जितपुरसिमरामा रास्वपाको मेयर दौड : सम्राट, सुरेश र सालिग्रामको चर्चा चुलियो

जितपुरसिमरामा रास्वपाको मेयर दौड : सम्राट, सुरेश र सालिग्रामको चर्चा चुलियो
स्पर्श खबर जितपुर बारा १ गते जितपुरसिमरा उपमहानगरपालिकाको आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मेयरका सम्भावित उम्मेदवारबारे चर्चा सुरु भएको छ।


रास्वपाबाट मेयरको दौडमा सम्राट उपाध्याय, नगर अध्यक्ष सुरेश केसी र सालिग्राम अधिकारीको नाम चर्चामा आएको छ। युवामाझ लोकप्रिय सम्राट उपाध्याय पछिल्लो राजनीतिक आन्दोलनबाट उदाएका हुन्। काठमाडौंमा भएको दोस्रो आन्दोलनको प्रभाव सिमरामा समेत देखिँदा उनले नेतृत्वदायी भूमिका निर्वाह गरेको चर्चा छ।
यता, रास्वपा जितपुरसिमरा नगर अध्यक्ष सुरेश केसीले नगरभरि वडा कमिटीलाई सक्रिय बनाउँदै पार्टीका गतिविधि विस्तार गरिरहेका छन्।

संगठन निर्माण र स्थानीय तहमा पार्टीको प्रभाव बढाउने अभियानमा उनको सक्रियता देखिएको छ।त्यस्तै, शिक्षा क्षेत्रबाट उदाएका सालिग्राम अधिकारी पनि मेयरको सम्भावित उम्मेदवारका रूपमा चर्चामा छन्। तीनै जनाको नाम चर्चामा आएसँगै रास्वपाभित्र आगामी स्थानीय निर्वाचनमा कसले नेतृत्व लिने भन्ने विषयमा चासो बढेको छ।


यद्यपि, रास्वपाले जितपुरसिमराको मेयर उम्मेदवारबारे औपचारिक निर्णय गरिसकेको छैन। अब पार्टीले संगठन, जनसमर्थन र स्थानीय राजनीतिक समीकरणका आधारमा उम्मेदवार छनोट गर्नेछ।