बाराको जितपुरबाट १० जना जुवाडे पक्राउ

बाराको जितपुरबाट १० जना जोडे पक्राउ

स्पर्श खबर  जितपुर बारा फागुन ११ गते

इलाका प्रहरी कार्यालय सिमराले जितपुरबाट १० जना जुवाडेलाइ  पक्राउ गरेको छ। जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ शान्तिटोल स्थित माधवप्रसाद आचार्यको घरमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक  सुभद्रा लामा वाइबाको कमाण्डमा खटेको टोलीले निज आचार्यकाे घर खान  तलासी गर्दा र खेलिरहेको ३१  हजार नगदसहित स्थानीय अर्जुन शाह सोनारको छोरा वर्ष ३३ को ओम प्रकाश कुमार , शंकरप्रसाद गुप्ताको छोरा वर्ष ३६ को सोनु कुमार गुप्ता , माधेव आचार्यको छोरा वर्ष ४५ को नवीनकुमार आचार्य ,राजवंशी प्रसाद दासको छोरा वर्ष ४२ को बिर्जु दासलाई शनिबार दिउँसो पक्राउ गरेको हो। त्यसैगरी प्रहरीले भैरव साहको छोरा वर्ष ३९ को रामबाबु शाह ,जमुना शाहको छोरा वर्ष ३५ को सुधिर कुमार सुनार ,विष्णु शाहको छोरा वर्ष ५० को दपलाल शाह, सोनालाल शाहको छोरा वर्ष ३६ को बलिराम शाह वर्ष ३० को सिलकुमार शाह सोनार र जितपुरसिमरा  उपमहानगरपालिका वडा नम्बर ७ बस्ने ४२ को धर्मेन्द्र शाहीलाई पनि पक्राउ गरेको छ।सभार कृपा दैनिक ।