चेक अनादर मुद्दामा बारा जिल्ला अदालतको आदेश : बिगो दाखिला गराउन प्रतिवादी पक्राउ गर्न प्रहरीलाई पत्राचार

चेक अनादर मुद्दामा बारा जिल्ला अदालतको आदेश : बिगो दाखिला गराउन प्रतिवादी पक्राउ गर्न प्रहरीलाई पत्राचार
स्पर्श खबर जितपुर बारा कार्तिक १९ गते: चेक अनादरसम्बन्धी मुद्दामा बारा जिल्ला अदालतले प्रतिवादीलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय बारालाई पत्राचार गरेको छ।


बारा जिल्ला अदालतको तहसिल शाखाले कलैया उपमहानगरपालिका–२३ निवासी अनिलकुमार पटेलको जाहेरी/वादी रहेको चेक अनादर मुद्दामा प्रतिवादी बृजकिशोर कुशवाहालाई पक्राउ गर्न प्रहरीलाई पत्र पठाएको हो।
अदालतको पत्रअनुसार प्रतिवादी कुशवाहा साविक प्रष्टाेक गाविस–६, हाल प्रसौनी गाउँपालिका–६ निवासी हुन्। उनी हाल कलैया उपमहानगरपालिका–२३ मा बसोबास गर्दै आएको पत्रमा उल्लेख छ।


अदालतबाट २०८३ कात्तिक १३ गते भएको आदेशअनुसार प्रतिवादी कुशवाहालाई पक्राउ गरी वादीको बिगो दाखिला गराउन लगाई अदालतमा उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय बारालाई अनुरोध गरिएको छ।
बारा जिल्ला अदालतको उक्त पत्रले चेक अनादर मुद्दामा अदालतको आदेश कार्यान्वयनका लागि प्रहरीलाई प्रतिवादी पक्राउ गर्ने प्रक्रिया अघि बढाउन निर्देशन दिएको देखिन्छ।