स्पर्श खबर जितपुर बारा फाल्गुन १५ गते:
पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका– वडा नम्बर १७ अलौको एक तिन बर्षिय बालिका पोखरीमा मृत भेटिएकी छन् । सोही स्थानमा घर भएको स्थानीय दिपक यादवकी छोरी रिंकी कुमारी यादव बुधवार मृत अवस्थामा फेला परेकी हुन् ।
रिंकी हराएको भन्दै उनका अभिभावकले बुधवार बिहान प्रहरीमा उजुरी दिएका थिए । केही समयपछि स्थानीयबाट बालिका पोखरीमा डुबेको अवस्थामा फेला परेको सूचना प्राप्त भएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख, प्रहरी निरीक्षक श्याम बस्नेतले बताए ।
बालिकाको मृत्यु शङ्कास्पद रहेको भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरी टोली घटनास्थलमा पुग्नुअघि नै परिवारका सदस्यहरूले बालिकाको शव पोखरीबाट निकालेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए ।