द जितपुर रेस्टुरेन्टमा ट्राफिक प्रमुख राज गुप्ताकाे भव्य सम्मान तथा बिदाइ
स्पर्श खबरले जितपुर बारा असार २८ गते:
जितपुरसिमरा उपमहानगरपालिका–७ स्थित द जितपुर रेस्टुरेन्टमा आयोजित एक विशेष कार्यक्रमका बीच अस्थायी ट्राफिक पोस्ट, जितपुरका प्रमुख राज गुप्ताकाे सम्मानसहित भव्य बिदाइ गरिएको छ।
नारायणी जनसेवा यातायात प्रालिको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख राजगुप्ताले आफ्नो कार्यकालमा जितपुर क्षेत्रमा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउँदै सवारी आवागमनलाई व्यवस्थित गर्न, ट्राफिक नियमको पालना गराउन तथा चालक र सर्वसाधारणलाई जनचेतनामूलक ढंगले सम्झाइ–बुझाइ गर्दै अनुशासित वातावरण निर्माणमा उल्लेखनीय योगदान पुर्याएको भन्दै उहाँलाई सम्मान गरिएको हो।
कार्यक्रममा नारायणी जनसेवा यातायातका उपाध्यक्ष बिर्जु चौधरीले प्रमुख राजगुप्तालाई खादा, टीका तथा फूलको गुच्छा प्रदान गर्दै सम्मान गरे। उनले राजगुप्ताले इमान्दार, निष्पक्ष र जिम्मेवार ढंगले सेवा प्रवाह गर्दै ट्राफिक व्यवस्थापनमा उदाहरणीय भूमिका निर्वाह गरेको बताए।
बिदाइ मन्तव्यका क्रममा प्रमुख राजगुप्ताले आफूलाई प्रदान गरिएको सम्मानप्रति आयोजक संस्था, यातायात व्यवसायी तथा स्थानीय समुदायप्रति हार्दिक आभार व्यक्त गर्दै जहाँ रहे पनि कानुनको पालना गराउँदै नागरिकको सेवामा समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले भने, “जितपुरमा रहँदा यहाँका नागरिक, यातायात व्यवसायी र संघ–संस्थाबाट पाएको साथ, सहयोग र सम्मान मेरा लागि अविस्मरणीय रहनेछ। म जहाँ गए पनि इमान्दार, वफादार र जिम्मेवार भएर आफ्नो कर्तव्य पूरा गर्नेछु।”