आमा नेपाल फाउन्डेसन बिरगंज द्वारा प्रभात फेरि शान्ति र्‍यालीको आयोजना

आमा नेपाल फाउन्डेसन बिरगंज द्वारा प्रभात फेरि शान्ति र्‍यालीको आयोजना

पवन शाह    वीरगंज फागुन २४ गते:

आमा नेपाल फाउन्डेसन वीरगन्जले ११४ औ अन्तरास्ट्रिय महिला दिवसको अवसरमा वीरगन्ज महानगरपालिकामा प्रभात फेरि शान्ति र्‍यालीको आयोजना गरेको छ । संयुक्त राष्ट्र संघको “Invest in women :Accelerate progress ” भन्ने अन्तर्राष्ट्रिय नारा तथा ” महिलामा लगानी: सभ्य र समुन्नत समाजको थालनी ” भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाउन आव्हान गरिएको सन्दर्भमा महिलाहरुको आर्थिक र समाजिक सशक्तीकरणका लागि महिलामा लगानीको सुनिश्चितता गर्न समाजिक सचेतना अभिवृद्धि गर्ने उदेश्यले साझा अभियानको रुपमा आमा फाउन्डेसन नेपालले समेत यस दिवसलाइ मनाएको छ । आमा नेपाल फाउन्डेसन सग सगै वीरगन्ज नर्सिङ क्याम्पस , हरि खेतान बहुमुखी क्याम्पस , सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र विर्ताले सयुक्त रुपमा मिलि सो दिवस मनाएका छन ।

वीरगन्ज महानगरपालिका स्थित विर्ता मन्दिर बाट शुरु भएको र्‍याली नगर परिक्रमा गरि पुन: विर्ता मन्दिर परिसरको सरसफाइ गरि कोणसभा गरि समापन भएको थियो ।उक्त र्‍याली भब्य र सब्य रुपमा सम्पन भएको थियो । त्यस्तै र्‍याली पश्चात् वीरगन्ज नर्सिङ क्याम्पसको परिसरमा उपस्तिथि रहेका अतिथिहरु ले वृक्षारोपण समेत गरेका थिए । प्रत्येक रुख लाई लैङ्गकि समानताको प्रगतिको प्रमाण बनाऔ भन्ने उदेश्यका साथ वृक्षरोपण गरिएको आमा नेपाल फाउन्डेसन वीरगन्जका अध्यक्ष प्रमिता मानन्धर ले बताइन् ।

र्‍यालीमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिहंका पत्नी अन्नपूर्ण मानन्धर , वीरगन्ज महानगरपालिकाका कार्यपालिकका सदस्य राधा कार्की , वीरगन्ज नर्सिङ क्याम्पसका क्याम्पस प्रमुख डा. कल्पना पौडेल ,आमा नेपाल फाउन्डेसनका अध्यक्ष प्रमिता मानन्धर , समाजसेवी तथा युवा नेता सन्तोष कुमार श्रेष्ठ , सामुदायिक सेवा केन्द्रका अध्यक्ष मज्जिद मिया , समाज सेवि प्रतिमा सिंह , समाजसेवी रानी रोय लगायत आमाअ नेपाल फाउन्डेसन का पदाधिकारी तथा सदस्य , वीरगन्ज नर्सिङ क्याम्पसका शिक्षक तथा विद्यार्थी , हरिखेतान बहुमुखी क्याम्पसका शिक्षक तथा विद्यार्थीहरु बिर्ता प्रहरी कार्यलयका प्रहरीहरुको उपस्थिति रहेको थियो ।

११४ औ अन्तरास्ट्रिय महिला दिवस फाल्गुन २५ गते परे पनि उक्त दिन महा शिवरात्री पर्व परेकोले फाल्गुन २४ गते नै मनाइएको आयोजक ले जनाएका थिए ।