आज बुधवार यस्तो छ तपाईको राशिफल, २०८१ साल असार ५ गते

आजमिति २०८१ साल असार ५ गते बुधबार तदअनुसार जुन १९ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु शुक्ल पक्षको द्वादशी तिथी, विशाखा नक्षत्र, । सिद्द योग   ।  चन्द्र राशि तुला । यो  शुभ योग हो ।  अभिजित् मुहूर्त: बिहान ११:३७ देखि १२:३२ सम्म, •  काठमाण्डौंमा सुर्योदय: बिहान ०५:०९ मेष (चु, चे, चो, ला, … Read more

युक्रेनबाट नेपाली बन्दी रिहाइका लागि सहजीकरण गरिदिन राष्ट्रपति पौडेलकाे आग्रह

स्पर्श खबर जितपुर बारा असार ४ गते: ३८ वर्षपछि नेपालका राष्ट्रप्रमुख जर्मनी भ्रमणमा, समकक्षी स्टाइनमायरसँग भेटवार्ता। – पर्यटन, कृषि र जलविद्युतबारे छलफल– राष्ट्रपति पौडेल बुधबार स्वदेश फर्किने  राष्ट्रपति रामचन्द्र पौडेलले युक्रेनको सैन्य हिरासतमा रहेका ६ जना नेपालीलाई रिहाइ तथा स्वदेश फिर्ताका लागि सहजीकरण गरिदिन जर्मनीसँग आग्रह गरेका छन् । सोमबार बर्लिनस्थित राष्ट्रपति भवनमा समकक्षी फ्रयांक वाल्टर स्टाइनमायरसँग … Read more

रोमानियाको युरोकपमा विजयी शुरुवात

काठमाडौँ । रोमानियाले युरोकपमा विजयी शुरुवात गरेको छ । सोमबार राती सम्पन्न समुह इ अन्तर्गतको खेलमा रोमानियाले युक्रेनलाई ३-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो । रोमानियाको जितमा निकोला स्टानसिउ, राजभान मारिन र डेनिस ड्रागसले एक एक गोल गरेका थिए । यो जितपछि रोमानियाले समुह इ मा महत्वपूर्ण तीन अंक बटुलेको छ … Read more

आजको मौसमः वाग्मतीसहित चारवटा प्रदेशमा बिहानैदेखि वर्षा

काठमाडौं,असार ४- देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको हो । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्ण बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, … Read more

आज मंगलवार यस्तो छ तपाईको राशिफल, २०८१ साल असार ४ गते

असार ४- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पाइनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । पुँजी बजारमा पनि फाइदा हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सरकारी निकायको भय रहला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । परिवारमा झैझमेलाको अवस्था … Read more

वैदेशिक रोजगारमा गएका श्रमिकहरुसँग लिइएको अवैध रकम फिर्ता गर्नुपर्ने माग गर्दै वैदेशिक रोजगार विभाग घेराउ

वैदेशिक रोजगारमा गएका श्रमिकहरुसँग लिइएको अवैध रकम फिर्ता गर्नुपर्ने माग गर्दै वैदेशिक रोजगार विभाग घेराउ रन्जित चाैधरी, जितपुर बारा, असार २ गते : विगत लामो समयदेखि वैदेशिक रोजगारमा गएका श्रमिकहरु शोषित हुँदै आएका छन् । तिनै शोषित, पीडित श्रमिकहरुको हकहितको संरक्षण गर्ने हेतुले आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले ठोस कदम चालेको छ । … Read more

नेपाल–चीन सिमानाको खासा बजार अब मिनी सहर बन्दै

स्पर्श खबर जितपुर बारा असार २ गते: खासा बजारलाई नयाँ रूप दिन निजी तथा सरकारी घर भत्काउने काम तीव्र नेपाल–चीनको सिमानामा पर्ने तातोपानी–खासा महत्वपूर्ण व्यापारिक नाका हो । भूकम्पअघि यो नाका व्यापार, पर्यटन र कूटनीतिक हिसाबले सहज सञ्चालनमा थियो । भूकम्प र कोरोना महामारीपछि आयात बिस्तारै बढिरहेको छ । तर, निर्यात र मानव आवातजावत करिब बन्दजस्तै छ । सिमाना … Read more

एसइईको नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी

स्पर्श खबर जितपुर बारा असार २ गते: नयाँ प्रणालीका कारण नतिजामा पनि फेरबदल आउने राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा असार दोस्रो साता प्रकाशन गर्ने गरी गृहकार्य अघि बढाएको छ । परीक्षा लिएको मितिअनुसार दोस्रो सातासम्म नतिजा सार्वजनिक गर्ने तयारी भएको बोर्डले जनाएको छ । १५ चैतदेखि सुरु भएको एसइईमा देशभरका दुई हजार ६४ परीक्षा … Read more

नेपाली कांग्रेस अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम पर्साको पार्टी कार्यालयमा आयोजना हुदै

नेपाली कांग्रेस अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम पर्साको पार्टी कार्यालयमा आयोजना हुदै

स्पर्श खबर जितपुर बारा  १ गते:

नेपाली कांग्रेस पर्साले प्रशिक्षक शाखा द्वारा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको आज आयोजना गरेको छ। नेपाली कांग्रेस पर्साको पार्टी कार्यलयमा आयोजना भएको कार्यक्रममा स्वर्गीय वि.पि कोइलाराको फोटोमा फुलमाला तथा अबिर चढाइ औपचारिक रुपमा कार्यक्रमको उद्वाघाटन गरिएको थियो।

प्रशिक्षण कार्यक्रमको उदघाट्न गर्दै प्रमुख अतिथी रहेका संविधान सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अनिल रुङ्टाले नेपाली काँग्रेसलाई थप बलियो बनाउन र कार्यकर्तामा उत्साह थप्न प्रशिक्षण कार्यक्रम आयोजनाले महत्त्वपूर्ण भुमिका खेलेको बताए ।कार्यकर्ता पंक्तिमा आएको नैराश्यता र नेताहरुमा देखिएको बिचलन र अनुशासनहिनता न्यूनिकरण गर्ने प्रशिक्षण कार्यक्रमको आवस्यकता रहेको उनले बताए।

त्यस्तै नेपाली कांग्रेस पर्साका उप-सभापति तथा प्रशिक्षण शाखाका प्रमुख रामनारायण कुर्मीले पार्टी भित्रको संगठन सुदृणिकरणका निम्ती यस्ताे प्रशिक्षण कार्यक्रमले कार्यकर्तामा थप हौसला प्रदान गर्ने बताए।उनले मुलुकमा कम्युनिष्ट सरकारको दम्भले आम सर्वसाधारणमा अहिले सरकार प्रती निरासा छाएको बताए ।पार्टी भित्रको संगठनलाई मजबुत बनाउनका लागि गाउँ–गाउँमा प्रशिक्षणका कार्यक्रमहरु आयोजना गर्ने जरुरी रहेको बताए ।

विशिस्ट अतिथि रहेका नेपाली कांग्रेस पर्साका सभापति तथा मधेस प्रदेश सांसद जनार्दन क्षेत्रीले नेपाली कांग्रेस पर्साका सम्पुर्ण कार्यकर्ता एक भएर अगाडी बढे मात्र जनइच्छा पूरा गर्न सकिन्छ भन्दै प्रशिक्षणमा सिकेको कुरा टोलटोलमा जनतामा गई बुझाई दिन आग्रह गरेका थिए।नेपाली कांग्रेसलाई मजबुत बनाउन कार्यकर्ताहरु इमानदारीपुर्वक पार्टीको जिम्मेवारीमा लाग्नु पर्ने बताए।

आज भएको प्रशिक्षण कार्यक्रमको उद्वघाटनमा विशिष्ट अतिथि चन्देश्वर यादव,रामेश्वर ढकाल,उप-सभापति अशोक गुप्ता,पुर्ब उप-सभापति राजु गुप्ता,वीरगन्ज महानगपालिकाका उपमेयर इतियाज आलम,प्रेमबहादुर थापा,मदन यादव,रमेश पाण्डे,नगर सचिव श्याम पटेल,हरिन्द्र यादव,नागेश्वर प्रसाद,शिवचन्द्र कुइरी,फरेन्द्र यादव,कन्हैया ठाकुर,बाबुनन्द पटेल,जे.पि.ठाकुर लगायतको उपस्थिति रहेको थियो ।

उक्त प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि,नेपाली काँग्रेका पदाधिकारी,ने.बि.संघ,नेपाल तरुल दल,नेपाल किसान संघ,नेपाल मुस्लिम संघ,पालिका,नगरपालिका,प्रदेश स्तरीय,वडा स्तरीय नेताहरुको उपस्थिति रहेको थियो।

आज भएको प्रशिक्षण कार्यक्रमका प्रतिनिधिहरु रामेश्वर ढकाल,जितेन्द्र पुरुष ढकाल,अमृत लाल जोशी,सरोज चौरसिया,सरिता चौधरी लगायतले नेपाली कांग्रेसको बारे तालिम दिएका थिए।

कार्यक्रम संचालन सरिता चौधरी,जितेन्द्र पुरुष ढकालले गरेका थिए भने स्वागत मन्तव्य निर्वाचन क्षेत्र नं १ का कार्यवाहक सभापति अनिल सिंहले गरेका थिए।

नेपाली कांग्रेस मधेस प्रदेशका प्रचार सचार विभागका सदस्य राहुल गुप्ताले जानकारी गराएका थिए।