत्ता साझेदार दलको योजना विफल भएको छ ।

स्पर्श खबर जितपुर बारा जेठ ६ गते:

 

अल्पमतमा परेका सरोजकुमार यादव नेतृत्वको सरकार अझै केही दिन टिक्ने वाला संकेतहरु देखा परेका छन् ।
मधेश प्रदेशमा सत्ता साझेदार दलहरु बीच नयाँ सरकार बनाउने योजनालाई केही समयको लागि विश्राम दिएका हुन् ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी र लोकतान्त्रिक समाजवादी (लोसपा) नेपाल बिच नयाँ सरकारका लागि पहल गर्ने मोटामोटी सहमति भएको थियो ।
जनमत पार्टीको नेतृत्वमा सरकार गठनका लागि मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्रा देवी भण्डारी समक्ष नाम प्रदेश सभा सदस्यहरूको नाम बुझाउने निर्णय दलहरूले गरेका थिए । तर अब केही समय त्यो प्रक्रिया अगाडि नबढाउने मुडमा माओवादी मधेस प्रदेशका संसदीय दलका नेता भरत साहले बताए ।
उनले भने, ‘प्रदेश स्तरमा हामी बिच सबै कुरा मिलिसकेको छ, प्रक्रिया अगाडि बढाउने कुरा पनि तय भइसकेको थियो । तर केन्द्रमा केही कुरा मिलाउन बाँकी रहेको कारण हाललाई सो प्रक्रिया स्थगित गरिएका हौं ।’ अहिले प्रक्रिया सुरु गरे पनि मुख्यमन्त्री यादवलाई हटाउन सकिँदैन । उनले संसदमा बहुमत सिद्ध गर्न अझै समयमा बाँकी रहेको छ । उनले बहुमत सिद्ध नगरेमा मात्रै अर्को सरकार गठनको प्रक्रिया सुरु हुन्छ ।माओवादी केन्द्र र नेकपा (एमाले) ले वैशाख ३० गते मधेस सरकारबाट आफ्नो समर्थन फिर्ता लिएका थिए । समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । हालसम्म मुख्यमन्त्री यादवले विश्वासको मत लिएका छैनन् । विश्वासको मत लिनका लागि मुख्यमन्त्री यादवले दलहरूको बिचमा छलफल गरिरहेका छन् ।
अहिलेको जसपा नेपाल नेतृत्वको सरकारलाई माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले साथ दिइरहेको छ । साहले जस्तै जनमत पार्टी मधेस प्रदेशका संसदीय दलका नेता महेश यादवले प्रदेशमा दलहरूको बिचमा सहमति भए पनि केन्द्रमा केही कुरा मिलाउन बाँकी रहेकाले अहिलेलाई नयाँ सरकार गठन प्रक्रिया स्थगित गरिएको बताइएको छ ।
पाँच दलको बिचमा जनमतको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति भएको बताउँदै उनले आफूहरूले केन्द्रको निर्णयको प्रतिक्षमा रहेको जानकारी दिए । मधेस प्रदेशमा एमालेको २५, काँग्रेसको २२, जसपा नेपालको १९, जनमत पार्टीको १३, लोसपा र माओवादी केन्द्रको ९–९, नेकपा (एकीकृत समाजवादी) को ७ र नेपाल सङ्घीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एक–एक गरी १०७ सांसद सांसद छन् ।
सरकार बनाउनका लागि सामान्य बहुमत ५४ जना सांसद चाहिन्छ । अहिले जनमतको नेतृत्वमा सरकार बनाउने पक्षमा ६२ जना सांसद छन् । माओवादी, एमाले, नेकपा (एकीकृत समाजवादी), जनमत र लोसपाको बिचमा सहमति भएको भनिए पनि नेकपा (एकीकृत समाजवादी) ले हालसम्म जसपा नेपाल नेतृत्वको सरकार छाडेको छैनन ।
यस्तै लोसपाका नेताहरूले समेत नयाँ सरकार गठनका लागि आफूहरूसँग कुनै छलफल नगरेको बताए ।