नन्दन ध्यु र गणपति घ्यु  उद्योगकाे प्रदुषण पानीको मुहान  थुने स्थानीयले  

 नन्दन ध्यु र गणपति घ्यु  उद्योगकाे प्रदुषण पानीको मुहान  थुने स्थानीयले  

मनाेज शाह जितपुर बारा फाल्गुन ११ गते:

स्थानीय बासिन्दाले दुई उद्योग कलकारखानाका प्रदूषित पानी फ्याल्ने मुहान बन्द गरेका छन्। बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको नन्दन ध्यु र गणपति घ्यु उद्योगका प्रदूषित पानी फ्याल्ने मुहान बन्द गरेका छन् । सिर्सिया खोला वरिपरि रहेका बासिन्दाहरू पीडित भएर आज उद्योगकाे प्रदुषण पानी  बन्द गरेका छन् । उद्योगहरूलाई धेरै चोटि पत्र काटि जानकारी गराउंदा पनि पत्रको कुनै चासो नलिएपछि अन्तमा आएर स्थानीय   बासी लगायतले उद्योगमा आज प्रदुषण पानीको मुहान बन्द गरेका जितपुरसिमरा उपमहानगरपालिका वडा ५ का अध्यक्ष दिपेन्द्र चाैधरीले स्पर्श खबरलाइ बताए । स्थानीयहरु पम्प्लेटमा  हावापानी स्वच्छ चहिन्छ , हामीलाई बाच्न देउ जस्ता  नारा बाजि समेत गरेका थिए। उधाेग काे पानी उधाेगमै ब्यवस्थापन गर्ने जाेड दिंदै वडा ७ का वडा अध्यक्ष सुनिल कुमार गुप्ताले जब जनताले राम्रो स्वच्छ वातावरण पाएन भने उद्योगको त्यस ठाउँमा कुनै कुनै काम नरहेको बताए । यता उद्योगको प्रशासनसँग कुरा गर्दा हामी छिटै व्यवस्था गर्दैछौं भनि चन्द्र गिरीले कुरा पन्छाउन खोजे।