बारामा ८७ हजार मेट्रिकटन मकै उत्पादन

स्पर्श खबर जितपुर बारा असार १२ गते:

जिल्लाका किसानले यस वर्ष १४ हजार ४ सय ९० हेक्टर जमिनमा हिउँदे र बर्खे मकैखेती गरी ८६ हजार ६ सय ९५ मेट्रिकटन उत्पादन गरेका छन् । जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार ५ हजार ८ सय ६० क्षेत्रफलमा हिउँदे मकैखेती गरेर ३७ हजार ५ सय ४ मेट्रिकटन उत्पादन भएको हो ।
यसैगरी, ८ हजार ६ सय ३० हेक्टरमा गरिएको बर्खेमकैबाट ४९ हजार एक सय ९१ मेट्रिकटन उत्पादन भएको छ ।सभार रासस।

गत वर्ष किसानले हिउँदे मकै ५ हजार ८ सय ५० हेक्टर क्षेत्रफलमा खेती गरी ३७ हजार ४ सय ४० मेट्रिकटन उत्पादन गरेका थिए । गत वर्षको तुलनामा यस वर्ष अधिक जमिनमा खेती गरिएको भए पनि अपेक्षाकृत उत्पादन नभएको केन्द्रले जनाएको छ ।