सिमरा खानेपानी सिमराद्वारा बिधालयलाइ पङ्खा र शाैचालय निर्माणका लागि गुम्बालाई एक लाख हस्तान्तरण 

सिमरा खानेपानी सिमराद्वारा बिधालयलाइ पङ्खा र शाैचालय निर्माणका लागि गुम्बालाई एक लाख हस्तान्तरण

मनाेज शाह जितपुर बारा बैशाख ११ गते:

जितपुरसिमरा उपमहानगरपालिका वडा १ स्थित रहेको   सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले मंगलबार विद्यालयलाई पङ्खा र शौचालय निर्माणका लागि गुम्बालाई एक लाखको चेक हस्तान्तरण गरेको छ ।

लोकतन्त्र दिवसको अवसर पारेर समितिले जीतपुरसिरमा ३ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयलाई पाँच थान पङ्खा र जीतपुरसिमरा १ स्थित टासी देछेन लिङ विश्वशान्ति बौद्ध गुम्बालाई एक लाख एक हजार रुपैयाको चेक हस्तान्तरण गरेको हो ।

समितिका अध्यक्ष कासिम हुसेनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद बस्नेतलाई पङ्खा र गुम्बाका अध्यक्ष राजकुमार लामालाई चेक हस्तान्तरण गरेका हुन् । सो अवसरमा समितिका उपाध्यक्ष पूर्णचन्द्र तिमिल्सिना, सहसचिव सानुबाबु कुर्मी, कोषाध्यक्ष लोकराज पौडेल, सदस्य तोयानाथ लुईटेल, सुभद्रा कुमारी, प्रकाश क्षेत्रीलगायत उपस्थित थिए ।

पर्सामा  शीव मन्दिरको प्राणप्रतिष्ठाका लागि निकालिएको शोभा यात्रामा हजारौंको सहभागिता

पर्सामा  शीव मन्दिरको प्राणप्रतिष्ठाका लागि निकालिएको शोभा यात्रामा हजारौंको सहभागिता

 

मनाेज शाह जितपुर बारा बैशाख ११ गते:

पर्सा जिल्लाकाे  पोखरीयामा नव निर्मित शिव मन्दिरको प्राणप्रतिष्ठानको पहिलो दिन आज भव्य रुपमा कलश सहितको शोभा यात्रा निकालिएको छ । वडा नम्बर ४ बजार क्षेत्रमा रहेको प्राचीन शिव मन्दिरमा भगवान शिवको प्राणप्रतिष्ठाको लागी आज पहिलो दिन कलश सहित, पारम्परीक बाजा तथा विभिन्न देवी देउताको झाँकि सहितको सोभा यात्रा निकालिएको थियो ।

नव निर्मित शिव मन्दिरको प्रांगण बाट आज बिहान निकालिएको जल सहितको सोभा यात्रा पोखरिया बजार हुदै वडा नम्बर ८ जगतपुर मननपुर स्थित रहेको भेद्रहा खोलामा पुगी पूजा पाठ गरिएको थियो । हजारौको सांख्यमा सहभागी भएका कुमारी कन्या तथा भक्तजनहरु खोलाबाट जल भरी पुन शिव मन्दिरमा पुगेका थिए ।

प्राणप्रतिष्ठान कार्यक्रमको आज पहिलो दिन जलयात्रा भएको छ भने बैशाख १४ गते भगवान शिवको प्राणप्रतिष्ठा हुने र बैसाख २० गते पूर्णआहुति हुने कार्यक्रम रहेको पोखरिया नगरपालिका को नगर प्रमुख प्रद्युमन प्रसाद चौहानले बताए ।

आज भएको शोभा यात्रामा पोखरिया नगरपालिकाकि पुर्व उप मेयर सलमा खातून ,समाज सेबी वकील मिया , पूर्व मेयर दीपनारायण रौनियार , वडा नम्बर ९ को वडा अध्यक्ष नौशाद आलम , वडा अध्यक्ष किशोरी साह, समाज सेबी सुमित साह गोड, सन्तोष महतो लगाएत स्थानीय दाताहरुले बाटोमा, चिसो पानी, फ्रुटी, फलफुल, , गुलियो सर्बत, कोकाकोला, स्प्राइट, रेड बुल जस्ता पेय पदार्थ वितरण गरेका छन ।

पोखरिया नगरपालिकाको आयोजनामा निकालिएको कलश सहितको सोभा यात्रामा नगर प्रमुख प्रद्युमन प्रसाद चौहान , उप प्रमुख रूबी कुमारी ठाकुर, निमित प्रमुख प्रसासकीय अधिकृत अजय कुमार श्रीवास्तव , संविधान सभा सांसद रामेश्वर प्रसाद रौनियार , राजनीतीककर्मी, संचारकर्मी लगाएतको सहभागी रहेको थियो ।

मधेश प्रदेश सरकारलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले विश्वासको मत नदिने

मधेश प्रदेश सरकारलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले विश्वासको मत नदिने

मनाेज शाह जितपुर बारा बैशाख ४ गते:

मधेश प्रदेश सरकारलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले विश्वासको मत नदिने भएको छ । आज बसेको लोसपा संसदीय दलको बैठकले मधेश प्रदेश सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज चौथो पटक विश्वास मत तयारी गरेका छन् ।
जसपा नेतृत्वको मधेश सरकारको विपक्षमा मतदान गर्ने निर्णय भएको लोसपाका नेता जितेन्द्र सोनलले जानकारी दिए ।

राजनीतिबाट मुक्त नगरेसम्म शिक्षा क्षेत्रको विकास हुँदैन : मन्त्री श्रेष्ठ

राजनीतिबाट मुक्त नगरेसम्म शिक्षा क्षेत्रको विकास हुँदैन : मन्त्री श्रेष्ठ

स्पर्श खबर जितपुर बारा बैशाख ४ गते:

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त नगरेसम्म शिक्षा क्षेत्रको विकास हुन नसक्ने बताउनुभएको छ । मंगलवार सिंहदरबारस्थित मन्त्रालयमा प्राज्ञिक समूहसँगको भेटमा उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री श्रेष्ठले प्राज्ञिक समूहले र प्राध्यापक तथा कर्मचारीहरुले पनि सरकारी सेवामा रहुन्जेलसम्म राजनीतिक दलको सदस्य बन्दैनौँ भन्ने संकल्प गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले प्राज्ञहरुको विज्ञता, अनुभवलाई आफूले सम्मान गर्दै सुझावहरु कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनु भयो ।

मन्त्री श्रेष्ठले शिक्षकहरु, कर्मचारीहरु राजनीतिक पार्टीको कुनै कार्यकारीमा बस्नु नहुने बताउनु भयो । उहाँले राजनीतिक नेतृत्वहरुसँग भेट्दा पनि राजनीतिक दलको सदस्यता दिन पाउनु हुन्न भनेर खबरदारी गर्न आवश्यक रहेको बताउनुभयो ।

‘दलीय राजनीति मुक्त शिक्षा क्षेत्र नभएसम्म यो अगाडि बढ्दैन । हजुरहरुको विज्ञता, अनुभव, नेटवर्क के हो भन्नेमा चाहियो । हाम्रो कानूनले स्पष्ट भन्छ । शिक्षकहरु, कर्मचारीहरु राजनीतिक पार्टीको कुनै कार्यकारीमा बस्नु हुँदैन भन्छ । राजनीतिक दलसम्बन्धी ऐनले सदस्यता नदिनु कर्मचारी र शिक्षकलाई भन्छ । ऐनमा नभएको होइन, गाह्रो हाउ पार्टमा भइरहेको छ । राजनीतिक दलका नेतृत्वहरुसँग भेट्दा उहाँहरुलाई राजनीतिक दलको सदस्यता दिन पाउनु हुन्न भनेर ऐनमै लेखेको कुरा भनिदिनुस् । कर्मचारी शिक्षकले राजनीतिक दलको सदस्य लिन सक्नुहुन्न ।’ मन्त्री श्रेष्ठले भन्नुभयो ।

मन्त्री श्रेष्ठले शिक्षा क्षेत्र शिक्षा मात्र नभइ समाजमा चेतना दिने क्षेत्र भएको बताउँदै शिक्षाले राम्रो नागरिक उत्पादन गर्ने बताउनुभयो ।

बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरु लोड रहेको मालवाहक ट्रक  प्रहरीको  नियन्त्रणमा

बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरु लोड रहेको मालवाहक ट्रक  प्रहरीको  नियन्त्रणमा

मनाेज शाह जितपुर बारा बैशाख ३ गते:

बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरु लोड रहेको मालवाहक ट्रक  प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

गए राति बिल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरु बोकेको माल बाहक ट्रक वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको छ भन्ने गोप्य सूचनाको आधारमा बिरगंज  महानगरपालिका वडा नं.०८ घण्टाघरचोक स्थित सडकखण्डमा ना.३ ख ५१६५ नम्बरको ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरु लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अ.मु.रू.५८,४६,२४१।– ( अन्ठाउन्न लाख छयालीस हजार दुई सय एकचालीस ) बराबरको औषधी तथा खुद्रा सामानहरु नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएको ट्रकलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायब  उपरीक्षक कुमार विक्रम थापाले स्पर्श खबरलाई बताए ।

 

नेपाली मुस्लिम समाज बाराद्वारा जिल्ला प्रशासन कार्यालय बारा मार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र पेश

नेपाली मुस्लिम समाज बाराद्वारा जिल्ला प्रशासन कार्यालय बारा मार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र पेश

मनाेज शाह जितपुर बारा बैशाख ३ गते;

नेपाली मुस्लिम समाज बाराले जिल्ला प्रशासन कार्यालय बारा मार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

सामाजिक सञ्जालमा मुस्लिम धर्मका प्रवर्तक (दुत) पैगम्बर मोहम्मदसँग जोडिएर अनर्गल प्रचार गरेको भन्दै मुस्लिम समाज बाराले प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेमार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । रोजाको अवसरमा सामाजिक सञ्जालमा आपत्तीजनक कुराहरु लेखेर मुस्लिम समुदायमाथि अघात पुर्‍याउने अनर्गल प्रचार गरेको भन्दै ज्ञापन पत्रमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

चैत २८ मा सामाजिक सञ्जालमार्फत सर्वाेच्च अदालतका निवर्तमान न्यायाधीश कमलनारायण दासले लेखेको कुराले मुस्लिम समुदायमाथि ठेस पुगेको ज्ञापनपत्रमा उल्लेख छ ।

‘संविधानको भाग ३ मा उल्लेखित मौलिक हक र कर्तव्यको उल्लंघन भएको छ । प्रत्येक नेपालीले वर्तमान संविधानलाई हृदयले मानेको अवस्थामा कमलनारायण दास संविधानको खिलाफ जानुभएको छ, ज्ञापन पत्रमा लेखिएको छ, ‘निजको समाचारले नेपाली समाजमा कलह र अशान्तीको वातावरण सृजना गरेको छ । त्यसकारण ठोस कदम चालियोस ।’

सामाजिक सञ्जालमा मुस्लिम समुदायका धर्म प्रवर्तक पैगम्बर मोहम्मदको चरित्र हत्या गर्नेलाई आवश्यक कारवाही गर्न प्रधानमन्त्री र गृहमन्त्रीसँग ज्ञापनपत्रमार्फत माग गरिएको छ । साथै मुस्लिम समुदायको संवैधानिक जिउज्यानको सुरक्षा गर्न, तथा मस्जिद, मदर्सा लगायतका धार्मिक स्थलको सुरक्षा गर्न पनि ज्ञापनपत्रमार्फत आग्रह गरिएको हो ।

नेपाली मुस्लिम समाज बाराको तर्फबाट खुशमहम्मद, शेष सैनुल्लाह, अनवर अंसारी, महम्मद नौसाद, अबदुर रहमान लगायतले ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्र बुझ्दै बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले मुस्लिम समुदायले बुझाएको ज्ञापन पत्रप्रति प्रशासन गम्भीर रहेको बताए । थप कारबाहीको लागि ज्ञापनपत्र आजै गृह मन्त्रालयमा पठाइदिने प्रजिअ घिमिरेले प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

आजदेखि सुरु भयो विद्यार्थी भर्ना अभियान

आजदेखि सुरु भयो विद्यार्थी भर्ना अभियान

स्पर्श खबर जितपुर बारा बैशाख २ गते:

आजदेखि सुरु भयो विद्यार्थी भर्ना अभियान ।

सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’भन्ने नाराका साथ शैक्षिकसत्र-२०८१ का विद्यार्थी भर्ना अभियान आजदेखि देशभर सुरु भएको छ।

अभियानको पहिलो दिन आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका शिक्षा तथा मानवस्रोत विकास केन्द्रले अभियान सफल बनाउन स्थानीय तह र सम्बन्धित निकायलाई आग्रह गरेको छ।

शिक्षामन्त्री सुमना श्रेष्ठको उपस्थितिमा भर्चुअल माध्यमबाट अन्तक्र्रिया गरी केन्द्रले सबै स्थानीय तहका शिक्षा प्रमुख, इकाइ प्रमुख, नगरपालिका महासंघ, गाउँपालिका महासंघलाई आग्रह गरेको हो।

मन्त्री श्रेष्ठले शिक्षा पाउने नागरिकको संवैधानिक हक कार्यान्वयनका लागि सरकार प्रतिबद्ध भएकाले सबैले सहयोग गर्न आग्रह गरिन्। अभियानकै अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षा पाउनु हरेक बालबालिकाको संविधानप्रदत्त एवं जन्मसिद्ध मौलिक अधिकार भएकाले यसलाई कार्यान्वयन गर्न आग्रह गरेका छन्।

केन्द्रले विद्यार्थी भर्ना अभियान सहजीकरण कार्ययोजना तयार गरी कार्यान्वयनका लागि तीनै तहका सम्बन्धित निकायमा पठाएको छ। केन्द्रका महानिर्देशक दीपक शर्माले विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघले भर्ना भएका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरी विद्यार्थी भर्नाको शुभारम्भ गरिने जानकारी दिए।

यसैगरी यही वैशाख ५ गते अभियानको ब्यानरसहित घरदैलो कार्यक्रम, सूचना र आह्वान, वैशाख ७ गते अभिभावकविहीन बालबालिकाको अभिभावकत्व ग्रहणका लागि आह्वान गर्ने कार्यक्रम छ। अभियानअन्तर्गत यही वैशाख २ देखि २१ गतेसम्म एफएम रेडियोबाट अभियानको सन्देश प्रसारण गराइनेछ। वैशाख १० गतेसम्म भर्ना भएका विद्यार्थीलाई सोही दिन पोसाक र छात्रवृत्ति वितरण गरिनेछ।

वैशाख १५ देखि २० गतेसम्म शिक्षा विकास तथा समन्वय इकाइबाट प्राप्त विवरणका आधारमा विद्यार्थी विवरण तयार गरी मन्त्रालयमा पठाइने छ। अधिकांश निजी लगानीका विद्यालयले वैशाखको पहिलो सातादेखि कक्षा सञ्चालन हुने गरी भर्ना प्रक्रिया सुरु गरिसकेका छन्।

केन्द्रको ‘फ्ल्यास रिपोर्ट, २०७९’ अनुसार हाल पूर्व प्राथमिक तहको कूल भर्नादर ९४ दशमलव ९ प्रतिशत पुगेको छ। -रासस

उच्च हिमाली भेगमा खिचिएको निता र शंकरको ‘अदभूत माया’ रिलिज  (भिडियो )

स्पर्श खबर जितपुर बारा बैशाख २ गते

। नयाँ बर्ष २०८१ सुरु भए संगै यसको पुर्वसन्ध्या र नयाँ बर्षको दिन परेर धेरै नेपाली गीतहरु सार्वजनिक भए यस्तैमा गायिका निता आचार्य र गायक एबम संगीतकार शंकर थापा ‘स्माइल’ले पनि युगल स्वरमा रहेको नयाँ गीत  ‘अदभूत माया’ पनि सार्वजनिक गरेका छन् । गीतकार अनिल संग्रौलाको शब्द रचना र शंकरकै संगीत रहेको गीतमा विश्व अधिकारीको एरेन्ज रहेको छ ।
मनाङ्ग जिल्लाको उच्च हिमाली भेगमा खिचिएको गीतको भिडियोमा प्रभातपाल ठकुरी  र सोफी धरेलको अभिनय रहेको छ । केशबराज भट्टको कोरियोग्राफी र निर्देशनमा बनेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।
यसअघि पनि गायिका निता आचार्यले संगीतकार शंकर थापा ‘स्माइल’ सहकार्यमा गीतहरु सार्वजनिक गरिसकेकी छिन ।
गीत गायन देखि संगीत कर्म सम्म त्यतिकै पोख्त ‘स्माइल’ले संगीत भरेका युगल गायन ,चलचित्र देखि सुगम संगीत सम्मका गीतहरु दर्शकको रोजाइमा पर्दै आएका छन् ।

जितपुरमा सहयाेगी हात नेपाल द्वारा नि: शुल्क भाेजन सुचारु

जितपुरमा सहयाेगी हात नेपाल द्वारा नि: शुल्क भाेजन सुचारु ।

मनाेज शाह जितपुर बारा बैशाख १ गते


सामाजिक क्षेत्रमा कार्य गर्दै आएको संस्था सहयोगी हात नेपालद्वारा आज जीतपुरमा नि: शुल्क भाेजन सुचारु गरिएको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा ७ स्थित रहेको सामाजिक संस्था सहयाेगी हात नेपालले गरिब असहायलाई भाेजन खुवाएकाे छ । यस संस्थाले हरेक शनिबार बिहान ९ बजेदेखि ११ बजेसम्म नि:शुल्क भाेजन खुवाउने कार्यको आजदेखि प्रारम्भ गरेको छ । नयाँ सालदेखि राम्रो कामको सुरुवात गर्ने उद्देश्यले याे याेजना सुरु गरेको सहयोगी हात नेपालका सदस्य चन्द्रशेवर पासवानले बताए ।

सहयाेगी हात नेपालका अध्यक्ष देवान्न साहको सभापतित्वमा कार्यक्रम भएको हाे । सहयाेगी हात नेपालले भाेजन सुचारु गरेको कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेश सदस्य माननीय देबनारायण चाैधरी रहनु भएको थियोे । अहिलेसम्म जीतपुरमा कसैले नगरेको उदाहरणीय कार्य सहयोगी हात नेपाल नामक सामाजिक संस्थाले गरेको हुनाले संस्थाका सम्पूर्ण सदस्यहरुलाई उहाँले धन्यवाद व्यक्त गर्नुभयो । गरिब असहायलाई भाेजन खुवाउने कार्य अति उतम र अति सुन्दर रहेको र याे भन्दा राम्रो र पुण्यको काम अरु केही पनि नरहेको कार्यक्रमको प्रमुख अतिथि मधेस प्रदेश सदस्य माननीय देबनारायण चाैधरीले दाबी गर्नुभयो ।

कार्यक्रममा बिशिस्ट अतिथि जितपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भाेला अधिकारी , बिशिस्ट अतिथि जितपुर गाबिस अध्यक्ष कृष्ण व्रत सिंहले अहिलेसम्म कसैले नसाेचेकाे काम यो संस्थाले गरेको बताउनुभयो । युवा नेता राजुराज गिरी , समाजसेवी मनिर अंसारीले समेत आफ्नो मन्तब्य प्रस्तुत गर्नु भएको थियोे । कार्यक्रममा माओबादी नेता प्रेम बराल , ठेला संघ जीतपुरका अध्यक्ष महेन्द्र पासवान , महिला नेत्री सेल्मु नेसा , जितपुर युवा क्लबका अध्यक्ष भुनेस पासवान , राष्ट्रिय युवा संघ नेपाल नगर सचिव अयुब अंसारी लगायतको उपस्थिति रहेको थियोे ।


सहयाेगी हात नेपालका संरक्षक मनाेज कुमार साहले कार्यक्रममा मन्तव्य दिँदै हामीलाई जितपुर समाजले धेरै कुरा दिनु भएको छ र त्यसैको फलस्वरूप हामीले यस संस्थाको मार्फत जितपुर समाजलाई याे एउटा काम गरी गुण फर्काएको बताउनुभयो । आजकाे नि:शुल्क भाेजन खुवाउने कार्यक्रममा लगभग दुई सय जनाले भाेजन ग्रहण गरेको संस्थाका सदस्य मनाेज पासवानले बताए । कार्यक्रमकाे सहजीकरण संचारकर्मी एस्. एस्. पटेलले गर्नुभएको थियोे ।

चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक मर्मत सुरु

चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक मर्मत सुरु

स्पर्श खबर जितपुर बारा चैत २९ गते:

चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक मर्मत सुरु गरिएको छ। भरतपुर–माडी–ठोरी सडकअन्तर्गत निकुञ्जभित्रको बाटो बिग्रिएपछि मङ्गलबारदेखि मर्मत गर्न थालिएको हो।

माडी नगरपालिकाकी प्रमुख ताराकुमारी काजी महतोले नगरपालिकाको पहलमा सडक डिभिजन भरतपुरले बाटो मर्मतको काम थालेको बताइन्। “रिउ पुलबाट कसरासम्म मङ्गलबारदेखि मर्मत सुरु भएको छ”, उनले भने, “सडक डिभिजनसँग मर्मतका लागि केही बजेट रहेछ, त्यसबाटै हुन लागेको हो।”

चैतेदसैँको अवसरमा चितवन राष्ट्रिय निकुञ्जभित्र लाग्ने विक्रम बाबाको मेला पनि सुरु भइसकेको छ। उनले माडीका बासिन्दालाई मेला आउनका लागि सडक मर्मतपछि सहज हुने बताए। हुलाकी सडकखण्डअन्तर्गत पर्ने यो सडक माडीबाट भरतपुर आउने एकमात्र सडक हो। निकुञ्जभित्रको यो सडकमा यात्रा गर्दा वन्यजन्तुको समेत जोखिम हुन्छ।

निकुञ्जभित्रको बाटो कालोपत्र गर्न नगरपालिकाले निरन्तर पहल गर्दै आएको छ। निकुञ्जको कानुनी अड्चनका कारण यो सडक कालोपत्र हुनसकेको छैन। यो सडक हुँदै दैनिक सयौँ यात्रु ओहोरदोहोर गर्ने गर्छन्।रासस