प्रेस चौतारी नेपाल मधेस प्रदेस कमिटीको आयोजनामा प्रशिक्षण कार्यक्रम शुरु
स्पर्श खबर जितपुर बारा असार ४ गते:
प्रेस चौतारी नेपाल मधेस प्रदेस कमिटीको आयोजनामा बुधवार बाराको निजगढमा प्रशिक्षण कार्यक्रम शुरु भएको छ ।
कार्यक्रमको नेकपा एमाले स्थायी कमिटी सदस्य एंव मधेस प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठले पानसमा बत्ती बालेर गर्नुभएको थियो ।
चौतारीको बारा, पर्सा, रौतहट र सर्लाही जिल्ला कमिटीका पदाधिकारी, नेपाल पत्रकार महासंघमा चौतारीको तर्फबाट निर्वाचित अध्यक्ष, उपाध्यक्ष र सचिवहरुको सहभागिता रहेको सो प्रशिक्षणमा स्थायी कमिटी सदस्य श्रेष्ठ, एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, अच्युत मैनाली, चौतारीका केन्द्रीय महासचिव हिरामान लामा, नेपाल पत्रकार महासंघ केन्द्रीय लेखा समिति संयोजक केसी लामिछानेलगायतले पत्रकारिता र राजनीतिक विषयमा प्रशिक्षण दिने जनाइएको छ ।
चौतारी मधेस प्रदेस कमिटीका अध्यक्ष लालबाबु शेखको अध्यक्षमा भएको प्रशिक्षण उद्घाटन कार्यक्रममा एमाले मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेल, सहसचिव आरती भण्डारी, मधेस प्रदेससभा सदस्य त्रिलोकी चौधरी, चौतारी मधेस प्रदेस इन्चार्ज अच्युत पौडेल, एमाले निजगढ नगर कमिटी अध्यक्ष तिलक घलान, नेपाल पत्रकार महासंघ मधेस प्रदेस अध्यक्ष श्याम बन्जारालगायतले कार्यक्रमको सफलतालको लागि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा चौतारी मधेस प्रदेस उपाध्यक्ष गौतमले स्वागत मन्तव्य दिनु भएको थियो भने कार्यक्रम संचालन महासचिव दिवाकर भण्डारीले गर्नुभएको थियो ।
प्रेस चौतारी नेपाल मधेस प्रदेस कमिटीको आयोजनामा प्रशिक्षण कार्यक्रम शुरु


