जनकपुरमा प्रहरी र स्थानीय बीच झडप

स्पर्श खबर जितपुर बारा चैत १७ गते: जनकपुरमा प्रहरी र स्थानीय बीच झडप भएको छ । आशु यादवको हत्याराहरुको पक्राउको माग गर्दै स्थानीयले जनकपुर- जलेश्वर सडक खण्ड अवरुद्ध गरेर प्रदर्शन गर्दा प्रहरीले खुलाउने क्रममा झडप भएको छ । जसमा दर्जनौं सेल अश्रुग्यास प्रहार भएको छ भने कयौं समान्य घाइते भएका छन् । तस्बिर : पत्रकार … Read more

ए प्लस हस्पिटल एण्ड ट्रमा सेन्टरका सञ्चालक डाक्टर बिकेश पाण्डेसँग २० लाख फिरौती माग्ने एक जनालाई पक्राउ

मनाेज शाह जितपुर बारा चैत १५ गते: जिल्ला प्रहरी कार्यालय कलैया, बाराको टोलीले कलैयामा सञ्चालित ए प्लस हस्पिटल एण्ड ट्रमा सेन्टरका सञ्चालक डाक्टर बिकेश पाण्डेसँग २० लाख फिरौती माग्ने एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका ५ का मदन कुमार मिश्र रहेको बाराका प्रहरी प्रमुख सन्तोष तामाङले बताएका छन्। डाक्टर पाण्डेले प्रयोग गरि … Read more

प्रहरीले चलाएको गोली लागेर घाईते एक प्रदर्शनकारीको मृत्यू

काठमाडौं । राजावादीहरुले प्रदर्शन उग्र बनाएपछि प्रहरीले चलाएको गोली लागेर घाईते एक प्रदर्शनकारीको मृत्यू भएको छ । मृत्यू हुनेमा कीर्तिपुुरका सबिन महर्जन छन् । उनको मृत्यू भएको गृह मन्त्रालयले पुष्टि गरेको छ । घाइते अवस्थामा त्रिवि शिक्षण अस्पतालमा लगिएका प्रदर्शनकारीको अस्पताल पुर्‍याउँदा नै मृत्यु भइसकेको अस्पताल निर्देशक प्राडा सुवास आचार्यले बताए । उनका अनुसार प्रहरीको … Read more

क्रसर संचालकहरूकाे ददागिरी

मनाेज शाह जितपुर बारा चैत १० गते: जितपुरसिमराकाे पिलुवा कलैया सदरमुकाम जाने सडकखण्डमा पर्ने दर्जनाै क्रसरहरु प्रत्यक्ष रूपमा वातावरण र मानिसहरूकाे स्वास्थ्यमा गम्भिर असर पार्ने गरि नियम कानुनलाई लत्याउदै संचालन भईरहेका छन। यस किसिमकाे क्रसर संचालकहरूकाे ददागिरीले स्थानीयबासी पिडित बनेका छन भने अनुगमन गर्ने निकाए माैन रहेकाे छ।

जंगलमा एकसय भन्दा बढी विदेशी नागरिकहरूबिना अनुमति अस्वाभाविक गतिविधिमा सक्रिय

कैलाली । यहाँको एक जंगलमा एकसय भन्दा बढी विदेशी नागरिकहरूबिना अनुमति अस्वाभाविक गतिविधिमा सक्रिय रहेको पाइएको छ। घोडाघोडी नगरपालिका–९ स्थित सिमली जंगलमा करिब एक हप्तादेखि भारत, चीन, अमेरिकालगायत १५ देशका १५० बढी नागरिकहरु रेन्बो फेमली ग्यादरिङ नाम दिएर सामूहिक रुपमा बसिरहेका छन्। आफूहरुलाई प्रकृतिप्रेमी बताउने उनीहरुले वन क्षेत्रमा बसेर अर्धनग्न हुने, अस्वाभाविक गतिविधि देखाउनेजस्ता गुनासो … Read more

लघुवित्त संस्थाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

आज देशभरका विभिन्न संघसंस्थाहरुले ग्लोबल मनी सप्ताह विभिन्न कार्यक्रमहरू गरी मनाएका छन्। नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था बरियारपुर शाखाले पनि वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत बरियारपुर बजार क्षेत्रमा जनचेतनामुलक र्याली निकाली जनताहरुलाई जनचेतना जगाउने कार्य गरेको छ। कार्यक्रम नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था बरियारपुर शाखाका प्रमुख जितेन्द्र साहको अगुवाइमा भएको हो।

जितपुरको गोली घटनामा वडाध्यक्ष गुप्तासहित तीनजना पक्राउ

जितपुरको गोली घटनामा वडाध्यक्ष गुप्तासहित तीनजना पक्राउ स्पर्श खबर जितपुर बारा चैत ६ गते। फागु पूर्णिमाको राति जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जितपुर बजारमा राति भएको झडप र गोली चलेको घटनामा अभिव्यक्ति तीन जनालाई पक्राउ गरी अनुसन्धान आघि बढाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विश्वराज पण्डितले     जानकारी गराएका छन् । उनले घटनामा वडाध्यक्ष सुनिल … Read more

खसीको मासु भन्दै बाख्राको मासु बेचेको कसुरमा पटकपटक पक्राउ परेको जीतपुरका मासु पसले पुन: पक्राउ

मनाेज शाह जितपुर बारा चैत १ गते : खसीको मासु भन्दै बाख्राको मासु बेचेको कसुरमा पटकपटक पक्राउ परेको जीतपुरका मासु पसले पुन: पक्राउ मनाेज शाह जितपुर बारा चैत १ गते : बाराका प्रमुख जिल्ला अधिकारीको टोलीले आज होली पर्वका दिन मासु पसलहरुको अनुगमन गर्दा जीतपुरसिमरा उपमहानगरपालिकामा खसीको मासु हो भनेर बाख्राको मासु बेच्ने तीन ओटा … Read more

नक्सा सुधार गर्न लिएको ३५ हजार घुससहित मालपोतका खरिदार र लेखन्दास पक्राउ

बिरगंज । नक्सा सुधार गर्न लिएको ३५ हजार घुससहित मालपोतका खरिदार र लेखन्दास पक्राउ परेका छन् । पक्राउ पर्नेमा भूमिसुधार तथा मालपोत कार्यालय,महोत्तरीका खरिदार मुन्नु कुमार दास र लेखापढी कानून व्यवसायी जिवछ महतो रहेका छन् । दुबै जनालाई जग्गाको ट्रायल चेक गरी नक्सा सुधार गर्न सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस माग गरेको सूचनाको आधारमा अख्तियार … Read more

आधुनिक उपकरणसहितको सेवा प्रदान गर्ने ओम शांति दांत तथा आंखा हस्पिटल प्रा.लि. को भव्य उद्घाटन

स्पर्श खबर जितपुर बारा फाल्गुन २५ गते: जितपुरसिमरा उपमहानगरपालिका सिमरामा आधुनिक उपकरणसहितको सेवा प्रदान गर्ने ओम शांति दांत तथा आंखा हस्पिटल प्रा.लि. को भव्य उद्घाटन सम्पन्न भएको छ। अस्पतालको उद्घाटन पूर्व मन्त्री तथा बारा क्षेत्र नं. ४ (क) का प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ(किसान) र जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले संयुक्त रुपमा रिबन … Read more