जितपुरसिमरामा जनप्रतिनिधिको मिलोमताेमा बलुवा तस्करी

जितपुरसिमरामा जनप्रतिनिधिको मिलोमताेमा बलुवा तस्करी

मनाेज शाह जितपुर बारा कार्तिक २० गते :

 जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको दुधौरा खोलाबाट नदीजन्य पदार्थको तस्करी तीव्र बनेको छ। स्थानीय जनप्रतिनिधि र प्रहरी प्रशासनको संरक्षणमा तस्करहरुले नदीबाट बालुवा गिटी लगायतका नदीजन्य पदार्थको तस्करी गरिरहेको स्थानीयहरूको आरोप छ। दैनकौँ दर्जन ट्याक्टरबाट सो क्षेत्रबाट खुल्लमखुल्ला बालुवा तस्करी भइरहँदा पनि स्थानीय सरकार र प्रहरी प्रशासन मौन बसेकोले उनीहरूको मिलोमतमा आशंका गरिएको हो। जितपुरसिमरा उपमहानगरपालिकाले हालसम्म पनि नदीजन्य पदार्थको ठेक्काको लागि सूचना आवान गरेको छैन। यसैबीच स्थानीयहरूले बालुवा तस्करी भइरहेको भन्दै सोको विरोध गरेका छन्। उनीहरूले स्थानीय सञ्चारकर्मी र प्रहरीलाई तस्करीको घटनाबारे जानकारी गराएर घटनास्थलमा बोलाएका थिए। स्थानीयको विरोधपछि प्रहरीले केही बालुवा तस्करीमा प्रयोग भएको गाडीलाई समातेर प्रयोग गरेको भएपनि तस्करी भने पूर्ण रुपमा नियन्त्रणमा आएको छैन। स्थानीयको विरोधपछि प्रहरीले सोमबार बिहान खोलामा डुङ्गा र बालुवा लोड गरिरहेको ट्याक्टरहरू गुडिरहेको देखिएको थियो।