आ.ज.पा. द्वारा बारा जिल्लामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

आ.ज.पा. द्वारा बारा जिल्लामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

मनोज कुमार शाह, जेष्ठ १७ गते

आम जनता पार्टीद्वारा बारा जिल्लाको बारागढी गाँपालिका-४ सुखीपथरामा आज पार्टी प्रवेश कार्यक्रम भव्यताका साथ सम्पन्न भएकोछ ।
देशमा व्याप्त बेथीति, भ्रष्टाचार एवं कुशासनको दुश्चक्रलाई तोड्न तथा विद्यमान संकटहरुको ठोस निकास प्रदान गर्ने सवालमा अब आम जनता पार्टीले नेतृत्वदायी एवं निर्णायक भूमिका निर्वाह गर्ने दृढ़ विश्वाससहित आज विभिन्न पार्टी परित्याग गर्दै सियाराम साह लगायतका सयौं सम्मानित व्यक्तित्वहरुले आज एक कार्यक्रमका बिच आम जनता पार्टीमा प्रवेश गरेका छन् ।
पार्टीमा गोलबन्द भएका व्यक्तित्वहरुलाई सहर्ष हार्दिक स्वागत, बधाई दिँदै आ.ज.पा. का अध्यक्ष एवम् पूर्व मन्त्री प्रभु साहले थप उज्जवल राजनीतिक भविष्यको भव्य शुभकामना व्यक्त गरेका छन् ।
कार्यक्रमको अध्यक्षता सियाराम साहले गर्नुभएको थियो भने प्रमुख अतिथीको रुपमा आ.ज.पा. अध्यक्ष पुर्व मन्त्री मा. प्रभु साह, बिशिस्ट अतिथि आ.ज.पा. का केन्द्रिय उपाध्यक्ष अशोक लामा आ.ज.पा.का मधेश प्रदेश कमिटी अध्यक्ष उमेश कुशवाहा, अतिथी आ.ज.पा. जिल्ला बारा अध्यक्ष राजकिशोर साह, उपाध्यक्ष बसन्त चौधरी, युवा नेता बिनोद साह लगायतको सहभागिता रहेको थियो ।

 

जितपुरकाे सल्हेस बाबा मन्दिरको बारेमा  तथा विभिन्न माँग राख्दै   सर्वदलीय दलित संजलले  उपमहानगरलाइ बुझाए ज्ञापन पत्र 

जितपुरकाे सल्हेस बाबा मन्दिरको बारेमा  तथा विभिन्न माँग राख्दै   सर्वदलीय दलित संजलले  उपमहानगरलाइ बुझाए ज्ञापन पत्र

मनाेज शाह जितपुर बारा जेठ १७ गते:

नगर स्तरीय सर्वदलीय दलित संजालले जीतपुरसिमरा उपमहानगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाको नगर उपप्रमुख भोला प्रसाद अधिकारीलाई बिहिवार नगर स्तरीय सर्वदलीय दलित संजालले विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका जनसंख्याको हिसाबले अत्यधिक दलित जनसंख्या भएको पालिका रहेकोले जीतपुरसिमरा उपमहानगरपालिकामा अत्यन्तै पिछडिएको मुसहर,चमार,पासवान,बिश्वकर्मा,परियार,सार्की,डोम लगाएत दलितहरुको बासोबास रहेकोले दलित संजालले दलित समाजलाई अगाडी बढाउने खालको योजना उपमहानगरको आर्थिक बर्ष २०८१/०८२ को बजेटमा समावेश गर्नको लागि उपप्रमुख अधिकारी समक्ष ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गराएको छ ।नगर स्तरीय सर्वदलीय दलित संजालले जीतपुरसिमरा उपमहानगरपालिकाको वार्षिक क्यालेन्डरमा दलित सम्बन्धि कार्यक्रम समावेश गर्न उपमहानगर संग अनुरोध गरेको छ ।

नगरस्तरीय योजनामा दलित समुदायको उत्थान र बिकासको लागि १ करोड बजेत बिनियोजनको माग सहित ज्ञापनपत्र बुझाईएको दलित अगुवा एवं पूर्व मधेश प्रदेश सभा सदस्य सुन्दर बिश्वकर्माले बताउनुभयो । अति बिपन्न दलित गरिबलाई राहत परिचय पत्र उप्लबध गराउने देखि लिएर दलित समुदायको ईतिहास र अस्थाको केन्द्र शहलेस बाबा,दिना भद्री,भुईयामाई लगाएतका देवी देवताको मन्दिरलाई संरक्षण सम्वर्धन गर्न उपमहानगरलाई पहल गर्न र प्रत्येक बर्ष बिश्वकर्मा पूजाको दिन नगरभरी सार्वजनिक बिदा दिने नगरस्तरीय सर्वदलीय दलित संजालले बुझएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

नगरस्तरीय सर्वदलीय दलित संजालका अध्यक्ष सुदन दास तात्मा र सचिव सन्तोष राम लगाएत दलित अगुवाहरु जीतपुरसिमरा उपहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र बुझ्दै उपमहानगर उप प्रमुख अधिकारीले आर्थिक बर्ष २०८१/०८२ मा ज्ञापन पत्रमा उल्लेख गरिएको मागहरु समावेश गरिने बताउनुभयो । पहिला देखि नै जीतपुरसिमरा उपमहानगरपालिकाले दलित समुदायलाई लक्षित गरेर बिभिन्न किसिमको कार्यक्रम समावेश गर्दै आएको र यस बर्ष समेत दलित समुदायलाई प्राथमिकताम राखेर नीति तथा कार्यक्रम निर्मान गरिने बताउनु भयो ।ज्ञापन पत्र बुझाउने कार्यक्रममा दलित अगुवा ,इन्दल पासवान बिमला देवी शर्मा,ललिता देवि पासवान लगाएत दलित समुदायका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

ज्ञापन पत्रमा उल्लेख गरिएको मांगहरु

१. निती तथा कार्यक्रममा नारा सहितको कार्यक्रम ल्याईयोस ।

२. वार्षिक कैलेन्डरमा दलित सम्बन्धि कार्यक्रमहरु समावेश गरियोस

३. नगर पालिकाले सबै बडालाई बजेट विनियोजन नगरेको हुदा यस वर्ष कडाईका साथ निर्देशन गर्न अनुरोध छ ।

४. यस नगरका सामुदायीक एवम संस्थागत विद्यालयमा जातिय तथा लैगिंक विभेद विरुद्धको जनचेतना जगाउने पाठ्यक्रम राखियोस ।

५. संविधानको मर्म अनुसार सामुदायीक विधयालयहरुमा दलित तथा गरिबहरुका लागि पुर्ण निःशुल्क शिक्षा प्राप्त गर्ने व्यवस्था मिलाईयोस ।

६. नगर स्तरीय योजनामा दलित समुदायको उत्थान र विकाशका लागि रु १ करोड विनियोजन गरियोस ।

७. प्रत्येक वर्ष चैत्र ८ गते अन्तराष्ट्रिय जातिय विभेद उन्मुलन दिवश र जेष्ठ २१ गले छुवाछुत मुक्त राष्ट्र दिवश भव्यताका साथ मनाइयोस ।

८. दलित महिला सदस्यको सिफारिसमा विकशका लागि न्यून्तम १० लाख विनियोजन गरियोस ।

९. वेरोजगार दलित युवा युवतीका रोजगार दिनका लागि आवश्यक बजेट व्यवस्था गरियोस ।

१०. संस्थागत विधयालयलाई शिक्षा नियमावली र मन्त्रालयको निर्देशिका २०७२ मा भएको व्यवस्था अनुसार एक पटक मात्र भर्ना शुल्क लिन पाउने सम्वन्धी पत्राचार गर्नुका साथै छात्रवृती दिने व्यवस्था लागु गराईयोस ।

११ अति विपन्न दलित र गरिबलाई राहत परिचय पत्र उपलब्ध गराईयोस ।

१२ दलित समुदायको इतिहास र आस्थाका केन्द्र शहलेश बाबा, दिना भद्री, भुईयामाई लगायतका अरु पनि ईष्ट देवहरुलाई संरक्षण सम्बर्धन गर्न आवश्यक पहल होस ।

१३. प्रत्येक बर्ष विश्वकमां पूजाको दिन नगरमा विदा दिने व्यवस्था गरियोस ।

१४. अवाश विहिन दलितका लागि नमुना दलित अवाश योजनाको लागि बजेट व्यवस्था गरियोस ।

८० प्रतिशत राजश्व दखिल गराउने बिरगजलाइ पुन आर्थिक नगरीकाे रुपमा गाेषण गर्न अध्यक्ष शाहकाे अग्रह

८० प्रतिशत राजश्व दखिल गराउने बिरगजलाइ पुन आर्थिक नगरीकाे रुपमा गाेषण गर्न अध्यक्ष शाहकाे अग्रह
मनाेज शाह जितपुर बारा जेठ १६ गते:
बिगतका समयमा मुलुक भर मैं ८० प्रतिशत सम्म राजश्व दखिल गराउन सफल बिरगजलाइ पुन अर्थिक नगरीकाे रुपमा घाेषणा गर्न आम जनता पार्टीका अध्यक्ष प्रभु साहले आग्रह गरेका छन् ।

बिरगंजकाे टाउन हलमा अयाेजित आम जनता पार्टीको जिल्ला भेलालाई सम्बाेधन गर्दै पार्टीका अध्यक्ष साहले इतिहासमा राजधानीको रुपमा परिचित बिरगजलाइ पुन राजधानीको रुपमा घाेषणा गर्न सरकारसँग आग्रह गरेका हुन् ।
वीरगञ्जलाई मुलुकको आर्थिक राजधानी बनाउनु पर्ने आम जनता पार्टीले आवाज बुलंद गरेका छन् ।
आम जनता पार्टी पर्साद्घारा बुधवार वीरगञ्जको टाउन हालमा आयोजित वृहद जिल्ला भेलालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष प्रभु साहले वीरगञ्जलाई मुलुककै आर्थिक नगरीको रुपमा विकसित गराउन आफू सहित पार्टीले जोडदार रुपमा माग उठाउदै सदनमा आवाजलाई बुलंद गर्ने बताएका हुन् ।
वृहद पर्सा जिल्ला भेलालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले आर्थिक नगरी वीरगञ्जलाई आर्थिक राजधानीको रुपमा सरकारद्धारा घोषणा गरेर सोही अनुसारको यहाँ लगानी गर्नुपर्ने माग समेत उठाए ।

वीरगञ्जबाट मुलुकको कुल राजस्व मध्ये ८० प्रतिशत भन्दा बढी योग्दान दिदै आएको चर्चा गरे । मुुलुककै आर्थिक नगरी वीरगञ्जबाट सबैभन्दा बढी राजस्व उठने गरेको हुँदा ढिला नगरी सरकारले यथासिघ्र वीरगञ्जलाई देशकै आर्थिक राजधानी घोषणा गर्नुपर्ने बताए ।

यहाँ सबैभन्दा बढी आर्थिक कारोबार हुन्छ, सरकारको राजस्व पनि अन्य भन्दा धेरै उठने गरेको छ । यथासिघ्र वीरगञ्जलाई देशकै आर्थिक राजधानीको घोषणा गरेर यहाँ पूर्वाधारको समुचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।
बारा, पर्सा जिल्लामा देशकै सबैभन्दा बढी उद्योग व्यापार हुने ठाउँ हो । जसको केन्द्र भनेको वीरगंज रहेको छ । वीरगञ्जमा सरकारले न्यनू लगानी गरिरहेको बताउँदै उनले आर्थिक नगरीको बिकासका लागि सरकारले बढी भन्दा बढी बजेट दिनुपर्ने माग उठाए । तर हालै आएको बजेटले सरकारले न्याय नगरेको बताउँदै उनले वीरगञ्जलाई आजपाले जसरी भएपनि आर्थिक राजधानीको रुपमा घोषणा गराएर सोही अनुसार बिकासका आयोजना पनि ल्याउने प्रतिबद्धता साहले व्यक्त गरे ।
सम्पन्न जिल्ला भेलाले बिश्वराज पटेलको नेतृत्वमा ७५ सदस्यीय आम जनता पार्टीको पर्सा जिल्ला कमिटीको घोषणा गरिएको छ । निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई आजपा अध्यक्ष साहले बधाई तथा पार्टी संगठनलाई बलियो बनाउने शुभकामना दिए ।

 

ठुलो परिणामा नक्कली नेपाली नाेट सहित चार जना बारा प्रहरीको नियन्त्रणमा ।

ठुलो परिणामा नक्कली नेपाली नाेट सहित चार जना बारा प्रहरीको नियन्त्रणमा ।

मनाेज शाह जितपुर बारा जेठ १६ गते:

बारा प्रहरीले ठूलो परिमाणमा नक्कली  नेपाली नोट सहित चार जनालाई पक्राउ  गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराले बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर नक्कली नोट सहित पक्राउ परेका ४ जनालाई सार्वजनिक गरेको हो । पक्राउ  पर्नेमा  बाराको कोल्हवी नगरपालिका वडा  ६ का २५ वर्षीय राजन चौधरी ,वडा-५ का १९ वर्षीय आकाश चौधरी,  रौतहटको राजपुर नगरपालिका वडा १ का १९ वर्षीय मोहन कुमार साह र भारत बिहार राज्य, मोतिहारी, थाना झरौखर, पञ्चायत कबैया ग्राम खरसलवा-७ का ४० वर्षीय मोहमद आलम रहेको जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

बाराको सिम्रौनगढ नगरपालिका-९ कचोर्वा, सानो बसबरियाबाट प्रहरीले विशेष सूचनाको आधारमा सोमबार  पक्राउ गरेको उनीहरूलाई  सार्वजनिक गरेको बाराका उपरीक्षक महेन्द्र खड्काले   जानकारी दिए ।पक्राउ परेकाहरुको साथबाट प्रहरीले  १३ लाख १६ हजार नक्कली नेपाली नोट बरामद गरेको  छ भने  ना ३४ प ३५१२ र बी.आर. ०६ ए.डब्लु २७५८ नम्बरको मोटरसाइकल, एकवटा साइकल समेत बरामद गरेको छ ।पक्राउ परेका ४ जनालाई जिल्ला अदालत कलैया बाट म्याद ठप्प गरेर अनुसन्धान भईरहेको प्रहरी उपरीक्षकले बताए।

जितपुरमा बक्तृत्वकला प्रतियोगीता सम्पन्न

जितपुरमा बक्तृत्वकला प्रतियोगीता सम्पन्न

मनाेज शाह जितपुर बार

गणतन्त्र दिवसको उपलक्षयमा आयोजीत बक्तृत्वकला प्रतियोगीतामा एभरग्रीन ई. बोर्डिगं स्कुल पहिलो भएको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जितपुरमा आयोजित यस प्रतियोगितामा एभरग्रीन ई. बोर्डिगं स्कुल पहिलो स्थान ल्यान सफल भएको  हो ।

जितपुरसिमरा एन. प्याब्नको सहकार्यमा आयोजित यस प्रतियोगीतामा यस नगर भित्र रहेको सिमरा र जितपुरका गरी १५ ओटा निजि विद्यालयहरुको सहभागिता रहेको थियो । आयोजक समेत रहेको यस विद्यालयको छात्रा श्रेयन साहले प्रथम स्थान ल्याउन सफल भएका हुन् ।

यसैगरी प्रतियोगीतामा केयरभिजन ई.स्कुल द्धितिय र अम्ब्रेला ई.स्कुल तृतिय सथान ल्याउन सफल भएका छन् । केयरभिजनका लागि छात्रा फतिमा खातुनले द्धितिय र अम्ब्रेला स्कुलका लागि छात्रा प्रियान्सी वर्माले तृतिय स्थान ल्याउन सफल भएको आयोजक स्कुलले जनाएको छ ।

विद्याालयका संस्थापक डा कृपा सिन्धुको सभाअध्यक्षताम समपन्न यस प्रतियोगीतामा विद्यालयका संचालक राजेश अधिकारी, प्रमुख अतिथीको रुपमा मधेश प्रदेशका प्रदेश सभा सदस्य देवनारायण चौधरी र जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्ताको उपस्थिती रहेको थियो ।

निजगढ विमानस्थलको लगानी ढाँचा तयार गरिने

निजगढ विमानस्थलको लगानी ढाँचा तयार गरिने

मनाेज शाह जितपुर बारा जेठ १५ गते:

सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक–निजी साझेदारीमा निर्माण गर्न आगामी आर्थिक वर्षभित्र लगानीको ढाँचा र पूर्वतयारीको काम सम्पन्न गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष (आव) २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन् ।

यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माण कार्य सुरु गरिने मन्त्री पुनले बजेटमार्फत घोषणा गरे । भरतपुर विमानस्थल आगामी आवभित्र सम्पन्न गर्ने बजेटमा घोषणा भएको छ ।

यसका लागि ३६ करोड विनियोजन गरेको उनले बताए । सुर्खेत, रोल्पा बढीचौर, दाङ टरिगाउँ, जुम्ला, धनगढी र नेपालगञ्ज विमानस्थल स्तरोन्नति गरिने घोषणा पनि गरेका छन् । नागरिक उड्डयनतर्फ ३ अर्ब ७७ करोड विनियोजन भएको छ ।

आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले ठोरीमा नमुना बस्ती बनाउने

आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले ठोरीमा नमुना बस्ती बनाउने

मनाेज शाह जितपुर बारा जेठ १५ गते:

पर्साको ठोरीमा नमुना बस्ती बन्ने भएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले ठोरीमा नमुना बस्ती बनाउने बताएका हुन् ।

उनकाअनुसार पर्साको ठोरीसँगै बाराको सिम्रौनगढ, मुस्तांगको लमनथांग, उपल्लो डोल्पा, हुम्ला र कञ्चनपुरको चाँदनी दोधारामा नमुना बस्ती बनाउन बजेट बिनियोजन गरिएको छ ।

एमालेको राष्ट्रिय महिला भेलाको सम्पूर्ण  तयारी पूरा

एमालेको राष्ट्रिय महिला भेलाको सम्पूर्ण  तयारी पूरा

मनाेज शाह जितपुर बारा जेठ १५ गते:

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले भोलिदेखि आयोजना गर्न थालेका ‘राष्ट्रिय महिला भेला’को तयारी पूरा भएको छ। सो पार्टीका स्थायी कमिटी सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले भेलाको तयारी पूरा भएको जानकारी दिए।

भेलामा पार्टीका २३ वटै जनसङ्गठनका महिला नेता, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधि, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिला प्रतिनिधि गरी करिब पाँच हजार जनाको सहभागी हुनेछ।

एमालेले २०६३ साल जेठ १६ गते आमाका नामबाट नागरिकता, राज्यका सबै तहमा एकतिहाई महिला सहभागिताको सुनिश्चितता, विभेदकारी कानुनको खारेजी र महिला हिंसाको अन्त्य गर्ने विषयलाई संसदको संकल्प प्रस्तावका रूपमा पास गरेको स्मरणमा भेलाको आयोजना गरिएको जनाइएको छ। भेला जेठ १६ र १७ गते सञ्चालन हुनेछ।

भेलामा सहभागीहरुले १२ समूह विभाजन भइ छलफल गरी निष्कर्षसहित सरकारलाई सुझाव दिने एमालेका केन्द्रीय सदस्य रचना खड्काले जानकारी दिइन्।

पर्साका जनता पिडित बन्दै

पर्साका जनता पिडित बन्दै
मनाेज शाह जितपुर बारा जेठ १५ गते:
पर्साका जनता पिडित बन्दै गइरहेको छ । पर्सा जिल्लाकाे पटेर्वासुगाैली गाउपालिका गदिमा सञ्चालित शिवम् लेयर्स फार्म प्राइभेट लिमिटेडका कारण स्थानीय पिडित बन्दै गइरहेको छ ।पटेर्वासुगाैली गाउपालिका हजारौं जनताहरु कष्टकर जीवन बिताउन बाध्य छन् ।कुखुरा उत्पादनकाे फार्माबाट उत्पन्न हुने वायु प्रदुषण तथा झिगा भन्किदा यस क्षेत्रका आसपासका जनताको दैनिकीमा समस्या भएको छ । “आफ्नो वडाका जनताको लागि ठाेस निर्यण गर्ने छाै र हामी पनि फार्माकाे प्रत्यक्ष पिडित छाै”- पटेर्वासुगाैली गाउपालिकाका वडा अध्यक्ष दिनेश चाैधरीले स्पर्श खबरलाई बताए । “हामी गाउले कतिचाेटी फार्म जान्छाै तर जनताको कुनै पनि कुरा सुन्दैन संचालकपक्षले”- महम्द नाैसाद आलमले बताए । “अब हामी मृत्युको अवस्थामा आइपुगेका छाै अब हामी फार्मा बन्द गरेरै छाेडछाै”- आलमले बताए । ५०- ६० वर्ष देखि हामी बस्दै आइरहेका छा‌ै तर अहिले आएर कुखुरा फार्मा खुलेपछि हामी बस्ने बध्य भएका छाै बिटु चाैधरीले दु: खसाे पोखे ।यता फार्मका मनेजर राज किसाेर चाैधरी सँग कुरा गर्दा हेड अफिसमा कुरा गर्नुस् भनी नम्बर दिएका थिए तर सो नम्बरमा फाेन सम्पर्क भएन ।

गर्मी अत्यधिक बढेपछि तीन दिन विद्यालय बन्द गर्ने    जितपुरसिमरा उपमहानगरपालिकाकाे  निर्णय

गर्मी अत्यधिक बढेपछि तीन दिन विद्यालय बन्द गर्ने    जितपुरसिमरा उपमहानगरपालिकाकाे  निर्णय

मनाेज शाह जितपुर बारा जेठ १४ गते:

गर्मि अत्यधिक बढेपछि जीतपुरसिमरा उपमहानगरपालिकाले विद्यालयहरुमा गर्मी बिदा दिएको छ । अत्यधिक गर्मी र ‘लू’ का कारण पठनपाठनमा समस्या भएपछि तीन दिनका लागि जीतपुरसिमरा उपमहानगर अन्तर्गतका सम्पूर्ण विद्यालयमा बिदा दिइएको शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव शिवजी प्रसादले बताए । ‘बिहानैदेखि चर्को घाम र तातो हावा चल्ने गरेको छ, त्यसले विद्यालयका बन्द कोठामा विद्यार्थी बिरामी पर्न सक्छन्,’उनले भने, ‘अहिले गरिएको गर्मी बिदा बर्षे बिदामा कटौती गर्ने गरी व्यवस्थापन गर्न पनि विद्यालयहरूलाई निर्देशन गरिएको शिक्षा शाखा प्रमुख शिवजी प्रसादले बताए ।

उनका अनुसार यही जेठ १६ देखि १८ गतेसम्म सम्पूर्ण विद्यालयमा बिदा दिइएको छ । जेठ १४ गतेको नगर प्रमुख स्तरीय निर्णयअनुसार बिदा दिइएको हो । १५ गते गणतन्त्र दिवसको सार्वजनिक बिदा छ भने १९ गते शनिबार परेको छ । जीतपुरसिमराको तापक्रम अहिले ४१ डिग्री सेल्सियस माथि पुगेको छ । अत्यधिक गर्मीले यस क्षेत्रका सर्वसाधारणलगायतको जनजीवन कष्टकर बनेको छ ।