पर्सामा काट र साइकल पक्राउ
मनाेज शाह जितपुर बारा जेठ १४ गते :
पर्सामा काट र साइकल पक्राउ गरेको छ । पर्सा जिल्लाकाे पटेर्वा सुगाैली गाउँपालिका वडा २ बिश्रपुर टाेलबाट बन कर्मचारीले सालको काट तीन थान र साइकल तीन थान पक्राउ गरेको छ । आइतबार सब डिभिजन बन कार्यालय रङ्गपुरटाडीका जमदार अर्जुन चाैधरीकाे अगुवाइमा गाएको टाेलिले सालको गाेलिया र साइकल पक्राउ गरि सब डिभिजन बन कार्यालय रङ्गपुरटाडीमा राखेको छ । काट र साइकल छाेडेर तस्कर परार रहेको छ ।
स्पर्श खबर
रारा गाेल्डकप: मधेस प्रदेश सिराहाकाे क्लब सेमिफाइनलमा
रारा गाेल्डकप: मधेस प्रदेश सिराहाकाे क्लब सेमिफाइनलमा
स्पर्श खबर जितपुर बारा जेठ १३ गते:
रारा गाेल्डकप: मधेस प्रदेश सिराहाकाे क्लब सेमिफाइनलमा प्रबेश गरेको छ ।
११ औँ रारा गोल्डकप खेलमा सिराहाको सलहेश युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।
चौविसे गाउँपालिका–६ स्थित पुण्य मावि राजारानीको खेलमैदानमा भएको खेलमा सुनसरीको गोल्डेन स्टारलाई १ का विरुद्ध २ गोल अन्तरले पराजित गर्दै सलहेश सेमिफाइनलमा प्रवेश गरेको हो।
खेलको आठौँ मिनेटमा सलहेश युथ क्लबका अर्मन विजामले गोल गरी टोलीलाई अग्रता दिलाए। त्यस्तै खेलको ३० औँ मिनेटमा सुनसरीका कृपा चौधरीले गोल गरी खेल बराबरी भएको थियो। त्यस्तै खेलको दोस्रो हाफको इन्जुरी समयमा सलहेशका आदित्य शाक्यले गोल गरी आफ्नो टोलीलाई विजयी गराउन सफल भए। खेलका म्यान अफ द म्याच सलहेश युथ क्लबका जय गुरुङ घोषित भए। उनले नगद ७ हजार रुपैयाँ मेडल र प्रमाणपत्र हात पारे।
प्रतियोगिता अन्तर्गत सोमबार सेमिफाइनलका खेल हुने आयोजकले जनाएको छ। सेमिफाइनलको पहिलो खेल सोमबार डाँगिहाट युथ क्लब मोरङ र आयोजक रारा फुटबल क्लबबीच हुनेछ भने सेमिफाइनलको दोस्रो खेल मंगलबार बिर्तामोड युनाइटेड क्लब र सलहेश युथ क्लब सिराहाबीच हुनेछ।
दुवै सेमिफाइनल खेलका विजेताबीच बुधबार फाइनल खेल हुने संयोजक चेम्जोङले बताए। प्रतियोगिताका विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी मेडल, कप, प्रमाणपत्र हात पार्ने आयोजकले जनाएको छ।
सबैभन्दा बढी गोल गर्ने, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद हात पार्नेछन्।
भजन शिरोमणिको वायोपिक फिल्म ‘आचार्य’को ट्रेलर सार्वजनिक
भजन शिरोमणिको वायोपिक फिल्म ‘आचार्य’को ट्रेलर सार्वजनिक
सार्वजनिक ट्रेलरमा भक्तराज आचार्यको बाल्यपन देखि संगीत क्षेत्रको १६ बर्षे उत्कृष्ट समय अनि स्वर गुमेको घटना पनि देखाइएको छ ।
१३ बर्ष अघिनै निर्माण भएर प्रर्दशन भएता पनि भक्तराज आचार्य प्रति श्रद्धाञ्जली भन्दै सिल्क रोड पिक्चर्सले आउँने असार ७ गते देखि फिल्मको पुन : प्रर्दशन गर्न लागेको हो । यसपटक प्रदर्शन गर्ने सिनेमामा भक्तराजको निधन पश्चताका दृश्यहरू पनि थपिएको छ ।
चलचित्रमा भक्तराजको भूमिकामा जेठा छोरा गायक सत्यराज आचार्यले अभिनय गरेका छन । उनले यो फिल्ममा भक्तराजको छायाँलाई समेत दुरुस्तै उतारेका छन । ट्रेलरमा अरुणा कार्की भक्तराजको श्रीमती भएर खेलेकी छिन भने सुनील पोखरेल, सौगात मल्ल, दयाहाङ राई , विपिन कार्की जस्ता अहिलेका सुपरस्टारहरुलाई समेत देख्न सकिन्छ ।
रोशन राई निर्माता रहेको फिल्मलाइ प्रशान्त रसाईलीको नि
पहिलो लोहसण्डा गोल्डकप जेठ १९ गते देखि हुने
पहिलो लोहसण्डा गोल्डकप जेठ १९ गते देखि हुने
मनाेज शाह जितपुर बारा जेठ १२ गते ।
१२ जेठ। पहिलो लोहसण्डा गोल्डकप –२०८१ जेठ १९ गतेदेखि शुरू हुने भएको छ । लोहसण्डा फूटबल मैदानमा शनिवार पत्रकार सम्मेलन गर्दै ‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नारासहित प्रथम लोहसण्डा गोल्डकप फुटबल प्रतियोगिता जेठ १९ गते देखि २६ गते सम्म सञ्चालन हुने सनराईज युथ क्लबका अध्यक्ष बन्दन चौधरीले जानकारी दिएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा न ८ को आर्थिक सहयोगमा प्रथम लोहसण्डा गोल्डकपको आयोजना हुन लागेको छ ।प्रतियोगिताको बिजेताले नगद ८० हजार र उपबिजेतालाई नगद ४० हजार सहित प्रमाणपत्र र मेडल प्रदान गरिने आयोजक सनराईक युथ क्लबका अध्यक्ष बन्दन चौधरीले पत्रकार सम्मेलनम जनाएको छ ।प्रतियोगितमा म्यन अफ दी मैचले नगद १५ हजार र प्रतियोगिता भरिका उत्कृष्ट खेलाडीले नगद ५ हजार सहित मेडल र प्रमाणपत्र पाउने आयोजकले पत्रकार सम्मेलनमा जनाएको छ ।प्रतियोगितामा
आयोजक सहित ८ वटा टीमको सहभागिता रहने छ ।प्रथम लोहसण्डा गोल्डकप २०८१ मा बिरगंज सिटी बिरगंज,जनशक्ति क्लब कोल्हवी,श्री वन शक्ति युवा क्लब सिद्धपुर,पर्सागढी युवा स्पोर्ट्स क्लब बढनियार ,चन्द्रपुर एफसी क्लब रौतहट ,बिरगंज युथ एकेडेमी बिरगंज ,सायनिङ युथ क्लब मनहर्वा बारा र आयोजक सनराईज युथ क्लब लोहसण्डाको सहभागीता रहने छ ।
प्रथम लोहसण्डा गोल्डकपको पत्रकार सम्मेलनमा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिका ८ का वडाध्यक्ष शिव शंकर प्रसाद कुशवाहाले लोहसण्डामा पहिलो पटक हुन लागेको गोल्डकपको लागि वडाले ३ लाख आर्थिक सहयोग गरेको बताउनु भयो।सनराईज युथ क्लबले प्रथम लोहसण्डा गोल्डकप सफलतापूर्वक सम्पन्न गरे पछि अर्को बर्ष यश गोल्डकपलाई निरन्तरता दिने समेत उहाँले पत्रकार सम्मेलनमा बताउनुभयो ।प्रतियोगिता ब्यवस्थापनको लागि करिब ६ लाख २५ हजार खर्छ हुने अनुमान गरिएको छ ।प्रथम लोहसण्डा गोल्डकपमा वडा सदस्य गङा पटेल,रुदल सहनी लगाएत पत्रकारहरुको सहभागीता रहेको थियो ।
संयुक्त एम्बुलेन्स चालक संघको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
संयुक्त एम्बुलेन्स चालक संघको आयोजनामा रक्तदान कार्यक्रम सम्पन
स्पर्श खबर जितपुर बारा जेठ १२ गते :
रक्तदान जीवन दान भन्ने मूल नाराका साथ संयुक्त एम्बुलेन्स चालक संघ नेपाल बाराका जिल्ला कार्य समितिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
प्रादेशिक अस्पताल कलैयाको ब्लड बैंकमा रगतको चरम अभाव भएकोले संघले शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
बाराको सदरमुकाम कलैया उपमहानगरपालिका वार्ड नम्बर ५ अस्पताल रोडमा रहेको राजलक्ष्मी रिलिफ हस्पिटलको प्राङ्गणमा भएको उक्त रक्तदान कार्यक्रममा ३ महिला सहित ३५ जनाले रक्तदान गरेका रक्त सञ्चार शाखाका प्रमुख राजाबाबु गुप्ताले बताएका छन् ।
वरिष्ठ उपाध्यक्ष शेख सुर्फदिनका अनुसार कार्यक्रममा रामरुप यादव,सागर सुक्ला,रमेश दास,दिपक चौधरी,हिरालाल महतो,लालमती देवी राम,सिमा कुमारी चौधरी,माही शाह,संजय प्रसाद जैसवाल,राज कुनल कुशवाहा,बिपिन कुमार ठाकुर,सुनिल राम,बिजय गुप्ता र अजय शाह लगायतले रक्तदान गरेका हुन् ।
उक्त कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस बाराका युवा नेता एवम् क्षेत्र नम्बर ४ ख का क्षेत्रीय सभापति लोकेश सिंहले गरेका थिए ।
संयुक्त एम्बुलेन्स चालक संघ नेपाल बाराका अध्यक्ष दिपेन्द्र महतो कोइरीको अध्यक्षतामा सो रक्तदान कार्यक्रम भएको हो ।
उक्त कार्यक्रममा राज लक्ष्मी रिलिफ हस्पिटलका संचालक बिजय गुप्ता,संयुक्त एम्बुलेन्स चालक संघ नेपाल बाराका वरिष्ठ उपाध्यक्ष शेख सुर्फदिन,उपाध्यक्ष रन्जित यादव,सचिव धिरज चौधरी,कोषाध्यक्ष जियाउलहक राय,सह सचिव जयराम प्रसाद कुशवाहा,सह-कोषाध्यक्ष गरिमा प्रसाद कुशवाहा,सदस्य फजिल देवान,राजु यादव,रमेश दास,गौरी शंकर प्रसाद यादव र संस्थाका पदाधिकारी,समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।
सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न निर्देशन
सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न निर्देशन
स्पर्श खबर जितपुर बारा जेठ १२ गते:
काठमाडौं महानगरपालिकाले यही जेठ १४ गतेभित्र काठमाडौं उपत्यकामा सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई सूचना अधिकारी तोक्न आग्रह निर्देशन दिएको छ ।
महानगरपालिकाको सञ्चार तथा सूचना ऐन, २०८० बमोजिम कामपाले यही जेठ १४ गतेभित्र सूचना अधिकारी तोकेर महानगरपालकालाई जानकारी गराउन निर्देशन पनि दिएको छ ।
महानगरपालिकाको शिक्षा विभागप्रमुख गोविन्दप्रसाद शर्माका अनुसार कामपाले यसअघि पनि शैक्षिक संघसंस्थालाई सूचना अधिकारी तोकेर विभागका पठाउन आग्रह गरेको तर कामपाको आग्रहअनुसार केही विद्यालयले मात्र सूचना अधिकारी तोकेको जानकारी प्राप्त भएकाले पुनः निर्देशन दिइएको हो । सूचना अधिकारी तोक्दा संस्थाको दोस्रो जिम्मेवारीमा रहेको व्यक्ति हुनुपर्नेछ । हाल महानगरपालिकामा ८७ सामुदायिक विद्यालय सञ्चालनमा छन्भने छ सय संस्थागत विद्यालय छन् ।
यसअघि महानगरपालिका क्षेत्रमा सञ्चालित सहकारीहरूले सूचना अधिकारीको व्यवस्था गरी सहकारी विभागमा जानकारी गराएका छन् । यसैबीच, गत वैशाख १९ गतेदेखि काठमाडौं महानगरपालिकाले आयोजना गरेको सीप मेलामा आवेदन गरेकालाई स्थानीय विद्यालय र क्याम्पससँगको सहकार्यमा तालिम दिइने भएको छ ।
महानगरपालिकाले २०८१ सालको शुभारम्भमा दुई हजार ८१ जनालाई सीपमूलक तालिम दिएर ‘स्वरोजगार’, ‘रोजगार’ र ‘अन द जब ट्रेनिङ’ उपलब्ध गराउने लक्ष्य लिएकामा आवेदन गरेका सबैलाई तालिम दिन लागेको सामाजिक विकास विभागका निमित्त प्रमुख विमला कोइरालाले बताए ।नयाँ पत्रका । उनले भने,‘साठी हजार बढीले फाराम भर्नुभएको छ, त्यसबाट छनोट गरेर वा कागजात पूरा गरेका सबैलाई तालिम दिनेछ ।’
महानगरपालिकाले सम्बन्धित क्याम्पस र विद्यालयहरुसँग सम्झौता गरिसकेको छ । फाराम भरेकामध्येबाट दुई हजार ८१ जनालाई तत्काल तालिम दिने र अन्यलाई आवश्यकताका आधारमा आगामी तीन वर्षभित्रमा प्रशिक्षण दिइनेछ ।
शान्ति श्री परियारको स्वरमा ‘आधा विर्को’ सार्वजनिक
शान्ति श्री परियारको स्वरमा ‘आधा विर्को’ सार्वजनिक
स्पर्श खबर जितपुर बारा जेठ १२ गते:
सहकारीको रकम ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म संसदको बैंठक चल्न नदिने
सहकारीको रकम ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म संसदको बैंठक चल्न नदिने
स्पर्श खबर जितपुर बारा जेठ ११ गते:
सहकारीको रकम ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म संसदको बैंठक चल्न नदिने निर्णय नेपाली काँग्रेस सहितका विपक्षी दलहरुले गरेको छ ।
नेपाली काँग्रेसको आह्वानमा शुक्रबार बिहान संसद् भवनमा बसेको प्रमुख प्रतिपक्षी दलको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले सहकारीको रकम ठगी गरेको मुद्दालाई सडकमा पनि संयुक्त रूपमा उठाउने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिएको विभिन्न मिडिया रिपोर्टमा उल्लेख गरिएका छन्् ।
“गृहमन्त्री रवि लामिछाने माथि छानबिन हुने गरी संसदीय छानबिन समिति गठन नभए सम्म सदन चल्न नदिने निर्णय भएको छ,” शाहीले भने, “सहकारीको मुद्दालाई लिएर विपक्षी दलहरू सडकमा पनि सँगै जाने कुरा भएको छ ।”
विपक्षी दलको बैठकमा कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र जनमोर्चाका नेताहरू सहभागी थिए । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बोलाइए पनि डेढ घण्टा ढिला सुरु भएको थियो ।
तर विपक्षी दलको अवरोधपछि कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ ।
आज बुद्ध जयन्ती, पथलैयामा मनाइँदै
आज बुद्ध जयन्ती, पथलैयामा मनाइँदै
स्पर्श खबर जितपुर बारा जेठ १० गते:
शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती आज, प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरण स्वरूप यो पर्व मनाउने गरिएको हो ।
बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।
अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६८ औँ जयन्ती शान्तिको कामना गर्दै आज बाराकाे पथलैया र देशभर मनाउन लागिएको हो ।बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ । 
यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ । इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६८ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । भगवान् विष्णुको नवौँ अवतारका रूपमा उनको जन्म भएको मानिन्छ ।
राजकुमारका रूपमा जन्म लिएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बने । २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किए ।
नेपालमा ‘अनर म्याजिक–६ प्रो’को प्रि–बुकिङ सुरु
नेपालमा ‘अनर म्याजिक–६ प्रो’को प्रि–बुकिङ सुरु स्पर्श खबर जितपुर बारा जेठ ७ गते: अनर म्याजिक’ शृंखलाको फ्ल्यागसिप मोबाइल ‘अनर म्याजिक–६ प्रो’ मोबाइल फोनको नेपाली बजारमा प्रि–बुकिङ सुरु भएको छ। नेपालका लागि अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले बहुप्रतीक्षित एआई फ्ल्यागसिप मोबाइलको प्रि-बुकिङ खुला गरेको हो। मे २१ मंगलबारबाट सुरु भएको प्रि-बुकिङ ३१ मेसम्म जारी रहने कम्पनीले … Read more