प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

स्पर्श खबर जितपुर जेठ ४ गते:

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठक शुरु हुनासाथ प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरोध गरेपछि बैठक आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

प्रतिपक्षको अवरोध भइरहेका बेला सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाउनु भएको थियो । उहाँले गृहमन्त्री रवि लामिछानेलाई बोल्नका लागि समय दिएपछि बैठकमा धकेलाधकेल भएको थियो ।

सहकारीमा ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि समिति गठन गर्नुपर्ने काँग्रेसले माग राखेको छ । यस विषयमा दलहरूबिच सहमति नजुटेकाले आजको बैठक पनि सञ्चालन हुने वा नहुने अनिश्चित छ ।

आज बस्ने बैठकमा सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

यसैगरि प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न माननीय सदस्यहरूको मनोनयन गर्ने कार्यसूची रहेको छ ।

यता प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने, सभामुखले राष्ट्रपतिलाई धन्यवादको प्रस्ताव प्रस्तुत गर्ने लगायतका कार्यसूची तय भएको संसद् सचिवालयले जानकारी दिएको छ ।

कांग्रेसको नाराबाजीपछि  प्रतिनिधिसभा बैठक अवरोध

कांग्रेसको नाराबाजीपछि  प्रतिनिधिसभा बैठक अवरोध

कांग्रेसको नाराबाजीपछि  प्रतिनिधिसभा बैठक अवरोध भएको छ।

आजबाट सुरु भएकाे बजेट अधिवेशनमा सभामुख देवराज घिमिरेले अधिवेशनको सुरुवात भएको जानकारी गराएर राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउन लागेपछि कांग्रेसका सांसदहरूले उठेर विरोध गरेका थिए।

सभामुखले कांग्रेसका महामन्त्री गगन थापालाई बोल्न तीन मिनेटको समय दिएपछि शान्त भएका कांग्रेस सांसद उनले बोलेलगत्तै नाराबाजीमा उत्रिएपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको थियो।

मधेश प्रदेश सरकारलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले विश्वासको मत नदिने

मधेश प्रदेश सरकारलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले विश्वासको मत नदिने

मनाेज शाह जितपुर बारा बैशाख ४ गते:

मधेश प्रदेश सरकारलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले विश्वासको मत नदिने भएको छ । आज बसेको लोसपा संसदीय दलको बैठकले मधेश प्रदेश सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज चौथो पटक विश्वास मत तयारी गरेका छन् ।
जसपा नेतृत्वको मधेश सरकारको विपक्षमा मतदान गर्ने निर्णय भएको लोसपाका नेता जितेन्द्र सोनलले जानकारी दिए ।

आजपाको बारा जिल्ला कमिटी पुनर्गठन

आजपाको बारा जिल्ला कमिटी पुनर्गठन

मनोज  शाह, जीतपुर बारा, चैत्र २८ गते

आम जनता पार्टीले बारा जिल्लाअन्तर्गतको जिल्ला कमिटीलाई पुनर्गठन गरेको छ । आज पुनर्गठन भएको आम जनता पार्टीको नयाँ बारा जिल्ला कमिटीमा ७९ जनालाई समेटिएको छ । आजपाले श्री काजी मोक्तानलाई बारा जिल्ला इन्चार्जको रुपमा विशेष जिम्मेवारी दिएको छ भने आम जनता पार्टीको पुनर्गठित बारा जिल्ला कमिटीको अध्यक्षमा राजकिशोर साह चयन भएका छन् । यसैगरी वसन्त चौधरी तथा प्रदीप साहलाई उपाध्यक्षको रुपमा चयन गरिएको छ । रुप बहादुर पाख्रीनले सचिवको जिम्मेवारी पाएका छन् भने सनी गुप्ता, मानन्धर यादव, राकेश बैठा सहसचिवमा चयन भएका छन् ।

आजपाको बारा जिल्ला कमिटीको कोषाध्यक्षमा रेणु चौधरीले जिम्मा पाएकी छिन् भने सबैजना गरी जम्मा ७९ सदस्यीय बारा जिल्ला कमिटीको गठन भएको पत्रकार सम्मेलनमार्फत् जानकारी गराइएको छ ।

सबै मतभेद हटाएर एक ढिक्का भई चुनौतीको सामना गरौं : सभापति देउवा

सबै मतभेद हटाएर एक ढिक्का भई चुनौतीको सामना गरौं : सभापति देउवा

स्पर्श खबर जितपुर बारा चैत २८ गते:

नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी निर्माणमा एकजुट भएर लाग्नुपर्ने अवस्था आएको बताएका छन्।

नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं ३ कार्यसमितिले आज यहाँ आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान तथा भेटघाटका अवसरमा उनले पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीको हितमा एकजुट भई लाग्न आग्रह गरे।

नेपाली काँग्रेसमाथि अहिले धेरै चुनौती थपिएको बताउँदै उनले सबै मतभेद हटाएर चुनौतीको सामना गर्न आग्रह गरे।  सभार लाेकपति ।नेता तथा कार्यकर्तालाई अहिले पार्टीलाई अप्ठ्यारो पार्ने काम नगर्न उनले निर्देशन दिए।

उनले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक पहल गर्ने समेत प्रतिबद्धता जनाए। सो अवसरमा नेपाली काँग्रेसका क्षेत्रीय सभापति सुशील गुरुङले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा पहल गर्न सभापति देउवा समक्ष आग्रह गरेका थिए।

 

एमालेको ११औं जिल्ला अधिवेशनमा बाराको जिल्ला अध्यक्ष पदमा अध्यानन्द पाण्डे विजयी

एमालेको ११औं जिल्ला अधिवेशनमा बाराको जिल्ला अध्यक्ष पदमा अध्यानन्द पाण्डे विजयी

मनाेज शाह जितपुर बारा चैत २५ गते:

नेकपा एमाले बाराको अध्यक्षमा अध्यानन्द पाण्डेय बिजयी भएका छन । प्रतिस्पर्धी टिना सुवेदीलाई ३४ मतले पछि पार्दै नेकपा एमालेको ११औँ बारा जिल्ला अधिवेशनबाट अध्यानन्द पाण्डे अध्यक्षमा निर्वाचित भएका छन ।

अध्यक्षमा पाण्डेले ३ सय ७७ मत पाउँदा सुवेदीले ३४३ मत ल्याउन सफल भईन । नेकपा एमाले बाराको कुल ८३३ मतदाता रहेकोमा अधिबेशनमा कुल ७२० जनाले मतदान गरेका थिए ।

निवर्तमान उपाध्यक्ष टिना सुवेदी र निवर्तमान सचिव अध्यानन्द पाण्डेबीच नेतृत्वको लागि प्रतिस्पर्धा भएको थियो । दुवै जना प्यानल सहित प्रतिस्पर्धामा उत्रिएका थिए । जहाँ अध्यक्ष बाहेक सम्पूर्ण पदाधिकारीमा भने सुवेदीको प्यानलनै निर्वाचित भएको छ ।

सुबेदी प्यानलबाट उपाध्यक्ष, सचिब, उपसचिब र महिला उपसचिब बिजयी भएका छन । पाण्डे समुहका उपाध्यक्ष नारायण गौतमले ३४० मत ल्याउदा सुबेदी प्यानलका भुलन चौधरीले ३६४ मत ल्याई बिजयी भए ।

त्यसैगरी सचिव पदमा सुवेदी प्यानलका अमृत शर्मा बजगांई बिजयी भएका छन । बजगाईले ३६३ मत ल्याउदा प्रतिस्पर्धी म.समिउल्लाहले ३२६ मत ल्याउन सफल भए ।

त्यसैगरी उपसचिव खुल्लामा सुबेदी प्यानलकै जवाहिर अन्सारी बिजयी भएका छन । अन्सारीले ३५७ मत ल्याउदा अर्का प्रतिस्पर्धी धनिराम चौधरीले ३४१ मत ल्याउन सफल भए ।

पदाधिकारी तर्फ महिला उपसचिव भावना आचार्य बिजयी भएकी छिन । आचार्यले ३६८ मत ल्याउदा प्रतिस्पर्धी कमला घिमिरेले ३२५ मत प्राप्त गरिन । सदस्यहरुको मत गणना गर्न बाँकी रहेको छ । सदस्यहरुको मत गणना सोमबार बिहानदेखि गरिनेछ ।

चैत्र १९ गते देखि शुरु भएको ११ औ बारा जिल्ला अधिबेशनमा पटक पटक सहमतिको प्रयास गर्न खोजेपनि सहमति हुन नसकेपछि निर्वाचन भएको थियो ।

पार्टीको  महाधिवेशन तोकिएकै समयमा  हुने

 जनता समाजबादी पार्टीको  महाधिवेशन तोकिएकै समयमा  हुने

स्पर्श खबर जितपुर बारा चैत २५ गते:

जनता समाजवादी पार्टी (जसपा) नेपालका राजनीतिक समिति सदस्य एवम् प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीले जेठको अन्तिममा गर्ने भनिएको राष्ट्रिय महाधिवेशन तोकिएको समयमै हुने बताउनु भएको छ ।

‘पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सचेततापूर्वक महाधिवेशनको कार्यतालिका बनाएको छ । त्यस कार्यतालिकाअनुरुप कामहरु भइरहेका छन् । सङ्गठित पार्टी सदस्यताको विवरण जाँचबुझ गर्ने, महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेजको मस्यौदा तयार पार्ने काम भइरहेको छ ।’ बस्नेतले बताउनुभयो ।

त्यस्तै महाधिवेशनको लागि प्रचार प्रसार गर्नेदेखि महाधिवेशनमा बोलाउने पाहुनालाई निम्तो गर्ने कामसमेत गर्न थालिएको बस्नेतले जानकारी दिनुभयो ।

जसपाले आगामी जेठ २८ गतेदेखि ३० गतेसम्म मधेश प्रदेशको धनुषामा प्रथम राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ ।

नेकपा एमालेको उपाध्यक्ष इश्वर पोखरेलले निजगढ अन्तर्राष्ट्रिय बिमानस्थल र निजगढ— काठमाण्डौ फास्ट ट्रयाक जनताको तिब्र चाहना

नेकपा एमालेको उपाध्यक्ष इश्वर पोखरेलले निजगढ अन्तर्राष्ट्रिय बिमानस्थल र निजगढ— काठमाण्डौ फास्ट ट्रयाक जनताको तिब्र चाहना

मनाेज शाह जितपुर बारा चैत १९ गते  : नेकपा एमालेको उपाध्यक्ष इश्वर पोखरेलले निजगढ अन्तर्राष्ट्रिय बिमानस्थल र निजगढ— काठमाण्डौ फास्ट ट्रयाक जनताको तिब्र चाहना भएको बताउनु भएको छ । कलैयामा आयोजित एमालेको ११ औँ जिल्ला अधिवेशनलाई सोमबार सम्बोधन गर्दै उपाध्यक्षबारा : नेकपा एमालेको उपाध्यक्ष इश्वर पोखरेलले निजगढ अन्तर्राष्ट्रिय बिमानस्थल र निजगढ— काठमाण्डौ फास्ट ट्रयाक जनताको तिब्र चाहना भएको बताउनु भएको छ । कलैयामा आयोजित एमालेको ११ औँ जिल्ला अधिवेशनलाई सोमबार सम्बोधन गर्दै उपाध्यक्ष पोखरेलले निजगढ— काठमाण्डौ फास्ट ट्रयाक अल्मलिन खोज्दै गरेको भए पनि हामीले फास्ट ट्रयाक बनाएर नै छाड्ने बताए ।फास्ट ट्रयाकलाई अल्मिलाउन चाहने जो कसैलाई पनि छुट दिने छैनौ र अब फास्ट ट्रयाक र निजगढ अन्तराष्ट्रिय स्थल बारा जिल्लामा छिटै बन्ने उपाध्यक्ष पोखरेलले जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै बताए ।वर्तमान सरकार फरक पार्टी र विचार बिचको गठबन्धन नभएर राष्ट्रिय आवश्यकता भएको भन्दै उपाध्यक्ष पोखरेलले देशको समग्र विकासका लागि नयाँ समीकरण भएको बताउनुभयो । एमाले बारा अध्यक्ष बिनोद साहको अध्यक्षतामा सुरु भएको जिल्ला अधिवेशनको उद्घाटन नेकपा एमालेको उपाध्यक्ष इश्वर पोखरेलले गमलामा पानि राखेर उद्घाटन गरेको थियो  पोखरेलले निजगढ— काठमाण्डौ फास्ट ट्रयाक अल्मलिन खोज्दै गरेको भए पनि हामीले फास्ट ट्रयाक बनाएर नै छाड्ने बताए ।फास्ट ट्रयाकलाई अल्मिलाउन चाहने जो कसैलाई पनि छुट दिने छैनौ र अब फास्ट ट्रयाक र निजगढ अन्तराष्ट्रिय स्थल बारा जिल्लामा छिटै बन्ने उपाध्यक्ष पोखरेलले जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै बताए ।वर्तमान सरकार फरक पार्टी र विचार बिचको गठबन्धन नभएर राष्ट्रिय आवश्यकता भएको भन्दै उपाध्यक्ष पोखरेलले देशको समग्र विकासका लागि नयाँ समीकरण भएको बताउनुभयो । एमाले बारा अध्यक्ष बिनोद साहको अध्यक्षतामा सुरु भएको जिल्ला अधिवेशनको उद्घाटन नेकपा एमालेको उपाध्यक्ष इश्वर पोखरेलले गमलामा पानि राखेर उद्घाटन गरेको थियो

 

चितवनमा आजपाको जिल्ला भेला सम्पन्न : भेलाद्वारा विभिन्न कमिटीहरु गठन

चितवनमा आजपाको जिल्ला भेला सम्पन्न : भेलाद्वारा विभिन्न कमिटीहरु गठन

मनाेज शाह, जीतपुर बारा, चैत १७ गते:

आम जनता पार्टीले देशैभरिका सबै तहमा आफ्नो पकड बलियो बनाउन भरमग्दुर प्रयास जारी राखेको छ । यसै क्रममा आम जनता पार्टीले चितवनमा जिल्ला भेला सम्पन्न गरेको छ । आज उद्योग वाणिज्य संघ चितवनको सभा हलमा आजपाको प्रथम ऐतिहासिक चितवन जिल्ला भेला निकै हर्षोल्लासपूर्वक सभ्य एवं भव्य रुपमा सम्पन्न भएको छ । आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहको प्रमुख आतिथ्य एवं उपाध्यक्ष अरुण घिसिंङको बिशेष उपस्थितिमा सम्पन्न उक्त ऐतिहासिक भेलाबाट लोकप्रिय व्यक्तित्व मीन बहादुर खत्री ईन्चार्ज, तुल बहादुर थापामगर अध्यक्ष, रामनारायण साह र रामजी बिक उपाध्यक्ष, श्याम पटेल सचिव, कोशिला बराल कोषाध्यक्ष तथा निराजन साह सहसचिवमा निर्वाचित भएका छन् । उक्त भेलाले ५१ सदस्यीय पार्टी जिल्ला कमिटी गठन गर्नुको साथै लोकप्रिय महिला नेतृ अस्मिता खकुरेलको अध्यक्षतामा आम महिला मोर्चाको जिल्ला कमिटी, युवा नेता बिक्रम गुरुङको अध्यक्षतामा आईटी आर्मीको जिल्ला कमिटी लगायतका कमिटीहरु सर्वसम्मत रुपमा गठन गरेको छ ।

भ्रष्ट नेता एवम् लुटकारी व्यवस्थाको विरुद्धमा विशाल जनप्रदर्शन गरिने : आजपाद्वारा तयारी तीव्र

भ्रष्ट नेता एवम् लुटकारी व्यवस्थाको विरुद्धमा विशाल जनप्रदर्शन गरिने : आजपाद्वारा तयारी तीव्र

 

मनोज  शाह, जीतपुर बारा, चैत्र ८ गते

 

आम व्यवसायीहरुको सुरक्षा एवम् सम्मानको लागि बारा-काठमाडौं आम सम्पर्क मञ्चको जिल्ला भेला आज शान्तिनगरस्थित Corinder Garden मा भव्यरुपमा सम्पन्न भएको छ । आम जनता पार्टीका अध्यक्ष एवम् पूर्व मन्त्री प्रभु साहको प्रमुख आतिथ्य तथा रमाशंकर साहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमले आजपाद्वारा आगामी चैत्र २४ गतेका दिन राजधानी काठमाडौंमा गरिने जनप्रदर्शनलाई भव्यताका साथ सफल पार्ने प्रतिबद्धता जाहेर गरेको छ । सोही भेलाले काठमाडौंमा गर्न लागिएको जनप्रदर्शनमा विशाल जनसहभागिता गराउने उद्घोष गरेको छ ।

 

भ्रष्टाचार तथा लुटतन्त्रले देशलाई खोक्रो बनाउन लागेकोले सम्पूर्ण नेपाली जनताले चाहेको र खोजेको जस्तो सुखी एवम् समृद्ध नेपालको परिकल्पनालाई साकार पार्न देशको भ्रष्ट नेता तथा लुटकारीतन्त्र व्यवस्थाको विरुद्धमा आजपाले जनप्रदर्शन गर्न लागेको हो । आज बसेको आम व्यवसायीहरुको सुरक्षा एवम् सम्मानको लागि बारा-काठमाडौं आम सम्पर्क मञ्चको जिल्ला भेलाले जनप्रदर्शनको तयारीलाई तीव्ररुपमा अगाडि बढाउन ५१ सदस्यीय जिल्ला कमिटीको घोषणा गरेको छ । रमाशंकर साहको अध्यक्षतामा गठन भएको कमिटीको उपाध्यक्षमा मुन्ना जयसवाल, सचिवमा विक्रम तामाङ, कोषाध्यक्षमा रमेश ठाकुर, सहसचिवमा पुनम साहलगायतका चयन भएका छन् ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा आजपाको उपाध्यक्ष तिलक थापा, रीता साह, समाजसेवी इच्छा वाग्ले, मौलापुरका मेयर रीना साहको सहभागिता रहेको थियो । यसैगरी अतिथिको रुपमा अमर साह, चन्द्रभूषण साह, उमेश कुशवाहा, बाबुराम कौशिक, सम्देश साह, रन्जु साह, विजय यादव, चन्दा साह, विवेक साह, आईटी आर्मी बाराका इन्चार्ज शनि गुप्ता लगायतको सहभागिता रहेको थियो ।