जितपुरको पुरानो जानकी मन्दिरका बाबा दरोगा दासको निधन, ९० वर्षको उमेरमा त्यागे संसार

जितपुरको पुरानो जानकी मन्दिरका बाबा दरोगा दासको निधन, ९० वर्षको उमेरमा त्यागे संसार
४४ वर्षदेखि जानकी मन्दिरमा पूजापाठ र साधनामा बित्यो जीवन, भक्तजन शोकमा।
स्पर्श खबर जितपुर बारा कार्तिक ५ गते:

जितपुरसिमरा उपमहानगरपालिका–५ स्थित पुरानो जानकी मन्दिरमा लामो समयदेखि बसोबास गर्दै पूजापाठ गर्दै आउनुभएका बाबा दरोगा दासको आज ९० वर्षको उमेरमा निधन भएको छ।


बाबा दरोगा दास विगत ४४ वर्षदेखि जानकी मन्दिरमा बस्दै धार्मिक अनुष्ठान, पूजापाठ तथा साधनामा संलग्न रहँदै आउनुभएको थियो। उहाँको निधनले मन्दिरसँग जोडिएका भक्तजन तथा स्थानीयवासीलाई दुःखी बनाएको छ।
जितपुरसिमरा उपमहानगरपालिका–५ का वडाध्यक्ष दिपेन्द्र चौधरीले बाबा दरोगा दासको निधन भएको जानकारी दिनुभएको हो।


चार दशकभन्दा लामो समय मन्दिरमा बिताउनुभएका बाबाको निधनले स्थानीय धार्मिक समुदायमा शोक छाएको छ। मन्दिरमा पूजापाठ गर्दै जीवन बिताउनुभएका उहाँको निधनसँगै जानकी मन्दिरको धार्मिक परम्परासँग जोडिएको एउटा परिचित व्यक्तित्वको अवसान भएको छ।