नेपालमा ‘अनर म्याजिक–६ प्रो’को प्रि–बुकिङ सुरु

सेयर गर्नुहोस्

नेपालमा ‘अनर म्याजिक–६ प्रो’को प्रि–बुकिङ सुरु

स्पर्श खबर जितपुर बारा जेठ ७ गते:

अनर म्याजिक’ शृंखलाको फ्ल्यागसिप मोबाइल ‘अनर म्याजिक–६ प्रो’ मोबाइल फोनको नेपाली बजारमा प्रि–बुकिङ सुरु भएको छ।

नेपालका लागि अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले बहुप्रतीक्षित एआई फ्ल्यागसिप मोबाइलको प्रि-बुकिङ खुला गरेको हो। मे २१ मंगलबारबाट सुरु भएको  प्रि-बुकिङ ३१ मेसम्म जारी रहने कम्पनीले जनाएको छ।

अघिल्लो पुस्ताको तुलनामा २८ गुणा ठूलो डाटाबेससँग प्रशिक्षित एआई मोडेलद्वारा सञ्चालित नयाँ र सुधारिएको अनर फाल्कन क्यामेरा प्रणालीलाई डेब्यु गर्दै अनर म्याजिक–६ प्रोमा अनर एआई मोसन सेन्सिङ क्याप्चर र उन्नत एआई क्याप्चर एल्गोरिदम समावेश छ।

याे फाेनमा एसजिएसको फाइभ स्टार ओभरअल ग्लास ड्रप रेजिस्टेन्स एबिलिटी प्रमाणित नानो क्रिस्टल सिल्ड डिस्प्ले तथा सिलिकन-कार्बन ब्याट्री प्रयोग गरिएको छ। लामो समयसम्म स्मार्टफोन प्रयोग गर्ने प्रयोगकर्ताहरूका लागि ब्याट्री लाइफको बढ्दो महत्त्वलाई महसुस गर्दै अनर अन्य क्षेत्रहरूबाट स्मार्टफोनहरूमा उदीयमान ब्याट्री आविष्कारहरू लागू गर्ने पहिलो ब्रान्डको रूपमा उभिएको कम्पनीको दाबी छ।

अनर म्याजिक– ६ प्रो कालो र एपी ग्रिन गरी दुई रंगहरूमा उपलब्ध हुनेछ, जुन एपी ग्रिन भेगन लेदर ब्याकको साथ आउँछ। (१२+५१२) जिबी भेरियन्टमा आउने यो फोनको मूल्य रु. १ लाख ५९ हजार ९९९ तोकिएको छ।सभार नयाँ पत्रिका । फोन प्रि-अर्डर गरेका ग्राहकहरूले रु. २१ हजार ९९० मूल्यको अनर वाच– ४ निःशुल्क प्राप्त गर्नेछन्।

यस फाेनकाे खरिदमा भिआइपी कार्ड पनि प्राप्त हुनेछ, जसमा १ वर्षका लागि निःशुल्क सेवाहरू, अनर मोडेलमा छुट र अन्य धेरै सुविधाहरू (सर्तसहित) समावेश रहेका कम्पनीले जनाएको छ।