‘सम्माननीय प्रधानमन्त्रीज्यू बाट महोत्सवको उदघाटन हुने‘
मनोज कुमार शाह, जीतपुर बारा, फागुन ९ गते
जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं. ३ बजनीमा जितपुरसिमरा नगर उद्योग बाणिज्य संघले “कृषि -पर्यटन , खेल -उद्योग र ब्यापार !
जितपुरसिमरा बारा , मधेस समृधिको मुख्य आधार !!” भन्ने मूल उद्देश्यका साथ (1st JeetpurSimara Expo 2024 ) ‘ प्रथम जितपुरसिमरा महोत्सव २०८० ‘ को आयोजना गर्न लागेको छ । महोत्सव यही फाल्गुन १८ गतेदेखि २९ गतेसम्म आयोजना हुनेछ ।
जितपुरसिमरा नगर उद्योग बाणिज्य संघ जितपुरका अध्यक्ष मोहन शर्माले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको कार्यालय सिंहदरवार काठमाडौमा भेटेर प्रमुख अतिथिको आतिथ्यता ग्रहण गरी महोत्सवको उदघाटनसमेत गरिदिनका लागि औपचारिक निमन्त्रणा दिनुभएको छ । महोत्सवलाई बृहत् रुपले सफल बनाउन बारा क्षेत्र नं.४ का जनताका सेवक एवम् प्रतिनिधिसभा सद्स्य तथा पूर्व मन्त्री माननीय श्री कृष्ण कुमार श्रेष्ठ (किसान ) ज्यूको विशेष पहलमा प्रधानमन्त्रीज्यूलाई आमन्त्रण गर्न लागिएको महोत्सवको आयोजक समितिले जनाएको छ ।