जितपुरसिमराकाे आयोजनामा वैदेशिक रोजगार सुरक्षित र व्यवस्थित बनाउन सामी कार्यक्रम
मनाेज शाह जितपुर बारा असार ७ गते:
जितपुर सिम्राको आयोजनामा वैदेशिक रोजगार सुरक्षित तथा व्यवस्थित बनाउने उद्देश्यले जितपुरसिमरामा सुरक्षित आप्रबासन सामी कार्यक्रम सम्पन्न भएको छ । जितपुरसिमरा उपमहानगरपालिकाको आयोजनामा तथा सुरक्षित अम्रवासन सामी बाराकाे सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा सरकारवाला निकायहरू प्रहरी पत्रकार स्थानीय जनप्रतिनिधि विषयगत शाखा न्यायिक समिति स्वास्थ्य शाखाका अधिकारीहरू समेतको सहभागिता रहेको थियो। सहभागीहरूसँग अन्तरक्रिया तथा अभिमुखी कार्यक्रम मार्फत वैदेशिक रोजगारका समस्या र समाधानमाथि विशिष्ट छलफल गरिएको थियो। कार्यक्रममा समिका बारा जिल्ला संयोजक सरोज सिंहले परीक्षण दिएका थिए। उनले बारा जिल्ला जितपुर सिम्रा उपमहानगरपालिकाका तथा समग्र देशको वैदेशिक रोजगारको अवस्थाबारे जानकारी गराएका थिए । कार्यक्रममा उपमहानगरपालिका युवा खेलकुद तथा शिक्षा महाशाखा प्रमुख शिवजीप्रसादको अध्यक्षतामा तथा उपप्रमुख भोला अधिकारीको प्रमुख अतिथिमा सम्पन्न भएको हो। कार्यक्रम सञ्चालन सामाजिक बिकास शाखा प्रमुख रामेश्वर बञ्जाराले गरेको हाे ।