हिसाब माग गर्दा पत्रकारसँग अभद्र  व्यवहार

हिसाब माग गर्दा पत्रकारसँग अभद्र  व्यवहार

स्पर्श खबर जितपुर बारा फाल्गुन १५ गते: 

गायत्री महायज्ञको हिसाब माग्दा समितिका कोषाध्यक्ष राकेश गुप्ताले पत्रकारसँग अभद्र व्यवहार गरेका छन्। आम जनतासँग चन्दा सङ्कलन गरेको हिसाब किताबको बारेमा सोधखोज गर्ने पत्रकारलाई उनले क्यामेरा बन्द गर्ने दबाब दिएको र हिसाब किताब दिन नसक्ने अभिव्यक्ति दिएका थिए। उनको यो रवैयाको लागि अध्यक्ष सन्तोष कुशवाले भने पत्रकारसँग माफी मागे।