पर्साकाे बस्ती जोगाउन एकमत: सर्बदलिय टोलीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझायो

स्पर्श खबर जितपुर बारा १३ गते:

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ स्थित रामबनमा रहेको १ सय १० भन्दा बढी घरहरूको बस्ती जोगाउन राजनीतिक दलका नेताहरू एकमत भएका छन्।

जिल्ला बन कार्यालयले रामबनमा निर्माणाधीन चिडियाखानाको लागि बस्ती हटाउन पन्ध्र दिने सूचना जारी गरेपछि आज पर्साका सम्पूर्ण राजनीतिक दलका नेताहरूले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझाउँदै बस्ती जोगाउन आग्रह गरेका हुन्।

यसअघि, सर्वदलीय टोलीले रामबनको बस्तीको भ्रमण समेत गरेको थियो। भ्रमणपछि टोलीमा सम्मिलित राष्ट्रिय स्वतन्त्र पार्टीका पर्सा जिल्ला संयोजक हरि पन्तले बस्ती बचाएर पनि चिडियाखाना बनाउन सकिने देखिएको बताउँदै, मानवबस्ती बचाएर विकास निर्माणलाई अघि बढाउन अनुरोध गरेका थिए।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ स्थित रामबनमा रहेको १ सय १० भन्दा बढी घरहरूको बस्ती जोगाउन राजनीतिक दलका नेताहरू एकमत भएका छन्।सभार यात्रा डेली ।