सम्पूर्ण मानवजातिको कल्याण हेतु मधानी महायज्ञ सम्पन्न

सम्पूर्ण मानवजातिको कल्याण हेतु मधानी महायज्ञ सम्पन्न

मनोज  शाह, जीतपुर बारा, फाल्गुन २४ गते

रौतहटको मौलापुरमा विशेष धुमधाम तथा भव्यताका साथ मधानी महोत्सवको आयोजना गरिएको छ । मौलापुरमा आयोजित मधानी महोत्सव अन्तर्गत आज मधानी महायज्ञको आयोजना गरिएको थियो । भगवान शिव र पार्वतीको विवाहको रुपमा मनाइने मधानी महायज्ञको यस बिशेष पुजा समारोहमा आचार्य शोभाकान्त झाले मन्त्रोच्चारण गर्नु भएको थियो भने बाबाधामको पुजारीहरुले विशेष पुजा गराउनु भएको थियो ।

मौलापुर नगरपालिकाको नगरप्रमुख रीना कुमारी साहको अध्यक्षतामा सम्पन्न मधानी महायज्ञ विशेष पूजा समारोहमा मधेश प्रदेशको सभामुख माननीय रामचन्द्र मण्डल प्रमुख अतिथिको रुपमा सहभागी हुनुभएको थियो । समारोहमा विभिन्न शिव मण्डलीहरुले विशेष कला प्रस्तुत गरेका थिए ।


मौलापुरमा आयोजित मधानी महोत्सव अन्तर्गत सम्पन्न मधानी महायज्ञ विशेष पूजा समारोहमा विभिन्न शिव मण्डलीहरुले विशेष कला प्रस्तुत गरेका थिए । समारोहमा आजपा पार्टीका केन्द्रीय अध्यक्ष एवम् पूर्व मन्त्री प्रभु साहज्यु विशिष्ट अतिथिको रुपमा सहभागी हुनुभएको थियो ।