युवराज एकीकृत कृषि फर्ममा आागलागि लाखौंको क्षति 

युवराज एकीकृत कृषि फर्ममा आागलागि लाखौंको क्षति 

मनाेज शाह जितपुर बारा फाल्गुन ११ गते:

  पर्सा  जिल्लाको विन्दवासनी गाउँपालिका वडा नं ३ स्थित रहेको युवराज एकीकृत कृषि फार्ममा आगलागी भएको छ। आगलागी हुँदा ७० लाख बराबरको लगभग पूर्ण रुपमा कुखुरा  जलेर नष्ट भएको सुखदेव शाह कलवारले बताए। पाँच हजार कुखुराको बच्चाहरू रहेको र २५०० कुखुरा तयारी अवस्थामा रहेको कुल ७ हजार  ५ सय कुखुरा पूर्णरूपमा जलेर नष्ट भएको सञ्चालक शाहले बताए । ४० लाख कुमारी बैंकबाट ऋण लिएर साहले कुखुरा फारम सञ्चालन गरेका थिए। अहिले सम्पूर्ण कुखुरा फार्म जलेर नष्ट भएको साहले बताए  । गएराति ११ बजे विद्युत सट भएर आगलागि भएको शाहले बताए।