जितपुर गौशाला प्रकरणमा क्षतिपूर्ति माग खारेज
स्पर्श खबर जितपुर बारा भदौ १९ गते
जितपुर गौशालामा डोजर लगाएर संरचना भत्काएको विषयमा क्षतिपूर्ति माग्दै धारा गरिएको मुद्दामा जिल्ला अदालत बारले बुधबार माग दाबी नपुग्ने फैसला गरेको छ । वीरेन्द्र सांगाईले जितपुर सिम्रा उपमहानगरपालिका वडा ७ स्थित सार्वजनिक जग्गा भत्काएको भन्दै नगर प्रमुख राजन पौडेल वडा नं ७ का वडाध्यक्ष सुनिल गुप्ता र तत्कालीन प्रमुख प्रशासमकिय अधिकृत हरिलाल पुरी बिरुद
व्यक्तिगत तवरले क्षतिपूर्ति माग दाबी गर्दै मुद्दा दायर गरेको थियो। तर जिल्ला अदालतका न्यायाधीश अञ्जन नारायण सापकोटाको इजलासले सो दाबी खारेज गरेको हो। ममिलामा उपमहानगरपालिकातर्फ अभियुक्त विद्या कटुवाल र सँगैतर्फ अधिकता बालमुकुण्ड खरेल बहस गरेको थियो। यसअघि सर्वोच्च अदालतले २०७९ साल जेठ २३ गते वीरगञ्ज जितपुर गौशाला नामको गैरसरकारी संस्था वा व्यक्तिको नाममा जग्गा नहुने निर्णय गर्दै उक्त जग्गालाई सार्वजनिक कायम गरेको थियो। सोही फैसलाको आधारमा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले गौशालामा रहेका अनधिक संरचना डोजर लगाएर भत्काएका थिए। जितपुर सिम्रा उपमहानगरपालिकाको सातौं नगरसभाले पनि सर्वनिक जग्गामा भएका सबै प्रकारका अतिक्रमण हटाउने निर्णय गरेको थियो। त्यसकै कार्यान्वयन स्वरूप करिब एक बिघा श्रमिक जग्गामा २८ वर्षदेखि अवैध रूपमा बनेका १५ वटा सटर होटल र अन्य कच्ची संरचना भत्काइएको थियो।
जितपुर गौशाला प्रकरणमा क्षतिपूर्ति माग खारेज


