बारामा विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको माग राख्दै शैक्षिक हड़तालको लागि तयारी गर्ने

रन्जित चाैधरी, बारा, असार १५ गते : रन्जित चाैधरी, बारा, असार १५ गते : बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका भलुहीमा आम जनता पार्टी सम्बद्ध बारा जिल्ला पदाअधिकारीहरुको संलग्नतामा आज विशेष बैठक बसेको छ । उक्त बैठकले यस क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरुमा विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी कायम नरहेको र यसले गर्दा विद्यार्थीको भविष्य तथा समग्र शिक्षा क्षेत्रमा … Read more

परियारको स्वरमा ‘तातो पानी ’सार्वजनिक

स्पर्श खबर जितपुर बारा असार १५ गते: सुन्दर हमालको प्रस्तुतिमा लोक तथा दोहोरी गीत ‘तातो पानी ’सार्वजनिक भएको छ । गायिका सिम्रन परियार र कुशल वेल्वासेको स्वर रहेको गीत निश्चल दवाडीको शब्द तथा सुन्दर हमालको संगीत छ । डान्सिङ्ग विटमा तयार पारिएको गीतको भिडियोमा मोडल तथा याङजी दोङ तामाङ्ग र सुनील क्षेत्री, बेगम नेपालीको अभिनय … Read more

एसईई नतिजामा चित्त नबुझे अनलाइनबाटै निवेदन दिन सकिने

स्पर्श खबर जितपुर बारा असार १३ गते: माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चित्त नबुझे विद्यार्थीहरूले अनलाइनबाटै पुनर्योग निवेदन दिन सक्ने भएका छन् । कार्यालयमा विद्यार्थीको चाप घटाउनका लागि यस वर्षदेखि अनलाइनबाटै निवेदन दिन सकिने व्यवस्था मिलाएको राष्ट्रिय परीक्षा बोर्डका बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । पुनर्योगका लागि नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिइसक्नुपर्ने … Read more

पर्साकाे बस्ती जोगाउन एकमत: सर्बदलिय टोलीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझायो

स्पर्श खबर जितपुर बारा १३ गते: वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ स्थित रामबनमा रहेको १ सय १० भन्दा बढी घरहरूको बस्ती जोगाउन राजनीतिक दलका नेताहरू एकमत भएका छन्। जिल्ला बन कार्यालयले रामबनमा निर्माणाधीन चिडियाखानाको लागि बस्ती हटाउन पन्ध्र दिने सूचना जारी गरेपछि आज पर्साका सम्पूर्ण राजनीतिक दलका नेताहरूले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझाउँदै बस्ती जोगाउन … Read more

जनकपुरधाम-अयोध्या रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा

जनकपुरधाम-अयोध्या रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा स्पर्श खबर जितपुर बारा असार १२ गते । मधेस प्रदेशको राजधानी जनकपुरधामबाट भारतको उत्तरप्रदेशस्थित अयोध्याका लागि रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा रहेको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले सेवा सञ्चालनका लागि समय तालिका सार्वजनिक गरिएको र अब चाँडै कार्यान्वयनमा ल्याउने तयारी भएको बताए । … Read more

बारामा ८७ हजार मेट्रिकटन मकै उत्पादन

स्पर्श खबर जितपुर बारा असार १२ गते: जिल्लाका किसानले यस वर्ष १४ हजार ४ सय ९० हेक्टर जमिनमा हिउँदे र बर्खे मकैखेती गरी ८६ हजार ६ सय ९५ मेट्रिकटन उत्पादन गरेका छन् । जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार ५ हजार ८ सय ६० क्षेत्रफलमा हिउँदे मकैखेती गरेर ३७ हजार ५ सय ४ मेट्रिकटन उत्पादन भएको … Read more

मेयर पौडेलले अनियमितता गरेको ढाकछोप गर्न नगर सभामा वितण्डा भएको वडा अध्यक्ष खरेलको आरोप

मनाेज शाह जितपुर बारा असार १२ गते: मेयर पौडेलले अनियमितता ढाकछोप गर्न नगर सभामा वितण्डा भएको वडा अध्यक्ष खरेलको आरोप बारा । जीतपुरसिमरा वडा नम्बर १६ का वडा अध्यक्ष हरिदेब खरेलले मेयर राजन पौडेलको दुरासयका कारण सोमवारको नगर सभामा दुःखद घटना भएको आरोप लगाएका छन् । वडा अध्यक्ष खरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत नगरवासीहरुमा हार्दिक अपीलभन्दै … Read more

आज एसईईको नतिजा सार्वजनिक गर्ने तयारी

स्पर्श खबर जितपुर बारा असार १२ गते: राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी भइरहेको कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो । यस वर्ष एसईईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताइएको छ । नतिजामा … Read more

रामराजा क्याम्पस प्रमुखको हत्यामा संलग्न ७ जना पक्राउ

रामराजा क्याम्पस प्रमुखको हत्यामा संलग्न ७ जना पक्राउ रन्जित चौधरी, बारा, असार ११ गते : बाराको कलैयामा अवस्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गत जेष्ठ ३२ गते गोली प्रहार गरी हत्या गरिएको थियो । प्रहरीले उनको हत्यामा संलग्न ७ जनालाई पक्राउ गर्न सफल भएको छ । क्याम्पस प्रमुख हरिभूषण कुशवाहाको हत्यामा संलग्न रहेको आदर्श … Read more

बारामा ब्राउन सुगरसहित तिनजना पक्राउ

बारामा ब्राउन सुगरसहित तिनजना पक्राउ रन्जित चौधरी, बारा, असार ११ गते: बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाको सिमरामा खटिएका प्रहरीले यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा खैरो हेरोइन (ब्राउन सुगर) लुकाइराखेको अवस्थामा फेला पारेपछि तिन जनालाई पक्राउ गरेको छ । वीरगन्जबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ६०५९ नम्बरको यात्रुवाहक बसलाई बाराको सिमरामा रोकेर चेकजाँच गर्ने क्रममा सोही … Read more