सिम्रौनगढमा रेमिट्यान्स काण्ड : ३० लाखभन्दा बढी हिनामिना आरोप, सञ्चालक फरार, दुई जना पक्राउविदेशबाट आएको रकम सेवाग्राहीलाई नदिएको आरोप, काउन्टर बन्द गरेर साह सम्पर्कविहीन

सिम्रौनगढमा रेमिट्यान्स काण्ड : ३० लाखभन्दा बढी हिनामिना आरोप, सञ्चालक फरार, दुई जना पक्राउ
विदेशबाट आएको रकम सेवाग्राहीलाई नदिएको आरोप, काउन्टर बन्द गरेर साह सम्पर्कविहीन
सिकिन्द्र साह सिम्रैनगढ भदौ ३१ गते:
बाराको सिम्रौनगढमा विदेशबाट आफन्तले पठाएको रेमिट्यान्स रकम हिनामिना गरेको आरोपमा मनी ट्रान्सफर सञ्चालक फरार भएका छन्। कन्काली माइ मनी ट्रान्सफरका सञ्चालक रौतहट माधवनारायण नगरपालिका–८, राजवडा निवासी २८ वर्षीय रञ्जय कुमार साहमाथि ग्राहकको रकम भुक्तानी नगरी फरार भएको आरोप लागेको हो।
पीडितका अनुसार विदेशमा रहेका आफन्तले पठाएको रकम मनी ट्रान्सफरबाट रिसिभ गरिए पनि सम्बन्धित व्यक्तिलाई उपलब्ध गराइएको छैन। हिनामिना भएको रकम ३० लाख रुपैयाँभन्दा बढी रहेको पीडितहरूले दाबी गरेका छन्।पीडितका अनुसार विदेशमा रहेका आफन्तले पठाएको रकम मनी ट्रान्सफरबाट रिसिभ गरिए पनि सम्बन्धित व्यक्तिलाई उपलब्ध गराइएको छैन। हिनामिना भएको रकम ३० लाख रुपैयाँभन्दा बढी रहेको पीडितहरूले दाबी गरेका छन्।
नयाँ टोल निवासी सलिता देवी सहनीका श्रीमानले दुबईबाट पठाएको रकम, कनकपुर निवासी रमनी देवी तथा ओमानबाट सीता देवीका पति रम्भु रामले पठाएको रकमसमेत नदिइएको आरोप छ।
आजको रकम भोलि दिन्छु भन्दै झुलाए, अन्ततः काउन्टर बन्द
पीडितहरूका अनुसार सुरुमा सञ्चालक साहले आज भुक्तानी गरेको रकम भोलि दिने भन्दै आश्वासन दिएका थिए। तर, पटक–पटक आश्वासन दिँदै आएका साहले अन्ततः मनी ट्रान्सफरको काउन्टर बन्द गरी फरार भएको उनीहरूको भनाइ छ।
घटनाबारे स्थानीय उमा देवी र लिलावती देवीले इलाका प्रहरी कार्यालय सिम्रौनगढमा सूचना दिएपछि प्रहरीले सिम्रौनगढ नगरपालिका–हरिहर निवासी विवेक कुशवाहा र सानो इटवाल निवासी महमद आलमलाई पक्राउ गरेको जनाएको छ।मुख्य आरोपितको खोजी, अनुसन्धान जारी
इलाका प्रहरी कार्यालय सिम्रौनगढका अनुसार पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको छ। मुख्य आरोपित भनिएका रञ्जय कुमार साहको खोजी भइरहेको प्रहरीले जनाएको छ।
विदेशमा पसिना बगाएर आफन्तले पठाएको रकम सेवाग्राहीले प्राप्त गर्न नसक्ने अवस्था आएपछि पीडितहरू मर्कामा परेका छन्। घटनाको निष्पक्ष छानबिन गरी रकमको वास्तविक अवस्था सार्वजनिक गर्न, फरार सञ्चालकलाई पक्राउ गर्न तथा दोषी देखिने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गर्नुपर्ने माग उठेको छ।
पीडितहरूले आफ्नो रकम फिर्ता गराउन माग गरेका छन्।