बंगलादेशको बदलिँदो राजनीतिले बिजुली निर्यात गर्ने नेपालको योजनामा धक्का, त्रिपक्षीय सम्झौता नै अनिश्चित

काठमाडौं- बंगलादेशमा जारी आन्दोलन र त्यसका कारण भिन्न बनेको राजनीतिक परिस्थितिले गर्दा नेपालबाट बंगलादेशमा बिजुली निर्यात अनिश्चित भएको छ।साउन १३ गते भारत, नेपाला र बंगलादेशबीच हुने भनिएको सम्झौतासमेत बंगलादेश भइरहेको आन्दोलनका कारण नै रोकिएको थियो। सम्झौता रोकिएसँगै चालु वर्ष नै नेपालबाट बंगलादेश बिजुली निर्यात गर्ने योजना अनिश्चित बनेको छ।नेपालबाट बंगलादेशमा बिजुली निर्यातसम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि पहिलोपल्ट … Read more

बजेट अनुशासन मिच्दै अर्थमन्त्री पुन, भौतिकको आग्रहमा १३ अर्ब रकमान्तर गरिँदै

स्पर्श खबर जितपुर बारा असार १९ गते: प्रक्रिया पुगेका कामको भुक्तानी भए बैंकको बढ्दो खराब कर्जामा राहत पुग्ने।असारमा आएर रकमान्तर गर्न नपाउने व्यवस्थामाथि अर्थमन्त्री वर्षमान पुनले निर्मम ढंगबाट खेलेका छन्। सत्ताको प्रमुख घटक नेकपा एमाले सरकारबाट बाहिरिएर कांग्रेससँगको सहकार्यमा जाने भएसँगै अर्थमन्त्री पुनले सत्ताबाट बाहिरिने बेला बजेट अनुशासन उल्लंघन गरेका छन्। उनले आर्थिक वर्ष समाप्त … Read more

सुझाव पालना भए ३ खर्ब थप राजस्व उठ्ने

स्पर्श खबर जितपुर बारा असार ७ गते: कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय समितिले प्रतिवेदनका सुझावहरू, नीतिगत तथा प्रणालीगत सुधारहरू कार्यान्वयन भएमा प्रक्षेपित राजस्वमा करिब २ खर्ब ९१ अर्ब थप राजस्व संकलन हुने जनाएको छ । विद्यासुन्दर मल्लिक अध्यक्ष रहेको समितिले अर्थ मन्त्रालयसमक्ष पेस गरेको प्रतिवेदनले आर्थिक वर्ष २०८१–०८२ मा १३ खर्ब २० अर्ब ९८ करोड ६० … Read more

निजगढ विमानस्थलको लगानी ढाँचा तयार गरिने

निजगढ विमानस्थलको लगानी ढाँचा तयार गरिने

मनाेज शाह जितपुर बारा जेठ १५ गते:

सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक–निजी साझेदारीमा निर्माण गर्न आगामी आर्थिक वर्षभित्र लगानीको ढाँचा र पूर्वतयारीको काम सम्पन्न गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष (आव) २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन् ।

यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माण कार्य सुरु गरिने मन्त्री पुनले बजेटमार्फत घोषणा गरे । भरतपुर विमानस्थल आगामी आवभित्र सम्पन्न गर्ने बजेटमा घोषणा भएको छ ।

यसका लागि ३६ करोड विनियोजन गरेको उनले बताए । सुर्खेत, रोल्पा बढीचौर, दाङ टरिगाउँ, जुम्ला, धनगढी र नेपालगञ्ज विमानस्थल स्तरोन्नति गरिने घोषणा पनि गरेका छन् । नागरिक उड्डयनतर्फ ३ अर्ब ७७ करोड विनियोजन भएको छ ।

नेपालमा ‘अनर म्याजिक–६ प्रो’को प्रि–बुकिङ सुरु

नेपालमा ‘अनर म्याजिक–६ प्रो’को प्रि–बुकिङ सुरु स्पर्श खबर जितपुर बारा जेठ ७ गते: अनर म्याजिक’ शृंखलाको फ्ल्यागसिप मोबाइल ‘अनर म्याजिक–६ प्रो’ मोबाइल फोनको नेपाली बजारमा प्रि–बुकिङ सुरु भएको छ। नेपालका लागि अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले बहुप्रतीक्षित एआई फ्ल्यागसिप मोबाइलको प्रि-बुकिङ खुला गरेको हो। मे २१ मंगलबारबाट सुरु भएको  प्रि-बुकिङ ३१ मेसम्म जारी रहने कम्पनीले … Read more

सवारी चेकजाँचकाे नाममा ट्राफिक प्रहरी गर्ने नौटङ्की बन्द गर्ने मुख्यमन्त्रीको चेतावनी

सवारी चेकजाँचकाे नाममा ट्राफिक प्रहरी गर्ने नौटङ्की बन्द गर्ने मुख्यमन्त्रीको चेतावनी

मनाेज शाह, जितपुर बारा, बैशाख १५ गते:

सवारी चेकजाँचकाे नाममा ट्राफिक प्रहरीले नौटङ्की गर्ने गरेको चारैतिरबाट गुनासो आएपछि मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले आज एक कार्यक्रमका बीच ट्राफिक प्रहरीको यस्तो हर्कत चाँडै बन्द गर्ने चेतावनी दिनुभएको छ । बारा जिल्लाकाे जितपुरसिमरा उपमहानगरपालिका वडा २ सिमरा स्थित तराई यातायात व्यवसायी संघ सिमराकाे १७ औं साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका मुख्य मन्त्री सराेज यादवले दिप प्रज्ज्वलित गरेर कार्यक्रमको औपचारिक उद्घाटन गर्नु भएको थियो । मधेस प्रदेश यातायात व्यवसायी संघमा सबै समस्या सजिलोसँग हल गर्ने मुख्य मन्त्री यादवले दाबी गर्नुभयो । यातायातका सम्पुर्ण काम हुने गरी कार्यालयको विस्तार गरिने समेत उहाँले बताउनुभयो । ढुवानीका समयमा प्रहरीले दिने उल्झन न्युनिकरणमा पहल गरिदिने र यातायात कार्यालयमा हुने घुसखोरीलाई समेत नियन्त्रण गर्नका लागि तत्काल काम गर्ने उहाँले बताउनुभयो ।

तराई यातायात ब्यवसायी संघ सिमरा बाराका अध्यक्ष ओमकृष्ण कार्कीको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियोे । कार्यक्रममा बिशिस्ट अतिथिको रुपमा बारा क्षेत्र ४ का प्रतिनिधिसभा सांसद किसान श्रेष्ठ, बारा क्षेत्र १ का प्रतिनिधिसभा सदस्य अच्युत मैनाली, पूर्व संविधान सभा सदस्य फर्मुला मंसुर, मधेश प्रदेशकी श्रम तथा यातायात मन्त्री बेची लुङ्गेली, नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, नेपाल ट्रक यातायात ब्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष हिरालाल श्रेष्ठ, महासचिव रोजेन्द्रविक्रम बानियाँ , मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरी, मन्जु थापा मगर, मधेस प्रदेश सभाका पूर्व सभासद सुन्दर विश्वकर्मा लगायतको सहभागिता रहेको थियोे । कार्यक्रमकाे सहजीकरण पत्रकार सुनिल गाउँलेले गर्नु भएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक मर्मत सुरु

चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक मर्मत सुरु

स्पर्श खबर जितपुर बारा चैत २९ गते:

चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक मर्मत सुरु गरिएको छ। भरतपुर–माडी–ठोरी सडकअन्तर्गत निकुञ्जभित्रको बाटो बिग्रिएपछि मङ्गलबारदेखि मर्मत गर्न थालिएको हो।

माडी नगरपालिकाकी प्रमुख ताराकुमारी काजी महतोले नगरपालिकाको पहलमा सडक डिभिजन भरतपुरले बाटो मर्मतको काम थालेको बताइन्। “रिउ पुलबाट कसरासम्म मङ्गलबारदेखि मर्मत सुरु भएको छ”, उनले भने, “सडक डिभिजनसँग मर्मतका लागि केही बजेट रहेछ, त्यसबाटै हुन लागेको हो।”

चैतेदसैँको अवसरमा चितवन राष्ट्रिय निकुञ्जभित्र लाग्ने विक्रम बाबाको मेला पनि सुरु भइसकेको छ। उनले माडीका बासिन्दालाई मेला आउनका लागि सडक मर्मतपछि सहज हुने बताए। हुलाकी सडकखण्डअन्तर्गत पर्ने यो सडक माडीबाट भरतपुर आउने एकमात्र सडक हो। निकुञ्जभित्रको यो सडकमा यात्रा गर्दा वन्यजन्तुको समेत जोखिम हुन्छ।

निकुञ्जभित्रको बाटो कालोपत्र गर्न नगरपालिकाले निरन्तर पहल गर्दै आएको छ। निकुञ्जको कानुनी अड्चनका कारण यो सडक कालोपत्र हुनसकेको छैन। यो सडक हुँदै दैनिक सयौँ यात्रु ओहोरदोहोर गर्ने गर्छन्।रासस

सुनको मूल्य  उच्च, चाँदीको स्थिर

सुनको मूल्य  उच्च, चाँदीको स्थिर

 

मंगलबार सुनको मूल्य प्रतितोला एकसय रूपैयाँले बढेर उच्च बिन्दुमा पुग्दा चाँदीको मूल्यमा भने कुनै घटबढ भएको छैन।

स्पर्श खबर जितपुर बारा चैत २७ गते:

 मंगलबार सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार तीन सय रूपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो।

यो साता लगातार बढेर रेकर्ड बनाइरहेको सुनको मूल्य मंगलबार पनि सामान्य बढ्दा हालसम्मकै उच्च कायम भएको हो।

प्रतितोला एकसय रूपैयाँले बढेर तेजाबी सुनको मूल्य आज प्रतितोला एक लाख ३५ हजार ६ सय ५० रूपैयाँ कायम छ।

आइतबार एकैदिन प्रतितोला दुई हजार ९ सय रूपैयाँले बढेर कीर्तिमानी मूल्यमा पुगेको सुन सोमबार पनि प्रतितोला ६ सय रूपैयाँले महँगिएर हालसम्मकै उच्च प्रतितोला एक लाख ३६ हजार दुईसय रूपैयाँ कायम थियो।

पछिल्लो समय लगातार बढिरहेको चाँदीको मूल्य भने आज स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार ६ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ। चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

यो साता आइतबार प्रतितोला ५५ रूपैयाँले बढेको चाँदी सोमबार प्रतितोला १५ रूपैयाँले महँगिएको थियो।

पर्साको विभिन्न स्थानबाट ४ लाखभन्दा बढी मूल्यको विविध सामग्रीहरु प्रहरीद्वारा जफत

पर्साको विभिन्न स्थानबाट ४ लाखभन्दा बढी मूल्यको विविध सामग्रीहरु प्रहरीद्वारा जफत

 

मनोज शाह, जीतपुर बारा, चैत्र १९ गते

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएको ४ लाखभन्दा बढी मूल्य बराबरको विविध सामग्रीहरु पर्साको वीरगन्ज महानगरपालिकाको विभिन्न स्थानहरुबाट प्रहरीले बरामद गरी नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले ४ लाख ८९ हजार ८ सय ५० मूल्य बराबरको सामानहरु आफ्नो नियन्त्रणमा लिएको हो ।

 

पर्साको वीरगन्ज महानगरपालिकाको वडा नं. १६ नगवास्थित सडकखण्डबाट ८८९ के.जी. हरियो खुर्सानी, २३५० के.जी. गोलभेडा, ३५०० के.जी. कटहर गरी २ लाख ८१ हजार साठी रुपियाँ मूल्य बराबरको तरकारीहरु प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । यसैगरी भारतबाट भन्सार छली चोरी पैठारी गरी अनधिकृतरुपमा जम्मा गरी राखेको २३०० के.जी. मैदा, १२८ के.जी. पापड, ६९७ मिटर सुरुवालको थान कपडा गरी २ लाख ८ हजार ७ सय ९० मूल्य बराबरको सामग्रीहरु वीरगन्ज महानगरपालिकाको वडा नं.१ छपकैयास्थित सडकखण्डबाट प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणमा लिइएको सम्पूर्ण सामानहरु आवश्यक कारवाहीको लागि वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

नेरुडे मिर्मिरे लघुवित्त बित्तीय संस्था लिमिटेडद्वारा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नेरुडे मिर्मिरे लघुवित्त बित्तीय संस्था लिमिटेडद्वारा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

 

मनोज कुमार शाह,जीतपुर बारा, चैत्र ८ गते

नेरुडे मिर्मिरे लघुवित्त बित्तीय संस्था लिमिटेडले उपशाखा कार्यालय बर्दिबासमा प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यालयको कार्य क्षेत्रभित्रका केन्द्र प्रमुखहरुलाई संस्थाको नियम अनुसार दिइने वार्षिक केन्द्रको परिचालन, संस्थाको नीति, नियम, कर्जा, बचत तथा वित्तीय साक्षरताका साथै बैंकिङ्ग कारोबारसम्बन्धी जानकारी दिइएको थियो । यसका साथै कर्जाको भाखा नाघ्न नदिने, कालो सुचीमा पर्ने बारे सचेतना जगाइएको थियो । नेपाल राष्ट्र बैंकबाट ‘घ’ बर्गलाई गरेको निर्देशन र सदस्यहरुलाई उद्यमशील बन्नका लागि आवश्यक पर्ने विभिन्न सिपमूलक तालिमहरु लगायतका विषयहरुका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संस्थाका प्रमुख राजेश कुमार खाँले स्पर्श खबरलाई बताएका छन् । उक्त कार्यक्रममा १०० जना भन्दा बढी सदस्य साथै अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 

बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै, वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने, बचत गर्ने बानीको बिकास गर्ने, वित्तीय अनुशासनको पालना गर्ने उद्देश्यले सन् २०२४ मार्च १८ देखि २४ अर्थात् वि.सं. २०८० चैत्र ५ देखि ११ गतेसम्म संचालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा त्यसै नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड प्रदेश कार्यालय बर्दिबासका प्रदेश प्रमुख श्री बिक्रम शाह ज्यूले वित्तीय अराजकता फैलाउनेहरुको पछि नलाग्न तथा कर्जाको दुरुपयोग नगरी आफ्नो वित्तीय अनुशासन नबिगार्न समेत सबैलाई सुझाव दिएका थिए ।