अशोक स्टिल उद्योग ज्यानमारा उद्योग बन्दै
मनाेज शाह जितपुर बारा असार ७ गते:
अशोक स्टिल उद्योग ज्यानमारा उद्योग बन्दै । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नं ५ स्थित रहेको अशोक स्टिल उद्योगमा कार्यरत एक जना कमदार जलेर घाइते भएका छन्। काम गर्ने क्रममा शुक्रबार एक मजदुर जलेर घाइते भएका छन्। जितपुरसिमरा उपमहानगरपालिका वडा नं ५ स्थानीय २० वर्षीय अनिल पासवान ग्यास पाइप फुत्केर जलेर घाइते भएका हुन् । उद्योगमा दैनिक काममा खटेका पहिचानको अनुहारसहित शरीरको करिब १०% भाग जलेको छ। उपचारको क्रममा हाल उनी एलएस न्युरो अस्पताल उपचारर्थ छन्। इलाका प्रहरी कार्यालय सिम्राका प्रहरी नायब उपरीक्षक डीएसपी वेद जोशीले पासवानकाे अवस्था सामान्य रहेको जानकारी दिएका छन्। परिवारका अनुसार घाइते पश्चानको शरीरको सबै भाग मात्र जलेको छ। र उपचार अघि बढिरहेको छ। घटनापछि वार्ड नम्बर ५ का वडा अध्यक्ष दिपेन्द्र चौधरी अस्पताल पुगेका थिए। उनले पैसवानको अवस्था गम्भीर नरहेको र आवश्यकता सहयोगका लागि पहल भइरहेको बताएका छन्।
अशोक स्टिल उद्योग ज्यानमारा उद्योग बन्दै


