लायन्स क्लबद्वारा लागू औषध दुरुपयोग विरुद्ध जनचेतना

लायन्स क्लबद्वारा लागू औषध दुरुपयोग विरुद्ध जनचेतना
मनोज शाह जितपुर बारा भदौ १६ गते
जितपुरमा लायन्स क्लब अफ जितपुर सिम्राले सानो पाइला बीरगञ्ज र इलाका प्रहरी कार्यालय जितपुरको सहकार्यमा लागु
आौषधी दुरुपयोगी विरुद्ध अभियान सम्पन्न गरेको छ।
अभियान अन्तर्गत समुदायलाई सचेत बनाउन नाटक प्रस्तुत गरिएको थियो भने विभिन्न विद्यालयमा अन्तरक्रियाकलाप डोमो मार्फत विद्यार्थीलाई लागू औषधको हानिकारक प्रभाव बारे जानकारी दिएको थियो। करिब चार पाँच सय जनाको सहभागिता रहेको अभियानलाई स्थानीय स्तरमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको लायन्स क्लबका कृष्ण ब्रत सिंहले जानकारी दिए। आयोजकहरूले यदि यस अभियानबाट एकजना मात्र व्यक्ति पनि लागू औषध दुरुपयोगबाट बच्न सफल भए हाम्रो उद्देश्य पूरा भएको ठान्नेछौं। भने धारणा व्यक्त गरेका छन्। यसअघि पनि ल्यान्स क्लबले समाजिक चेतनामूलक गतिविधिहरू गर्दै आएको र लागु औसत नियन्त्रणलाई निरन्तर प्राथमिकतामा राख्ने जनाएको छ।