सिमरामा विद्यार्थी संयमसेवक सहित पर्चा पम्पप्लेट वितरण

मनाेज शाह जितपुर बारा असार ७ गते: ट्राफिक सप्ताहको क्रममा दोस्रोदिन बाराको सिमरामा विद्यार्थी संयमसेवकको टोली सहित पर्चा वितरण तथा सचेत कार्याक्रमरु गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराको कार्यक्रम अनुसार आज दोश्रो दिन सिमरामा विद्यार्थीहरुलाई संयमसेवको रुपमा खटाई पर्चा वितरण तथा सचेतनाको कार्यक्रमहरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका ईन्चार्ज रामकुमार महतोले बताउनुभयो … Read more

बाराको अमलेखगञ्जमा रहेको हात्तीसारमा सुरक्षाकर्मी र सिकारी (तस्कर)बिच दोहोरो भिडन्त हुँदा एक तस्करको ज्यान गयो

बाराको अमलेखगञ्जमा रहेको हात्तीसारमा सुरक्षाकर्मी र सिकारी (तस्कर)बिच दोहोरो भिडन्त हुँदा एक तस्करको ज्यान गयो मनोज शाह, जितपुर बारा, असार ७ गते : बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाको वडा नं. २१ मा रहेको हातीसारमा सुरक्षाकर्मी तथा सिकारी (तस्कर) हरुबिच भिडन्त हुँदा सुरक्षाकर्मीले चलाएको गोली लागि एकजना तस्करको घटनास्थलमै मृत्यु भएको छ । सेनानी दिलबहादुर राना मगरले … Read more

सुझाव पालना भए ३ खर्ब थप राजस्व उठ्ने

स्पर्श खबर जितपुर बारा असार ७ गते: कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय समितिले प्रतिवेदनका सुझावहरू, नीतिगत तथा प्रणालीगत सुधारहरू कार्यान्वयन भएमा प्रक्षेपित राजस्वमा करिब २ खर्ब ९१ अर्ब थप राजस्व संकलन हुने जनाएको छ । विद्यासुन्दर मल्लिक अध्यक्ष रहेको समितिले अर्थ मन्त्रालयसमक्ष पेस गरेको प्रतिवेदनले आर्थिक वर्ष २०८१–०८२ मा १३ खर्ब २० अर्ब ९८ करोड ६० … Read more

कांग्रेसकै बीचमा गठबन्धन गरौँ, कुनै पार्टीले हराउन सक्दैनः नेता कोइराला

स्पर्श खबर जितपुर बारा असार ६ गते: नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको बीचमा गबठन्धन भए अन्य राजनीतिक दलहरुले निर्वाचनमा पराजित गर्न नसक्ने बताएका छन् ।  बिहीवार काठमाडौंमा आयोजित लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले घात, अन्तर्घात हुने भयले … Read more

साम्प्रदायिकता फैलाउने गतिविधि नियन्त्रण गर्न जस्तोसुकै उपाय अपनाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

स्पर्श खबर जितपुर बारा असार ६ गते: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान विपरित धार्मिक तथा सामाजिक सदभाव विगार्ने र साम्प्रदायिकता फैलाउने गतिविधि नियन्त्रणका लागि जस्तो सुकै उपाय अपनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूले सोध्नुभएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले धार्मिक गतिविधिका नाममा साम्प्रदायिकता फैलाउन खोज्ने व्यक्ति तथा समूहलाई प्रचलित कानून बमोजिम … Read more

रामायण तथा बुद्ध परिपथ निर्माण र प्रवर्द्धन गर्ने सहमति कार्यान्वयनमा : प्रधानमन्त्री

स्पर्श खबर जितपुर बारा असार ६ गते:  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतका धार्मिकस्थललाई समेटेर रामायण तथा बुद्ध परिपथ निर्माण र प्रवर्द्धन गर्ने सहमति कार्यान्वयन गम्भीरतासाथ अघि बढाएको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै उनले रामायण सर्किटलगायत शिव, बुद्ध र किरात सर्किटहरूको विकास गर्न यस वर्ष बजेट सुनिश्चित गरिएको जानकारी … Read more

साउदीमा गर्मीका कारण हज यात्राका क्रममा ६ सय बढीको मृत्यु

स्पर्श खबर जितपुर बारा असार ६ गते: अत्यधिक गर्मीका बीच साउदी अरेबियामा हज यात्राका क्रममा मृत्यु हुनेको संख्या ६ सय नाघेको छ । बुधबार साँझसम्म ६ सय ४५ जनाको मृत्यु भइसकेको त्यहाँस्थित सञ्चारमाध्यमहरुले जनाएका छन् । मौसम परिवर्तनका कारण हज यात्राका लागि गएका अधिकांश वृद्धवृद्धा र दीर्घरोगीहरुको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा भारत, इजिप्ट, … Read more

भारतको आसाममा बाढीबाट ३१ जनाको मृत्यु

स्पर्श खबर जितपुर बारा असार ६ गते: एजेन्सी । भारतको उत्तरपूर्वी राज्य आसाममा भारी वर्षापछि आएको बाढीमा ३१ जनाको मृत्यु भएको छ । आसामको मुख्य शहर गुवाहाटीबाट करिब २ सय ८१ किलोमिटर दक्षिणपूर्वमा रहेको करिमगञ्ज जिल्ला बाढीबाट प्रभावित भएको हो । त्यहाँका एक हजारभन्दा बढी घर डुबानमा पर्दा १ लाख ८० हजार मानिस बिस्थापित भएका … Read more

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ। हाल कोशी र मधेश प्रदेशमा पूर्णतया बदली, बाग्मती र गण्डकी प्रदेशमा साधारणतया बदली  तथा बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। कोशी, बाग्मती र गण्डकी … Read more

आज बिहीवार यस्तो छ तपाईको राशिफल, २०८१ साल असार ६ गते

असार ६- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमी प्रेमीकाका बिच खिन्नता बढ्नसक्छ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर वैदेशिक कार्य अघि बढ्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज मान्यजनसँग भेटघाट हुनेछ शत्रुमाथि विजय प्राप्त हुनेछ । श्रम मूलक वा … Read more